About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

वित्यो बर्ष दिन

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, September 6, 2008

- Sept 5, 2008. INT Evry, France.


अगिल्लो बर्षको यहि दिन क्या गजवको थियो। त्यसदिनको बर्णन त मैले 2007 को September को व्लगमा नै उल्लेख गरेको छु। मलाई झलझलती याद आईरहेको छ। त्यो परिचित ठाउँलाई छोड्दै नयाँ अपरिचित ठाउँमा प्रस्थान गर्ने अगिल्लो दिन हर्ष अनि विस्मतमा चुर्लुम्विएको थिएँ म। समय न हो, वर्ष दिन पछि त्यहि समयको त्यही अनुभवको लागि कोही छानिएका छन्। उनीहरुका पनि मेरा जस्तै अनुभवहरु पक्कै छन्। हो त मेरा जुनियर्सहरु आएका छन् आज। ५ जना रहेछन्: Mr. Jagadish (Nepalese), Mr. Siddartha (Nepalese), Miss Sophia (Cambodian), Mr. A (Thai), Mr. Jean (Vietnamese).


गतसाल हामीहरु ६ जना थियौं जसमा ५ जना ICT र १ जना TC को। तर यसपाली २ जना Computer Science रैछन्। गत साल ६ जना नै केटा, यो पाली ४ जना केटा। अगिल्लो बर्ष आएकाहरु मध्ये हामी ३ जना अहिले सम्म पनि यहाँ नै छौ, वाँकी Asia मा: सिंगापूर (Mr. Linn), थाईल्याण्ड (Mr. Bharat), श्रीलंका (Vijaya) । यि त संख्यात्मक तुलनाहरु हुन्। गुणात्मक हिसावले त त्यहि समय पार गरेर आउने जुनियर्सहरु सिनियर्सहरु भन्दा राम्रा नै हुन्छन् जस्तो लाग्छ मलाई त।


गतसाल हामी आउँदा १ जना सिनियर्स थिए, यसो मुख देखाएर गायव भएका थिए। तर यसपाली हाम्रा जुनियर्सहरु भाग्यमानी परेछन्। हामी ४ जना (Wikum, Tayyab, Siva सहित) ले त्यस्तो एक्लो महसुस गर्न दिएनौ पहिलो दिन। बरु आलु चाम्रे पकाएर खान दियौं। तैयवले रमजानको व्रत लिईरहेको छ यो बेला। सायद उसलाई हतार थियो क्यारे, अलि काँचै निकाल्यो। तै पनि मिठै थियो। Wikum Siva ले पनि खानेकुरा ल्याएर वातावरणलाई रोमान्चक वनाएका थिए।


रमझम परेको AIT को वातावरण यहाँ छँदै छैन। केही किन्न पाँईदैन भनेर जुनियर्सले सोध्दा ११ बजिसकेको थियो रातको। यहाँका पसलहरु साँझ ६, ७ बजे नै बन्द हुन्छन् जवकि AIT मा २४ घन्टा नै खुला हुन्छन् केही पसलहरु। जुनियर्सहरुले "पाईन्न किन्न" भनेको सुन्दा अचम्म माने होलान्। समय वित्दैजाँदा यस्ता धेरै अचम्महरु देख्नेछन् यो ठाउँमा। AIT वस्दा AIT त्यति राम्रो नलागेको हुन सक्छ कसैलाई, तर जति जति तिनीहरु यहाँ वस्दै जानेछन्, उति उति AIT क्या दामी भन्दै जानेछन् यसो भनेर मैले यहाँ सार्है झुर भनेको हुँदै हैन। यहाँ यस्ता धेरै कुराहरु छन् जुन AIT संग छैनन्। त्यही भएर यहाँ आउनेहरुले दुवै तिरको भिन्न अनुभवहरु वटुल्छन्, जुन भविस्यको लागि महत्वपूर्ण कुरा हुन जानेछ।

3 comments

  1. Krishna Says:
  2. nobal.... gajjab ko kura share garyau ta.. ani ke chha timro naya khabar..?

     
  3. Prabesh Says:
  4. एआईटी भनेको इण्डिया हो ??

    ल तपाईँको नयाँ ब्लग पढ्न पाइयो । ब्लग पुरानै भएपनि मेरो लागि मात्रै नयाँ । अनि लिङ्क साटासाट गरौँ है त !!!

    http://guffgaaf.blogspot.com

     
  5. Anonymous Says:
  6. Hi nobal vijaya is in thailand now ... workin at Shin Satellite..

     

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors