बर्तमानमा केही सहजता छाएपनि, विगतमा नेपाल आमा धुरुधुरु रोएकी नै हुन्। आफ्ना संतानले पतिको दिर्घायुको कामना गरेर तिजको व्रत वसिरहँदा, उनको लास आँगनमै पुगेको पनि नेपाल आमाले नियालेकी नै हुन्। आफ्ना संतानसंगै गलामा गला मिसाउँदै छाती पिटिपिटि रोएकी नै हुन् । रुँदा-रुँदा फुलेका आँखाका नानीहरु, जिंग्रिङ परेको जिउ यसका प्रमाण स्वरुप वसिरहेछन्। अझै पनि कहिले कहिले यिनको छातिमा तरंग पैदा हुन्छ, मुटुमा सोला हान्छ जव आफ्नै नेपाली भाईले अर्को नेपालीलाई छिनाउछन्। त्यसैले उनको आँशु रोकिएको लागेपनि मन भने कुँडिएकै छ। मात्र उनले दिनदिनै रुनु पर्दैन, तर रुनु भने परिरहेको छ अझै पनि।
वैरिहरुको आक्रमणलाई आफ्ना संततिले निस्तेज पार्ने क्रममा दिएका बलिदान उनले कहाँ भुल्न सक्छिन् र। उनी हर्षित छिन् ति वलिदान दिने संततिहरुप्रति। तर आफ्नै भूमीमा आफ्नै संतानहरु काटाकाट र मारामार गरेको देख्दा, उनको मुटु छियाछिया भएको छ ।
यस्तै यस्तै भाव समेटिएर लेखिएको कविता आज राखेको छु। 'नेपाल आमाको चिन्ता' मार्फत कवियित्रिले नेपाल आमाको बोलीलाई जस्ताको तस्तै सुनाएकी छिन् । लौ सुनौन त नेपाल आमाले के भन्दिरहिछन्, के सोच्दिरहिछन्, कवियत्रि कै आवाजमा।
-अनन्ता खनाल
वीरहरुले विस्वसामु परिचित मेरा संतानहरु
विस्वकै सामुमा कलंकित कहलिन लागे
शान्तिको नाममा क्रान्तिको ज्वाला वोकी
भाई-भाईमा सल्किन थाले
कहिल्यै पिपिरा हाल्न नसक्ने गरी
डडेलाको ज्वालामा परेको रूख जस्तै।
कति आनन्दित हुन्थें म
मेरा छातिवाट बहने
निस्चल निर्झल झरनाको संगितमा
न्याउली कोयलीको गुंजाईमा
सिमसिम वर्सात रवि किरणको सप्तरंगि पर्दामा
डाँफे मयुर म्रिगहरु छमछमाईरहँदा,
साथमा थाम्न नसकि
पिपिरी र सुसेलीको धुनमा
गोठाले सन्ततिले तालदिंदा
कति आलादित हुँन्थे म।
मेरा हिमालहरु,
जस्तै परिस्थितिमा पनि
सिंचित सुन्दरभाव बोकी
सदा मुस्काईरहँदा
मेरा नदि नालाहरु
जस्तै विपत्तिहरुलाई पनि सामना गर्दै
निर्भिक रुपमा अठोट नछोडि दौडिरहँदा
अनि मेरा फाँटहरु
मेरै सन्ततीका निम्ति
हरदम झुलीरहँदा
कति आलादित हुँन्थे म।
सहिरहन्थे,
सहनसक्थें म
कैयन मेरा संततिहरु
छिमेकीका दासी हुँदा पनि
न कि त्यो त उनीहरुको वाध्यता हो,
गरिविको वाध्यता,
उचित स्थान र कर्म नपाउँनुको वाध्यता।
हाँसिरहन्थे म,
म हाँस्न सक्थें
कालापानीमा जस्तो संतानको म्रित्यूमा
सत्रुलाई परास्त गर्दै
माटो पचापको निम्ति दिएको वलिदानमा।
तर,
सक्दिन म हेर्न,
सक्दिन हेर्न म
नदि र झरनाको ठाउँमा
रगत वहिरहेको
हिमालले शिर झुकाईरहेको
न्याउली कोयली मयुर म्रिगहरुसाथ
गोठालेहरु प्राक्रितिक संगितमा रम्न छोडेको
फाँट नपुंसक बनेको,
संतानहरु असुर जस्तै
एक आपसमा लडि
रक्त पिपासू बनिरहेको
मेरै छातीलाई मेरै संतानहरुले
रणभूमि वनाईरहेको
मेरै छातीलाई मेरै संतानहरुले
रणभूमि वनाईरहेको
सहन सक्दिन म,
यथार्थपरक