About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

कालिमाटि र क्याफू

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, November 25, 2007

“ए साईला? के हो मेरो माया लाग्दैन? चिसोले कठ्यांग्रिदा पनि सोध्धैन बा… म आफैले संझाउनु पर्छ सघाउ भनेर, कस्तो जमाना आयो यार”-मैले गोजिमा मस्तले हात हालेर हिडिरहेको साईलालाई भने। साईलाले मुस्काउदै भन्यो-“के भन्छ यो कान्छा, सोलुको ठिटो रे, हेर एउटा झोला घिसार्न नि यस्तो”। “के गर्नु त पोख्रेली साईला, मेरो पनि त उहि हात नै हो, कति चिसो भा छ” मैले उसको निधारमा मेरो हात राख्दै भने। आ छु छु….. उसले प्रतिक्रिया जनायो।

हो, हरेक सुक्रबार यहि दुईपांग्रे झोलालाई विडमा समाएर घिस्याउँदै हाम्रो यात्रा सुरु हुन्छ क्याफु तिर, जिस्किदै जिस्काउँदै। क्याफु हाम्रो कलेज नजिकैको सुपरमार्केट हो। हाम्रो बन्दोबस्तिको सामान किन्ने ठाँउ। एक हप्तालाई खाने कुराहरु किन्नु पर्छ। नत्र सार्है गारो पर्छ, यस्तो चिसोमा । प्राय: हरेक दिन खुल्ने यो सुपरमार्केटमा शुक्रबार, शनिबार बिशेष चहलपहल देखिन्छ।

मलाई कालीमाटिमा दिदी भिनाजुसंग गएर किनमेल गरेको को नि याद आयो। कालिमाटि त्यही ४-५ पटक गईयो होला। तर यो क्याफु, नगई नहुने सुपरमार्केट बनेको छ, Evry मा बस्नेहरुलाई। फलफुल, कपडा, खानेकुरा लगायत भाँडाकुडा सबकुराहरु एकै ठाउँमा किन्न सकिन्छ। कोहिसंग बोल्नु नपर्ने, गयो छान्यो, पैसा हेर्यो अनि चित्त बुझ्यो भने किन्यो, रमाईलो छ क्याफुको किनमेल।

कालिमाटि जाँदा खल्तिमा पैसा छ कि छैन हेर्नु पर्छ। छैन भने कालीमाटीमै पुगे पनि घर फर्केर पैसा लिएन भने रित्तो हात फर्किनु पर्छ, तर यहाँ…..सुक्को नली गए हुन्छ, कसरी? “लौ, फ्रान्समा सुको चले पो लानु त”, “पहिले नै तिरिसकेको होला” भन्ने उत्तर आउलान।

कार्डको प्रयोग गर्छन धेरैले। कोठा खोल्न, गेट खोल्न, फोटोकपि, रेस्टुरेन्ट, प्रिन्ट आदि-आदिमा। विकसित मुलुकहरुले पैसा हातले गनेर दिने चलन नै बितेछ। "पैसा आउछ हातले नगनि, पैसा जान्छ हातले नगनी-कस्तो जमाना”। गोजी पैसाले कहिले पनि ठुलो नहुने बरु कार्डले चै। यसो भनेर नोट नै बनाउन्नन् भनेको हैन, बरु कमै प्रयोग गर्छन भन्नेको।

हाम्रो कालीमाटिमा दुर्गन्धको चर्चा के गर्नु र, यहाँ नि दुर्गन्धको चर्चा हुन्न। त्यहाँको दुर्गन्ध जहिल्यै हुने भएर यहाँ क्याफुमा दुर्गन्ध कहिल्यै नहुने भएर।

कुरा क्याफुको, कालीमाटिको मात्र हैन। कुरा कसरीको पनि हो? किन कालिमाटि क्याफु बन्न सकेन? कुरा यहि हो। १ किलो टमाटर किनेर २ किलो हाल्न सकिन्छ क्याफुमा, तर त्यहि संभब छैन कालीमाटिमा। तै पनि कोहि पनि यस्तो बेईमानि गर्दैनन् क्याफुमा। आखिर किन? यो कसले गर्दा भएको हो त? यही प्रश्न आज तेर्सिएको छ मेरो सामु। खानै नपाईने ठाँउमा ठगठाग नौलो हैन, एक मनले भन्छ। “फेरी यो अवस्थालाई साधारण नेपालीले गर्दा हो त?”, त्यसैले म मान्न तैयार छैन।

हुन त यहाँकाहरुले त्यस्ता कालीमाटि कति भोगीसकेपछी क्याफु बनाएका होलान्? फेरि यहाँका मान्छेले मेसिनले सवैकाम गर्ने बानी परेका छन्। जे मा पनि मेसिनको प्रयोग। धेरै छन् कुरा त। तर जे होस् मेरो कालिमाटि चाँढै क्याफुजस्तो बनोस। मेरो नि यही कामना कि हामी नेपालीहरुले शान्तसंग बाँच्न र बस्न पाऔं त्यसपछि कालिमाटिलाई क्याफु बनाउने सुरुवात स्वस्फुर्त रुपमा हुनेछ। हामीले पनि केहि सिक्नै पर्छ अव त।

| edit post

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors