About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

संझनाका कोसेलीहरु भिडियोमा..

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, January 25, 2008

AIT Volleyball Match I (Semi-final)

कमेन्ट-मेरो कप्तानीमा रहेको नेपाली Volleyball Team ले 2006 को August Session मा भएको Mini-Olympic मा International Team संग सेमि-फाईनलको खेल खेलेको थियो। नेपालले सजिलै उछिनेर फाईनलमा प्रबेश गरेको थियो। खेल्ने खेलाडिहरु: नोबल,बिनोद,वालक्रिष्ण, भुजेल, देव, प्रतिक, भरत, निपेन्द्र।

AIT Volleyball Match II (Final)
कमेन्ट-मेरो कप्तानीमा रहेको नेपाली Volleyball Team ले 2006 को August Session मा भएको Mini-Olympic मा Thailand Team संग फाईनलको खेल खेलेको थियो। नतिजाको लागी त भिडियो हेन्नुस। खेल्ने खेलाडिहरु: नोबल,बिनोद,वालक्रिष्ण, भुजेल, देव, प्रतिक, भरत, निपेन्द्र। हुटिंग: नेपाल, नेपाल, नेपाल!!!!!!!!

AIT Dashain -2006 I


कमेन्ट-अरु कतै नहुने दशैं AIT मा। हो, AIT मा दशैं मनाउन कसैले पाउँछ भने त्यो उसको लागि जिवनभर नविर्षिने चिनो वन्छ। यो सत्यता हो। 2006 को मेरो दशैं AIT मा थियो। यस भिडियोमा अग्निसर मेरो मादलको तालमा गित गाउँदै हुनुहुन्छ। के को Practice चाहियो र गाउँन, वजाउनलाई। अग्निसरलाई गीत फुरुरु अनि मादल हुरुरुरु…..। सिधै Stage मा प्राक्टिस पनि शो पनिAIT हुँदा मादले भैयो, त्यो Cultural Show, Dashain, अनि Tihar, New Year, मा मेरो मादलले चिनारी पाएको थियो
AIT Dashain-2006 II


कमेन्ट-आ-आफ्नो कला देखाउने क्रममा हाम्रा साथी-संगिहरु। न्रित्यको कुरै नगरौं। छम छम नाचिदै्यौ निउरेर भन्ने गितले भन्दा दामी नाचेका छन। आभा, रेनी, उर्मिला अनि सलोनी को वेजोड न्रित्यमा झुम्दै ….
AIT Dashain-2006 III

कमेन्ट-हाम्रा भाई-बहिनीहरु (AIT)हरु पनि के कम। ईंजिन गाडिमा हो ईंजिन गाडिमा । तर मलाई नाच्ने भाईको नाम भने थाहा छैन।

Google Earth बाट गाउँ हेर्दा

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, January 21, 2008

तस्विर: (यो माथीको तस्विरलाई क्लिक गर्यो भने ठूलो तस्विर देखिन्छ). यो गुगलले पनि के दिएको छ के। म घरतलको सोलूखोला तरेर पारी गएको छैन, तर पनि म आकाशवाट नियाल्न सकिरहेको छु मेरो घरवरपरको डाँडा खोलाहरु। मेरो घर, सल्यान, सोलुखुम्वुमा भएपनि खोटांङ् र ओखलढूंगाको सिमाना नजीक पर्दछ। यो फोटोको टुप्पोको पहेलो रेखा चाँहि सगरमाथाको सिमाना हो। पहिले पहिले सम्म फोटो मात्र हेन्न पाउँथें गुगलमा। तर आज मेरा घर आसपासका डाडाँहरुलाई ओल्टाई पल्टाई गरेर उचाल्न सक्छु, ढल्काउन सक्छु। धन्यवाद गुगल तिमीलाई। लाग्छ म हवाईजहाजमा घुमिरहेको छु। के थाहा, पछि म मेरो घर लाई नै देख्न पाउने हुँ कि। मेरो घरको ढोकालाई पनि खोलेर आमा म आएँ भनेर भन्न पाउने हुँ कि यो कम्युटरवाटै।

बाबु उ त्यो पारीको गाउँ पंचन हो, अनि त्यो पल्लो डाँडो जुवु, अनि जुवु भन्दा दायाँ को डाँडो ऐसेलुखर्क हो, यो दायाँ तिरको डाँडो चै नेचा गाउँ हो,…”

बुवा त्यो नेचा त मावल जाने वाटोमा हैन र? बिहिवारे हाट नि त्यैं पर्छ नि। मिठाई किनेर खाको अस्ति हामी जाँदा, ठुलो न ठुलो खोलो तरेर नि गएको हामी मावल जाँदा

हो हो, त्यो नेचागाउँ मा पर्छ र हाम्रो विचको खोलो खहरे खोलो हो नि। तिमीहरुले त्यही तरेर गएको। यो गाँउको तल वग्ने खोलो चाँहि सोलु खोला हो, यो दुधकुण्डवाट सल्लेरी हुँदै बगेर आउँछ। यि दुई खोला मिसिन्छन् अनि पछि गएर दुधकोशीमा मिल्छन

यो खहरे भन्दा पनि ठूलो छ त्यो सोलु? कसले जित्छ वुवा?

सोलुले नि। कति ठुलो छ कति। बर्खामा वाढी आएको बेला चाँहि यो खहरेले कहिले काँहि उछिन्छ। तर हिउँदमा पानी सुक्छ। तर यो सोलु हिउँ पग्लेर आएको हुनाले हिउँदमा पनि उस्तै देखिन्छ

अनि यो दुधकोशी चाँहि कता छ नि?

ए ए त्यो दुधकोसी पंचन डाँडोको पल्लो पट्टी छ। निक्कै ठूलो छ त्यो। कोशीहरु सोलुखोला जस्ता नदिहरु मिलेर बनेको हुन्छन। त्यसैले निक्कै ठूला हुन्छन। ७ वटा यस्ता नदी मिलेर सप्तकोशी बन्छन्

राम! उसो भए सोलुले पनि हार्छ है दुधकोसीसंग। कत्रो होला तो। हामी मावलजाँदा पनि ठुलो कोशी देखिन्छ

लाटो त्यो तेहि दूधकोशी हो।

तो त सम्म देखिन्छ नि।

जति जति ठुलो नदी बन्दै जान्छन, उति उति फराकिलो बन्दैजान्छन यहाँ। यो कोसी पछी तराईमा जान्छन अनि सम्म हुन्छन्। पानी बगेको पनि देखिन्दैन

बुबा आकाशमा हेर्नु त हवाईजहाज आयो। पखेटामा रातो रै छ। कहाँ गएको होला यो।

यो रुम्जटार तिर गईरहेको छ, सायद तेतै उत्रिन्छ होला।

रुम्जटार कता पर्छ?

त्यो नेचा डाँडोको टुप्पोवाट देखिन्छ। त्यसको पल्लो पट्टि छ। रुम्जटार ओखलढुंगामा पर्छ। नेचा चै सोलु र ओखलढूंगाको सिमानामा पर्छ। तिम्रो मामाघरवाट नजिक पर्छ।

काका त लामीडाँडावाट आउनु भ को हैन?

हो, त्यो खोटांगमा पर्छ। यो दुधकोसीले सोलु र खोटांगलाई छुट्याएको छ। यो दुधकोशीपारीको सवै खोटांग हो। त्यसैले त्यो ऐसेलुखर्क खोटांगमा पर्छ।

साँचि यो सल्लेरी नि?

ए ए। त्यो त उत्तर दिशामा नि। उ त्यो नेले भो क्यारे। नेलेको देव्रे दिशामा। यो सोलूखोलोलाई पछ्याउँदै जाने हो भने तिमी सल्लेरी पुग्छौ। त्यसैले यो उत्तर दिशामा पर्छ।

……

Italy trip I (Flight to Milano)

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, January 17, 2008

Our Europe visit was possible due to French Cooperation because it provided us scholarship for M SC. in INT. After we arrived in INT, Evry, we had made plan to visit European countries. After collection of information, Bharat and I finalized to visit Italy. In the mean time, Prajwalan, our KEC colleague and currently studying in NTNU, also wanted to join in the trip. Our team therefore consisted of three members.

Accordingly, we planned for 5 days trip to Italy. To make plan concrete, we have taken help from Anusha Didi because she already lived there and visited many places over Europe and Gokarna dai, who is studying in Italy. We decided to visit 4 cities: Milan, Rome, Pisa and Venice. We planned to visit each city for a single day except Rome which was scheduled for 2 days: 1 day for core Rome and one for Vatican City.

We wanted to reduce money. Only one option for this was to book tickets as early as possible. Hence we booked plane for Milan (round trip) 2 months before the scheduled date. Obviously, it was risky since it was on December which, could be interrupted by snow. However, we didn’t care about it. For accommodation we booked the cheapest youth hostels, which are relatively cheaper than hotels. We also booked train tickets from one city to another.

Abha, class-mate of AIT, had arrived Italy in December. She wanted to join our group for the trip. We helped her by requesting one more room on the same hostels where we had booked except in Milan since rooms were already packed. Finally, our team had four members from three different European countries.

On 27th December I had gone to Orly airport, the nearest airport from Evry, to take care of Prajawalan, around 18:00. He had arrived on time. For Prajawalan, the flight was risky since if his flight from Oslo were postponed for next morning, he would miss the whole Italy trip. However, he was verified as lucky guy in the trip.

Day I-28/12/2007

Major activities on the plan for the day were:

  • Flight to Malpansa,Milan
  • Malpansa to Milan Center
  • Places Visit
  • Interesting Events
  • Kale
  • TrainItalia

In the morning, we woke up around 3:30 AM and went for Charles des Gaulle (CDC) around 4:30 AM. We were assisted by Sundar, a Tamil guy who work in CDC, to reach the terminal 3. We took train of 4:55 AM from Le Bras de Fer, the nearest railway station from INT.

We reached CDC on time, the check in had just started. We did check in where Bharat’s perfume was thrown in trace by the policeman coz it is strictly prohibited to take such items unless it is bought in duty free shop at the airport.

Although it was scheduled for 8:15, our flight started on 9:15 AM and reached Milan at 10:30. Although it was Milan, Italy, another country, there was no checking point. I felt that the whole Europe is a single nation and we are taking a local trip within that nation.

NEXT -> Italy trip II (First day in Milano)

फुल र भमराको बार्तालाप(तिन)

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, January 16, 2008

खण्ड बाट क्रमश:

निमोठेर लगे त बरु मरिन्थ्यो केही दिनमै; चुसेर हिड्दा त महिनौं सम्म चिलाईरहन्छ …………

----------------------------------------------------------------------------

भमरो आयो……

दुवै जनाले आग्रह गरे। मैले मान्नै पर्यो। तर सारै गारो काम। आसन ग्रहण गरें।

नंवर कसरि दिने भन्ने वारे छलफल गरे लगत्तै चिठ्ठा थुत्न लगाएँ। लौ, आजको छलफलको समय सुरु हुन्छ, भमरावाट, मैले सुरुवातको ढोका खोलिदिएँ।

भमरा: खुब फुर्ति लाउँछे, यो गोदावरी। केहि गर्ने सक्ने हैन। कुरा गर्न पनि हामी आउनु पर्छ, उसको वोट मुनि। एक पाहिला हिड्ने हैन।

गोदावरी: प्रक्रितिले यस्तै वनाईदिएको छ, अनि के गर्नु त। संसारभर फैलिईसकेका छौ हामीहरु। खुट्टा नै चाहिन्छ र हिड्नलाई। दुई पाईला हिडेर के गर्नु। यस्तरी हिड्नु पर्छ कि संसारले चिनुन। तिमीहरु जस्तो देखावटि हिडाई के हिंडाई!

भमरा: के भन्न खोजेको, हरेक फूलवारीमा हाम्रो पनि उपस्थिति छ।

गोदावरी: हामीलाई चुस्न पाएपछि नपुगि भयो त?

भमरा: तिमीले पनि त चुसेकी छौ नि, यो धर्तिलाई। उ उहाँले मल-जल नहालिदिएको भए सुकेनास लागेर सुकेको बन्मारा जस्तो हुन्थ्यौ। फुर्ति छाँट्ने वा।

गोदावरी: सक्छौ भने तिमी पनि चुस न त, जमिनको रस। कतिको गार्हो छ अनि थाहा पाउँछौ। त्यो गुलाफ, त्यो थुँगेहरुसंग कति संघर्ष गर्नुपर्छ। हुलका हुल आएर हाम्रो सुगन्धमा रमाउदै रस चुस्न पाएर मात्तिएका छु्द्र जनावरहरु।

भमरा :मार्न त मार्दैनौ नि तिमीहरुलाई। निमोठेर त जाँदैनौ नि। यो जन्ममा मीठो मीठो खुवाएर स्वर्गमा जाने तिमीहरुको तानावाना हामीलाई पनि थाहा छ के। स्वार्थ लुकेको छ, तिमीहरुको वास्नामा, रसमा। स्वार्थिका सन्तानहरु, फलाक्न मात्र जान्दछन्।

गोदावरी: निमोठेर लगे त बरु मरिन्थ्यो चाँडै; चुसेर हिड्दा त महिनौं सम्म चिलाईरहन्छ, सजाय जस्तो। त्यसैले तिमीहरु पापी हौ। फेरि कस्ले देखेको छ हँ, पछिल्लो जन्मको कुरा। कतिन जान्ने सुन्ने भएको जस्तो। जसको रगत-रगतमा हाम्रो रस वग्छ, आज उ नै हाम्रो खिलापमा वकालत गर्छ।

भमरा: भोकलाग्यो भने खान पाउनु संपुर्ण जिवजन्तुको अधिकार हो। त्यो उडेर जाने रसलाई खाएर हाम्रो ज्यान वच्छ भने किन नखाने। यो संसार एक जाति मात्रैको हो र। होला तिमीहरुलाई हामीले प्रत्त्यक्ष खान्की दिएनौ होला। तर कसैले त तिमीहरुलाई पनि दिईरहेको छ नि। वोल्न सक्ने भएको भए कति रुन्थ्यो होला जमिन । कति पिडित भएको होला विचरा उ। म वुझ्छु त्यसको पिडा। सारांसमा भन्नुपर्दा तिमीहरुलाई कसैले खुवाउछ, हामीलाई तिमीहरुले। व्याएको भैसिलाई १ दिन नदूदाको जस्तै पिडा हुन्छ तिमीहरुलाई, हामीहरुले रस चुसिनौ भने। अझ यसरी भनौन, खेर जाने ति पदार्थको कति उपयोग गरेका छौं। त्यसैले हामीहरुलाई धन्यवाद दिनुपर्छ तिमीहरुले, गाली हैन।

गोदावरी: हा। यहाँ थारो भैँसिहरुको समेत थुन चुसिएको छ, एक पछि अर्को गर्दै। खुरुखुरु चुसेर गए पनि सहन सकिन्थ्यो होला। हुलका हुल आएर लडाई खेल्ने मैदान बनाईएको छ, लडाईं खेल्ने तारो बनाईएको छ। अर्कोको फूलवारीमा फूलफूल्न कम भयो भनेर तिमीहरुको संतान तिमीहरुलाई नै प्रहार गर्छन् अनि हामीलाई चुसेर जान्छन। रणभुमीमा फूल्नु परिरहेछ। थाहा छैन भोलि कुन खैरे आउने हो काले वा भुन्टे भमरो तर यो निश्चत हो कि हामीलाई चुस्न कोई न कोई पक्कै आउनेछन्। किनभने कुनै यस्तो दिन छैन जहाँ हामीहरु खुसीले बसेका छौं। असहाय यो ज्यान के नै गर्न सक्छ, हेर्न सिवाय। भगवानले धेरै कुरा दिए हामीलाई तर दरिलो काँडा दिएनन्। भगवानसंग बर माग्नु परे म काँडा माग्थें जसलाई आफ्नो मनले चिताए जस्तरी फैलाउन सकियोस। भगवानलाई खुसी पार्न समेत हामीलाई प्रयोग गरिन्छ, तर किन भगवानले हाम्रो पिडा देख्दैनन्। लाग्छ, उनको आँखा हाम्रो सुन्दरतामा मात्र रम्छ। जताततै दुषित वातावरण, कुद्रिष्टि। यस्तो संसारमा फूल्नु काल निम्त्याउनु हो। आज हामी गोदावरीहरु आँफै काललाई जन्माईरहेछौ। जति राम्रो फूल्छौ उति चाँढो मारिन्छ....

***

खण्ड ४ केहि दिनमा

श्रद्दान्जली Sir Edmund Hillary लाई

Posted by Nobal Niraula ( नोवल निरौला )

एकछिन सोच्नुस त, तपाईंको बिदेशी साथीले नेपाल भन्ने देशलाई कसरी चिन्यो होला? तपाईंले सोध्नु भएको छ, कहिल्यै? पक्कै पनि सोध्नु भएको होला। मैले मेरा विदेशी साथीहरुमाझ यही प्रश्न गर्ने गर्थें। विदेशी साथीहरुसंग नेपालबारे कुरा गर्दा के थाहा पाईन्छ भने उनीहरु नेपाल भन्ने बित्तिकै २ कुरा संझिन्छन्

१) सगरमाथा

२) राजपरिवारको हत्या

त्यसैले लाग्छ, नेपालबारे हल्का ग्यान भएको कोई छ भने उसले कम्तिमा सगरमाथा अर्थात Mount Everest चाँही जानेकै हुन्छ। हाम्रो प्यारो सगरमाथा, संसारको छानो, हाम्रो ईलाकामा पाउँदा हामी नेपालीहरु गौरवाम्वित महसुस गरिरहेछौ। हुनपनि ८८४८ मिटर अग्लो त्यो पर्वत नेपालीको मात्र नभई संसारको शिर भनेर वसिरहेछ।

यसरी नेपाल र सगरमाथाको नाम संसारभरि फैलाउने महान व्यक्तिहरुमा Sir Edmund Percival Hillary (हिलारी) पनि पर्दछन्। हिलारी July 20,1919 मा जन्मेका न्युजिल्याण्ड निवासी व्यक्ति हुन जसले ले 29 May 1953 अर्थात उनको ३३ बर्षको उमेरमा तेन्जिंग नोर्गेसंगै संसारको छानोमा पाईला हालेका थिए। संसार भरिका मान्छे मध्ये त्यो शिखर चुम्ने पहिला मानव वने उनीहरु।

तस्बिर:Sir Edmund Percival Hillary ( Source: Wikipedia)

२००८ को पहिलो महिनामा नै नरमाईलो समाचार सुन्नुपर्यो विस्वले । हो, सन 11, Jan 2008 मा हामीले यि घनिष्ट मित्र गुमायौं। आज ति जवान जस्ले नेपालको चर्चालाई शिखरमा पुर्यायो, जसले सोलुखुम्बुलाई चिनायो, उनी रहेनन्। संसार भरका मान्छे दु:खी भए उनको निधनमा। न्युजिल्याण्डले त आधा झन्डा झुकायो, शोक मनायो। अनि राष्ट्रिय संमानका साथ अन्त्यस्ठि गर्यो, तर नेपाल सरकारले आफ्नो देशमा आधा झन्डा झुकाउने काम सम्म गरेन। आखिर उनी नेपालका पनि त नागरिक हुन। जसले संसारमा पहिचान गरायो, उसलाई देशले पहिचान गर्न सकेन। दु:ख लागि रहेछ।

हिलारी समग्र सोलुखुम्बुका लागि भगवान नै सावित छन्। सोलु क्षेत्रमा त्यति नभएपनि खुम्बु क्षेत्रमा उनको गहन देन छ। गाउँ-गाउँमा विध्यालय पुगेका छन, कलेज खुलेका छन्। यतिमात्र हैन सोलुखुम्वुमा जनशक्ति जन्माउन उनको ठुलो हात छ। म पनि उनको संस्थावाट क्षात्रव्रिति पाउने मध्ये एक हुँ। त्यसैले पनि उनिप्रति आभार व्यक्त गर्न चाहन्छु।

आज संसारले एक महामानव गुमाएको छ। यि महामानवलाई चिरआत्माको कामना अनि हार्दिक श्रद्दान्जली! साथै शोकमग्न परिवारलाई धैर्यधारण गर्ने शक्तिमिलोस भन्ने कामना!!

फुटकर कबिताहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, January 11, 2008

मेरी माया
मेरि माया चन्द्रमा जस्ति, अलि हैन
किनकि उनीसँग दाग छैन।
मेरी माया फूल जस्ती, अलि हैन
किनकि फूलसँग कोईल वोली छैन।
मेरी माया कंचन पानी जस्ती, अलि हैन
किनकी रंग फेर्ने, वानी छैन।
त्यसैले त मेरी माया, करोडौंमा एक
अलि हैन, मात्र दशौंमा एक,
त्यही भएर त तिम्रो मायाको खासै प्यास छैन!!!!
***

छटपटी
चाँढो चाँढो बित्ने ति क्षणहरु
किन किन सुस्ताईरहेछन्,
न्यानो न्यानो अँगालाहरु,
किन किन बिझाउने सिरानि बनिरहेछन्,
कोईलीको जस्तो सुमधुर बोलीहरु
किन किन वाण बनि घोचिरहेछन्
गाजलु ति सुन्दर नयनका किरणहरु,

किन किन विकर्षित भइरहेछन्

***

टुक्रिएको मन
मनै त हो, जोडिन कति समय लाग्छ र,
मनै त हो, मौलाउन कति नै पो लाग्छ र,
मनै त हो, मक्किन कति बेर लाग्छ र,
तर किन हो किन, मनै भएर पनि
ठोक्किए, चर्किए पछि जोड्न सार्हो परिरहेछ।।

***

फुल र भमराको बार्तालाप (दुई)

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, January 7, 2008

खण्ड १ बाट क्रमश:
खण्ड बाट क्रमश:
भन्नै लाज लाग्योतर भन्नै पर्यो क्यारे-पाँच मिनेट…………
-------------------------------------------------------------------------------

भोलि पल्ट कुरि रहें, तोकिएको ठाउँमा, तोकिएको समयमा। खै त्यो फुच्चे भमरा आउँदै आएन। भमराको कुरा पत्याउने म उल्लु। हाँसो उठ्यो मनमनै। तर सोचें, यस्तो त भएजस्तो लाग्दैन। वचनको पक्का जस्तोलाग्थ्यो, उसको कुरा सुन्दा त। कुनै भमरी भेटेर मस्किन थाल्यो कि वाटोमा-सोच्दै थिएँ।

नभन्दै आईपुग्यो, भमरीको साथमा।

सरि ल मैले अलि ठिला गरें

ठिकै छ नि कहिले काहिं यस्तै हुन्छ।

हैन, म त समय मै निस्केको, मेरी बुढिले पनि जान्छु भनि। यो त्यति चाँढो हिड्न सक्दिन त्यहि भएर अलिक ढिला भयो

के हो, तिम्रो दुलही दुई जिउकि छ कि के हो? मैले जिस्काउदै भनें।

हो नि, कस्तो चलाख तिमी त। नानु यो मेरो साथि, नमस्कार गर- उसले उसकी दुलहिलाई भनेको सुनें।

पुरा एक फन्को लगाई, उस्लेपनि लगायो। यिनिहरुको नमस्कार गर्ने चलन पनि कस्तो नौलो। मैले नि आफ्नै पाराको नमस्कार फर्काएँ।

ल जाउँ, आज पनि बोक्छौ कि?- जिस्काउँदै सोध्यो।

भै हाल्छ नि, जोडिलाई नै बोकौला नि।

बोलि झर्न नपाउँदै दुबैजना चढे, मेरो जिउमा। सरासर गईयो त्यो फुलवारिमा। हिजोको जस्तै एक हुल खैरा भमरा आए, उ झर्यो, के के देखायो। अनि फेरि फर्कियो, बस्यो मेरो जिउमा। मनमनै सोचें म भरिया, जोई र पोई वोक्ने?। यता उति हेरें कोही थिएन। फेरि भमरा बोकेको कस्ले देख्छ र? म पनि।

जाँदै थियौं, उसले यहि हो भन्यो। दुवै जना उत्रे। यहिं हो, यो फूलसंग हो वादविवाद। राम्ररि नियालें गोदावरि को फुल रै छ। मैंले सुम्सुम्याउन के लागेको थिएँ, भमराले रोक्यो।

त्यहाँ बस्नुस अनि सुन्नुस हाम्रो वादबिवाद- टाई मिलाउँदै भन्यो।

उसकी वुढिलाई एक साईडमा राख्यो, मलाई अर्को साईडमा। कस्तो संकालु रै छ यो पनि। मैले त्यसकी वुढिलाई के नै गर्थें र।

बिचैमा बोल्यो: हेर 'गोदावरि' तिम्रो र मेरो वातचित सुन्न दर्शक आएका छन्

को हुन यिनिहरु?

उ त्यो साईडकी मेरी वुढि, अर्को साईडको यो सम्पुर्ण फूलवारिको मालिक

यति मात्र के भनेको थियो, सारै मिठो वास्ना आयो।

कति मज्जाले स्वागत गरे कि तिमिले-भमराले भन्यो।

मैले वुझिहाले स्वागत गर्ने चलन। कस्तो थरि थरिको।

लौ त अरु धेरै के कुरा गरौ, थालौ हाम्रो कुराकानी गोदावरि। खुव फुर्ति दिन्थ्यौ नि मलाई। आज त निर्णायक छन् निर्णायक

के रे? तिम्ले एकतर्फि निर्णायक ल्याएर हुन्छ। आफ्नी वुढि निर्णायक? हा हा, कस्तो चलन। म मान्दिन।

ल्याउन त तिम्रो तर्फवाट पनि। हिड्न सक्ने हैन, फुर्ति छाट्छौ। लौ भैगो, मेरी वुढि छोडौं, त्यो अर्को साईडमा भएको फुलवारिको मालिकलाई मान्छौ त?

बरु त्यो हुन्छ-गोदाबरीले सहमति जनाई।

एक्कासी सुने - एक्सक्युज मि

यता उति हेरें कोहि छैन, उही फूल, भमरा अनि भमरि मात्र। कस्ले बोलेछ अंग्रेजि? भमरो खुट्टा उठाई रहेको रहेछ। अंग्रेजि पनि जान्ने? ओ। मैले गेस गरें, अनि भनें ओ के । भमरो हुँईया गर्दै गयो उडेर गयो।

फूलले भनि- कता गयो त्यो?

भमरि पनि यता उति हेर्न थाली अनि भनि-मेरा ज्यान कता गए?

भन्नै लाज लाग्योतर भन्नै पर्यो क्यारे-पाँच मिनेट

बुझेनन् जस्तो लाग्यो फेरीभने: पाईखाना

फेरि बुझेनन् जस्तो लाग्यो अनि भनें चर्पि यानेकी ट्वाईलेट

दुबैजना लजाए, अनि बुझें बल्ल बुझेछन्। बरु यिनिहरुले चर्पी शब्द बुझे कि, ट्वाईलेट? मलाइ सोध्न मन लाग्यो, तर फेरि के सोध्नु मरोस भनेर छोडें। आज नौलो कुरा थाहा पाईयो। हामीहरु कान्छी औंलो उठाउँछौं, यिनीहरु एक खुट्टा। मनमनै हासिरहें, सवै लजाईरहेका देखिन्थे। हामी प्रतिक्षा गरेर वस्यौं भमराको।

***

खण्ड ३ केहि दिनमा


World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors