About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

नयाँ वर्ष २००९ को हार्दिक शुभ-कामना

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, January 3, 2009

हेर्दा हेर्दै अंग्रेजीको नयाँ वर्ष यानेकी सन् 2009 लागिसकेको छ। नयाँ वर्ष संगै पुराना यादहरुले पनि मस्तिष्कमा ठाउँ पाए। नेपाल छँदा अंग्रेजीको कुनै पनि नयाँ वर्ष मनाईएन। तर जव देश छोडियो, तब मात्र यसको चर्चा र महत्व बुझीयो। ति नयाँ वर्षहरु :
  • 2007 - Pattaya, Thailand
  • 2008 - Venice, Italy
  • 2009 - Paris, France
तीन वर्षका नयाँ वर्षहरु तीन भिन्न भिन्न देशमा मनाएर त्यहाँको मनाउँने चलनहरु देख्न पाईयो। Pattaya मा मनाएको नयाँ वर्ष सायद पहिलो पाली भएर होला बिषेश महत्वको थियो। त्यो बेला हामी Pattaya घुम्न गएका थियौं। खासमा Pattaya घुमिसकेर Bangkok मा नयाँ वर्ष मनाउने मेरो योजना परिवर्तन भएको थियो,साथिहरुले Pattaya मै नयाँ वर्ष मनाउने भनेर गरेको निर्णयले। विष्नु आचार्य र म भने Bangkok मा नै जाने निर्णय गर्दै थियौ। केहि समयमा उसको पनि मन परिवर्तन भयो, र नजाने निर्णय गर्यो। म एक्लो के जानु भनेर Pattaya मा नै वस्ने निर्णय लिएको थिएँ। नयाँ वर्ष लाग्ने ३ घन्टा अघि बैंकक शहरमा वम पड्केर नयाँ वर्ष सुनसान गहेछ। धन्न बैकक नगएको राम्रै भएछ। Pattaya मा आताशवाजीका विच नयाँ वर्ष मनाईयो। माथिको डाँडावाट उडेका मान्छेहरु, Walking Street को अंतमा भएको Musical Concert, र भयानक आताशवाजीले नयाँ वर्ष विशेष नै हुने रहेछ भनेर जानकारी दियो।

Venice मा जाने योजना चाहिँ ढिला बनेकोले सहरको नजिकै वस्ने योजना सफल बनेन। Abha, Bharat र Prajwalan सहित को ४ जनाको टोलीले भेनिस सहरको केही टाढाको होटलमा नयाँ वर्ष मनाएको थियो। टाढा टाढा का आतासवाजीहरुलाइ होटेलको कोठावाट नियाल्दै विताईयो। यो दिन नै त हो मैले जिवनमा पहिलो पल्ट Wine चाखेको। एक कप White Wine के खाएको थिएँ जिउ तातेर सार्है निद्रा लाग्यो। अनि सुतें।

Paris को नयाँ वर्ष विशेष रह्यो। मेरो जागिर सकाएर म Paris मा शिद्दार्थ, जगदिश, शोफि, र शानलाइ चर्चित वाटो Champs Elyseeमा भेटें। Notre Dame मा पनि घुमियो अनि Eiffel Tower मा फर्किइयो। फर्किदा त पाईला सार्न पनि गार्हो हुने भिडले Eiffel Tower को त्यत्रो भू-भागलाई ढपक्क ढाकेको थियो। यति धेरै मान्छेहरु त मेरो जीवनमा देखे जस्तो लाग्दैन। जे होस संसारको एक चर्चित पर्यटकिय स्थलमा नयाँ वर्ष मनाईदै थिइयो। युरोपियन युनियनको ताराहरु ‍एक एक गरी निव्दै गए र सवै निभे पछि नयाँ वर्षको शुरुवात भयो अनि Eiffel Tower मा वत्ती वल्न शुरु भयो। त्यति धेरै आताशवाजी नहुने रहेछ। Music पनि थिएन Pattaya को जस्तो। सायद सुरक्षाको दिस्टिले हो पो हो कि? केवल थियो त लाखौं मानिसको होहल्ला र खुसियालिको क्षण! Wine का वोतलहरु चाही यत्र तत्र सर्वत्र जस्तै गरी भुईभरि छरिएका देखिन्थे। अचम्म मान्नु पर्ने कुरा त त्यत्रो भिडलाई पनि सुरक्षा कर्मिले सहज नियन्त्रणमा लिएका थिए। मान्नै पर्दछ वा.........।

यसरी २००९ को नयाँ वर्ष पनि लागि सकेको छ। आशा छ यो नयाँ वर्षले संसारमा सवैको भलो हुने काम गर्ने छ। सम्पूर्ण साथी, आफन्तहरु लगायत यो व्लग पढ्ने सवैलाई मेरो हार्दिक मंगलमय शुभ-कामना।

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors