I love writing and reading articles, traveling places, making friends etc...
Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.
Posted by
Nobal Niraula ( नोवल निरौला )Friday, September 12, 2008
भनिन्छ नि, संगितको कुनै भाषा हुन्न। जुनसुकै भाषामा लेखिएको गित होस न, त्यसलाई संगित मिसाएर वजाएपछि जो सुकैको कम्मर मर्किन, मुख चल्न सुरू भई हाल्छ। तर कम्मर मर्काईको मात्रा अनि मुख चलाईको गति उमेर, संक्रिति, अनुभव र वातावरण पिच्छे वेग्लै हुनु स्वाभाविकै हो। मैले पनि यो फ्रेन्च गित सुन्दा यस्तै यस्तै अनुभव गरें। अर्थ नबुझे पनि सुन्नेको जिउ, ओठ भने चल्छ भन्ने कुरामा मलाई कुनै संका छैन।
Posted by
Nobal Niraula ( नोवल निरौला )Saturday, September 6, 2008
- Sept 5, 2008. INT Evry, France.
अगिल्लो बर्षको यहि दिन क्या गजवको थियो। त्यसदिनको बर्णन त मैले 2007 को September को व्लगमा नै उल्लेख गरेको छु। मलाई झलझलती याद आईरहेको छ। त्यो परिचित ठाउँलाई छोड्दै नयाँ अपरिचित ठाउँमा प्रस्थान गर्ने अगिल्लो दिन हर्ष अनि विस्मतमा चुर्लुम्विएको थिएँ म। समय न हो, वर्ष दिन पछि त्यहि समयको त्यही अनुभवको लागि कोही छानिएका छन्। उनीहरुका पनि मेरा जस्तै अनुभवहरु पक्कै छन्। हो त मेरा जुनियर्सहरु आएका छन् आज। ५ जना रहेछन्:Mr. Jagadish (Nepalese), Mr. Siddartha (Nepalese), Miss Sophia (Cambodian), Mr. A (Thai), Mr. Jean (Vietnamese).
गतसाल हामीहरु ६ जना थियौं जसमा ५ जना ICTर १ जना TC को। तर यसपाली २ जना Computer Science का रैछन्। गत साल ६ जना नै केटा, यो पाली ४ जना केटा। अगिल्लो बर्ष आएकाहरु मध्ये हामी ३ जना अहिले सम्म पनि यहाँ नै छौ, वाँकी Asia मा: सिंगापूर (Mr. Linn), थाईल्याण्ड (Mr. Bharat), श्रीलंका (Vijaya) । यि त संख्यात्मक तुलनाहरु हुन्। गुणात्मक हिसावले त त्यहि समय पार गरेर आउने जुनियर्सहरु सिनियर्सहरु भन्दा राम्रा नै हुन्छन् जस्तो लाग्छ मलाई त।
गतसाल हामी आउँदा १ जना सिनियर्स थिए, यसो मुख देखाएर गायव भएका थिए। तर यसपाली हाम्रा जुनियर्सहरु भाग्यमानी परेछन्। हामी ४ जना (Wikum, Tayyab, Siva सहित) ले त्यस्तो एक्लो महसुस गर्न दिएनौ पहिलो दिन। बरु आलु चाम्रे पकाएर खान दियौं। तैयवले रमजानको व्रत लिईरहेको छ यो बेला। सायद उसलाई हतार थियो क्यारे, अलि काँचै निकाल्यो। तै पनि मिठै थियो। Wikum र Sivaले पनि खानेकुरा ल्याएर वातावरणलाई रोमान्चक वनाएका थिए।
रमझम परेको AIT को वातावरण यहाँ छँदै छैन। केही किन्न पाँईदैन भनेर जुनियर्सले सोध्दा ११ बजिसकेको थियो रातको। यहाँका पसलहरु साँझ ६, ७ बजे नै बन्द हुन्छन् जवकि AIT मा २४ घन्टा नै खुला हुन्छन् केही पसलहरु। जुनियर्सहरुले "पाईन्न किन्न" भनेको सुन्दा अचम्म माने होलान्। समय वित्दैजाँदा यस्ता धेरै अचम्महरु देख्नेछन् यो ठाउँमा। AIT वस्दा AIT त्यति राम्रो नलागेको हुन सक्छ कसैलाई, तर जति जति तिनीहरु यहाँ वस्दै जानेछन्, उति उति AIT क्या दामी भन्दै जानेछन्।यसो भनेर मैले यहाँ सार्है झुर भनेको हुँदै हैन। यहाँ यस्ता धेरै कुराहरु छन् जुन AITसंग छैनन्। त्यही भएर यहाँ आउनेहरुले दुवै तिरको भिन्न अनुभवहरु वटुल्छन्, जुन भविस्यको लागि महत्वपूर्ण कुरा हुन जानेछ।
Posted by
Nobal Niraula ( नोवल निरौला )Monday, September 1, 2008
भनिन्छ मान्छे एक्लो कहिले पनि हुन्न जवसम्म उसको हातमा एक पुस्तक हुन्छ। किनकि पुस्तकमा मान्छेले संसार देख्छ, अरु कोहिसंग भलाकुसारी गर्छ। जस्तो कि तपाई अहिले कोहिसंग हुनुहुन्न, यो मेरा अक्षरहरु पढ्दै हुनुहुन्छ। म केहि भनिरहेको छु, तपाई त्यसलाई सुन्दै हुनुहुन्छ। त्यहि भएर म आफ्नो केही समय कसैसंग भलाकुसारि गर्न उसको जीवनी सुन्न अनि उसका भावना वुझ्न उसका क्रितिहरु खोतन्ने गर्छु, विताउने गर्छु। त्यहिक्रममा मैले BP को आत्मकथा सुन्ने मौका पाएँ। मलाई यस अर्थमा पनि रमाईलो लाग्यो कि उनको म्रित्यु भएको बर्ष नै म जन्मिएको रहेछु। मेरा यि आँखाहरुले उनलाई त देख्नपाएनन्, तर उनका क्रितिहरुमार्फत उनले चिन्ने प्रयत्न गर्दैछु।
उनी साहित्यकार मात्र हैन, राजनितिज्ञ पनि थिए। कोहिले त महामानव को उपनाम पनि दिएका थिए उनीलाई। उनि उही विश्विश्वर प्रसाद कोईराला हुन जो नेपालका पहिला निर्वाचित प्रधानमंन्त्री पनि हुन। उनको जन्म सन् 1914 र मरणसन् 1982 मा भएको रहेछ।
उनको जिवनको धेरै समय निर्वासित अवस्थामा र जेलमा नै वित्यो। उनले १८ महिना सम्म प्रधानमंत्रिको कार्यकाल पनि सम्हालेका थिए। हालसालै मैले खगेन्द्र नेपालीको आवाजमा उनको आत्मव्रित्तान्त सुन्ने अवसर पाएँ। एकदम रमाईलो अनि प्रेरणादाई पाएँ। गान्धिवादी रहेछन्। गान्धिलाई मारिनु एक दिन अघि उनले भेटेका रहेछन्, नेपालमा वम पठाउन…..। निकै रोमान्चक ढंगले प्रस्तुत गरेका छन उनले आफ्नो जिवनीलाई।
उनका साहित्यक क्रितिहरुमा: दोषि चस्मा, सुम्निमा, तीन घुम्ति, नरेन्द्रदाई, मोदिनि, हिटलर र यहुदि, वावु-आमा-र-छोरा" पर्दछन्। उनि राजनितिज्ञ भएपनि विस्लेषकहरुले उनको लेखाईमा राजनितिको 'र' सम्मको प्रभाव देख्दैनन् । त्यसैले विश्लेषकहरुको विचारमा उनि जिवनमा दुई भिन्न भिन्न विधामा पाईला राखेर अघाडि वढ्ने एक कुसल व्यक्ति हुन्। उनी रसियन लेखक एन्टन चेकोभ (Anton Chekov) वाट प्रभावित थिए रे। उनले लक्ष्मी प्रसाद देवकोटा र वालक्रिष्ण समलाई नेपालका खराट साहित्यकार, लेखकका रुपमा लिएका रहेछन्।
उनको आत्मव्रित्तान्तलाई मैले संकलन गरेको छु। यदि कसैले सुनेको, पढेको छैन उनको जिवनी भने, मैले संकलन गरेको लिंक क्लिक गरेर सुने हुन्छ। मलाई लाग्छ, उनको जिवनी सुनेपछि जिवनमा केही परिवर्तन भएको महसुस हुनेछ।