About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

बिश्वेशर प्रसाद कोईराला

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, September 1, 2008

भनिन्छ मान्छे एक्लो कहिले पनि हुन्न जवसम्म उसको हातमा एक पुस्तक हुन्छ। किनकि पुस्तकमा मान्छेले संसार देख्छ, अरु कोहिसंग भलाकुसारी गर्छ। जस्तो कि तपाई अहिले कोहिसंग हुनुहुन्न, यो मेरा अक्षरहरु पढ्दै हुनुहुन्छ। म केहि भनिरहेको छु, तपाई त्यसलाई सुन्दै हुनुहुन्छ। त्यहि भएर म आफ्नो केही समय कसैसंग भलाकुसारि गर्न उसको जीवनी सुन्न अनि उसका भावना वुझ्न उसका क्रितिहरु खोतन्ने गर्छु, विताउने गर्छु। त्यहिक्रममा मैले BP को आत्मकथा सुन्ने मौका पाएँ। मलाई यस अर्थमा पनि रमाईलो लाग्यो कि उनको म्रित्यु भएको बर्ष नै म जन्मिएको रहेछु। मेरा यि आँखाहरुले उनलाई त देख्नपाएनन्, तर उनका क्रितिहरुमार्फत उनले चिन्ने प्रयत्न गर्दैछु।


उनी साहित्यकार मात्र हैन, राजनितिज्ञ पनि थिए। कोहिले त महामानव को उपनाम पनि दिएका थिए उनीलाई। उनि उही विश्विश्वर प्रसाद कोईराला हुन जो नेपालका पहिला निर्वाचित प्रधानमंन्त्री पनि हुन। उनको जन्म सन् 1914 र मरण सन् 1982 मा भएको रहेछ।


उनको जिवनको धेरै समय निर्वासित अवस्थामा र जेलमा नै वित्यो। उनले १८ महिना सम्म प्रधानमंत्रिको कार्यकाल पनि सम्हालेका थिए। हालसालै मैले खगेन्द्र नेपालीको आवाजमा उनको आत्मव्रित्तान्त सुन्ने अवसर पाएँ। एकदम रमाईलो अनि प्रेरणादाई पाएँ। गान्धिवादी रहेछन्। गान्धिलाई मारिनु एक दिन अघि उनले भेटेका रहेछन्, नेपालमा वम पठाउन…..। निकै रोमान्चक ढंगले प्रस्तुत गरेका छन उनले आफ्नो जिवनीलाई।


उनका साहित्यक क्रितिहरुमा: दोषि चस्मा, सुम्निमा, तीन घुम्ति, नरेन्द्रदाई, मोदिनि, हिटलर र यहुदि, वावु-आमा-र-छोरा" पर्दछन्। उनि राजनितिज्ञ भएपनि विस्लेषकहरुले उनको लेखाईमा राजनितिको 'र' सम्मको प्रभाव देख्दैनन् । त्यसैले विश्लेषहरुको विचारमा उनि जिवनमा दुई भिन्न भिन्न विधामा पाईला राखेर अघाडि वढ्ने एक कुसल व्यक्ति हुन्। उनी रसियन लेखक एन्टन चेकोभ (Anton Chekov) वाट प्रभावित थिए रे। उनले लक्ष्मी प्रसाद देवकोटा र वालक्रिष्ण समलाई नेपालका खराट साहित्यकार, लेखकका रुपमा लिएका रहेछन्।


उनको आत्मव्रित्तान्तलाई मैले संकलन गरेको छु। यदि कसैले सुनेको, पढेको छैन उनको जिवनी भने, मैले संकलन गरेको लिंक क्लिक गरेर सुने हुन्छ। मलाई लाग्छ, उनको जिवनी सुनेपछि जिवनमा केही परिवर्तन भएको महसुस हुनेछ।



तस्विर: ताजमहल अघाडि विपि

स्रोत: nepalicongress.org



विपिको आत्मकथा सुन्ने? क्लिक गर्नुहोस तलका वटनहरु:

स्रोत: dcnepal.net


---------------------------

-----------------------

-----------------------

-------------

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors