२ बर्ष भो तिहारमा टिका नलगाएको। गत बर्ष (२००६) AIT हुँदा टिका लगाउन मिलेन। अहिले मिल्छ तर कोही छैन। फ्रेन्चहरुलाई दिदी के बनाउनु, न धर्म मिल्ने न त भाषा। गाई खाने जात र गाई पुज्ने जात १८० डिग्रिले फरक छन् ।
हुन त बिदेशमा हुँदा स्वदेसको जस्तो सवैकुरा कहाँ पाइन्छ र। तै पनि यो मन त हो , पाईदिए कति रमाईलो हुन्थ्यो जस्तो लाग्ने। सायद धेरै जस्तो बिदेशमा बसेकाहरुको कथा यस्तै हुन सक्छ। तर कतिले त दिदीहरु (चिनजान मार्फत) बनाएर टिका लगाउने चलन पनि छ। मेरो लागी यो उपाय पनि कामलागेन।
विर्षन खोज्छु, यि चाढ, पर्व ..। तर कहाँ भुल्न सकिने रहेछ र। अनलाईन रेडियोको गित ले झन-झन मेरो मनलाई घरको संझना दिलाउछ। देउसी, भैलो "म वुच्चै......", म फेरी संझिन्छु।
भोलि भाई-टिका, दिदीहरुले भाईहरुलाई पुज्ने दिन। दिदीभाईहरुको मिलन कति रमाईलो हुन्थ्यो। समय, काल र परिस्थितिले नै त हो यो सब। फेरी सोच्छु, धेरै बर्षपछिको तिहार कति रमाईलो हुन्छ होला । साधारण गणित लगाउने हो भने यस्तो होला: हरेक बर्ष y को रमझम हुन्थ्यो र x बर्ष पछी लगाउंदा x.y बराबरको रमझम लिनु पर्छ पछी। तर सवै संसार गणितिय कहाँ छ र, यि कुराको मोल कहाँ हुन्छ र। त्यसैले यो बर्षको रौनक यो बर्षकै हुन्छ, अर्को बर्ष अर्कै। त्यसैले मेरो मेरो गणितिय विषय गलत हुनआउँछ। यसैगरि दिनभर मनमा बादविवाद चलिरह्यो ।
तेलको घेरो लगाईसके पछी, फूलले पूजा गर्दै सप्तरंगले भरिएको त्यो निधारको, अनि गलाको मखमली र सयपत्री फूलको मालाको कल्पना गर्छु। अहँ यो पालि संभव छैन। यो कल्पना कल्पना मै रहने छ यो बर्ष। भन्छन भगवानले जे गर्छन राम्रैका लागि गर्छन। त्यसैले मेरा लागि भगवानले जे गरेका छन् लागि गरेका होलान।
मखमली फूल र सेल रोटि यो मेरो साईट मार्फत दिंदै "दिदीहरुलाई शुभ-दिपावलीको शुभकामना" दिन चाहन्छु"।
मन नै त हो बुझाउन सकिन्छ। दिदीहरुनै नहुनेले कसरी मनाउछन् नि? मेरो त केही बर्षलाई लगाउन पो नमिलेको त। दिदी-भाई विचको वास्तविक माया त मनमा पो भर पर्छ त। हो, हामीसंग मन छ। हामी दुख: सुख बाढ्दै आएका छौं। यो नै त हो नि हुनुपर्ने। मैले यसै गरि यो पालि पनि मन वुझाएँ।
0 comments