“के छ त यार अवको Plan?” एक मोटे साथिले त्यहि प्रश्न दोहोर्यायो जुन अरुहरुले पनि सोधि रहन्थे। त्यसैले उत्तर दिन सोच्नै परेन। “नेपाल जाने नि”- उत्तर फर्किहाल्यो।
विगत नियाल्छु, विदेशमा पूर्ण-क्षात्रव्रित्ती पाएर पढ्न आएको हिजो जस्तो लाग्छ, सकिन पो लागेछ। पढाई सकिनलाग्दा सम्म पनि अव के गर्छु भन्ने कुराको निस्चित नहुँदा यो मन डुलिरहेको हुन्छ, घुमिरहेको हुन्छ, कैयन सपनाहरु कोरिरहेको हुन्छ। सपनाको संसारमा डुबुल्कि मार्न कुनै न कुनै वाटो त हुनु पर्यो नि। वाटो पहिल्याउन कैयन प्रयास नगरेको नि हैन, तर किन-किन ढोका नै खुलेको थिएन। लाग्थ्यो भोटे ताल्चा नै लागेको छ ढोकामा।
“मास्टर्स गरेपछि सजिलो हुन्छ Job पाउन”- उ भन्दै जान्छ।
“तिमी अमेरिकामा छौ, म युरोपमा- तिमी जस्तै म पनि English मा काम गर्न पाए गर्थे नि, युरोपमा काम गर्ने जानेर पनि स्थानिय भाषा जानेन भने कुनै काम छैन रै छ। बल्ल चाल पाएँ किन मान्छेहरु अमेरिका, अमेरका भन्छन न कि युरोप युरोप”, कम्पनिहरुसंग भलाकुसारी गर्दा सोधिएका प्रश्नलाई आधार मान्दै म उत्तर फर्काउँछु।
“Job खोज जसरि भए पनि। हेर, तिमी नेपाल जाने प्लेनको ढोका भित्र नछिरुन्जेल पनि कसरि नजान मिल्छ भन्ने सोच है”- ईंटरनेटको भलाकुसारीका क्रममा मोटे भन्दै जान्छ।
मन नै मडारिएर आयो; अनगिन्ति प्रश्नहरु तेर्सिए; शव्द केलाउन मनलाग्यो। ३, ४ पटक पढें होला त्यो वाक्य। एक किसिमले हाँस उठ्यो, अर्को तर्फ गम्भिर पनि बनायो। हाँसो यस अर्थमा कि, क्या मिलेका शव्द अनि लेखाई, अनि गम्भिर यस अर्थमा कि यसको भावर्थ…। उच्च शिक्षा हासिल गरेर देशलाई सेवा गर्नुपर्छ भन्ने भाषणहरु र कैयनलेखहरु नसुनेको, नपढेको कहाँ हो र। भन्ने गर्छन् : “महाविर पुनलाई हेर, अमेरिका छोडेर देशमा आएको जनतालाई सेवा गर्न”, त्यसैले देशमा आउनु पर्छ। कुरा सुन्दा कतै खोट लाग्दैन, तर फेरि मनमनै प्रश्न सोध्छु, महाविरलाई छोडौं, अरु कैयन खै त? सव ‘खालि’ पर्दाका पछाडि छन्। सिमित अवसरमा गुज्रिरहेकाहरुको उदाहरण नियाल्ने हो भने, ति भाषण तथा लेखहरु एकदम सैदान्तिक लाग्छन। यसरी सोच्दा त्यो साथिको भनाई पुष्टि हुन्छ।
“तिमी सकेसम्म नफर्क यार, राम्रो छैन यहाँ” - काठमाडौमा झन्डै रु २७००० प्रतिमहिना को जागिर खाने एक साथिले Internet Chat मा भनेको कुरा नि याद आउँछ। उस्ले भन्थ्यो, “हेर यार हामीहरु त सडिएर वसिरहेका छौ, तिमी फेरि सडिन नआउनु”। मैंले उसका वाक्यहरु जस्ताको तस्तै राखेको छु।
कस्तो संसार है। सोच्दछु, २७००० को जागिर खानेहरुलाई पनि चैन छैन। उहि व्यक्ति जसले १२००० को जागिर पाउँदा स्वर्गमा पुगे जस्तो खुसि देखिन्थ्यो त्यो बेला, त्यही मान्छे केहि समयको अन्तराल पछि २७००० पाउँदा पनि मन नै अमिलो हुने कुरा गरेको देख्दा कारण खोज्न मन लाग्छ। आफ्नै हाराहारिकाहरु विदेशमा गएर डलर कमाउने गरेको देखेर नै यो परिवर्तन आएको हुनुपर्दछ भन्ने ठहर गर्छु म।
नजाउ भन्नेहरु र नआउ भन्नेहरुको भनाई ठ्याक्कै मिल्छ। नजाउ र नआउहरुको माझमा रहेर उपायको खोजिमा रहेका कैयन साथिहरुको भाषा मैले वुझेको छु। अव त मेरो पनि नेपाल जाने प्लेनको ढोका पनि खुल्नै लागेको छ। जे होस, जव-जव म नेपालजाने प्लेनको ढोकामा पुग्नेछु, पक्कै पनि संझिने छु: “…नेपाल जाने प्लेनको ढोका… सोच है” J।
No-Bell, tyo mote saathi bhaneko Anil mote ho ? hehe anyway ke gardai chhau ta ba Nepal maa ahile....
Babi
tyo mote bhaneko Anil haina :) arkai mote ho.