About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

प्यारी "धिप्रि"

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, November 29, 2007

दश बर्ष अघि (२०५४ साल) को एक रात: “कान्छा, ए कान्छा”, सुतिस्। म झल्यास भएँ अनि हत्तपत्त बिउझिंदै भनें “सुतेको छैन आमा”। “यत्रो वेर बोलाईसकें के हो, बोल्नु छैन, डढाउलास नि ओछ्यान”। वत्ति निभाएर सुत्नु नि। “हुन्छ आमा म पढिरहेको छु, रेडियो ठुलो भएर होला बोलाएको नसुनेको”-जवाफ फर्काईहालें। निदाएको भएपनि रेडियो बजिरहेकोले सजिलो भयो उत्तर दिन।

हरेक साँझ ६, ७ बजे सवै जस्तो खाना खाईसकेपछि गाउँनै सुतिसकेको हुन्थ्यो। आफु भने पढ्नु पर्ने, ग्रिहकार्य गर्नु पर्ने भएकोले केहि क्षण ढिला सुत्थें (८-९ बजे रातको) । SLC को तयारि गर्नु पर्ने भएकोले बत्ति मेरो प्राथमिकतमा पर्थ्यो। मतलव मैले जुन कोठामा लान्छु भने त्यहाँ लान सक्थें। नत्र त दिदी, दाई, बुवाहरुसंगै पढ्नु पर्थ्यो।

एक निद्रा पुर्याईसकेर बिउझिँदा (करिब ९,१० बजे रातको) मेरी आमाले मेरो कोठामा बत्ति बलेको देख्नु भयो भने सोधिहाल्नु हुन्थ्यो, त्यसरी नै। कैयन रात मैले थाहा नपाई नै बत्ति निभाईदिनु हुन्थ्यो र त्यसको लगत्तै भोलि बिहान सोध्नु हुन्थ्यो ,“हिजो कतिबेर सम्म पढिस त कान्छा”? मलाई थाहा भै हाल्थ्यो कि मैले हिजो बिर्षेछु बत्ति निभाउन। त्यसैले म मुन्टो निर्याउन बाध्य हुन्थें।

मैले फेरी त्यही बत्तिलाई संझे। मेरो बत्ति तलको फोटोमा देखाएजस्तै थियो। त्यसैले त मेरो म्यासेन्जरमा धेरै दिनसम्म मैले सजाएर राखेको थिएँ मेरो बत्तिलाई मेरो फोटोको सट्टामा जसले मलाई बिर्षनै नसक्ने गुनलगाएको छ। अहिले पनि त्यही वत्ति हुनुपर्छ मेरो घरमा। किनभने बत्ति प्राय: हराउँदैन। बरु रोईरहेको होला मलाई नदेखेर वा भोक लागेर (तेल सकिएर)।



तस्बिर: मेरी धिप्रि (बत्ति) तिमी ठ्याक्कै यस्तै थियौ।

“२० रुपैयाँ मानु छ तेल, तँलाई झन निभाएर सुत है भनेर भन्छु झन…सलेदो पनि कति लामो पारेको, भनेको मान्नु पो पर्छ त। धेरै तेल खान्छ के। अस्तिल्याको तेल नि सकिन आँट्यो, पाखालीलाई पैसा दिनै बाकी छ….”- यि वाक्य मलाई अझसम्म याद छ। अहिले शहरमा समेत तेल किन्न पाउन्नन् मेरो गाँऊमा कसरि बिताईरहेका होलान…, म कल्पना गर्न सक्दिन। एक त किन्न नै पाउँदैनन् होला, पाए पनि कसरी किन्छन् होला, निकै कौतुहलता जागेको छ यो मनलाई।

के भईरहेको होला घरमा….टसमा मसला नि सकिएको होला, कति पटक त घाममा नि सुकाए होलान्….। मलाई त टस (टर्च) भन्दा पनि त्यहि धिप्रिको नै धेरै याद आउँछ, मेरी टुकी कै याद आउँछ ….। मेरी आमा भन्दिहुन “कान्छा बत्ति निभाएर सुत्नु….”…तर अहँ किनभने कान्छो आमाको साथमा छैन, धेरै बर्ष अघि परदेशि भइसक्यो…..हो परदेशी। झन परदेसिएको छ, कैयन समुद्र पारि….घरको वास्तबिक टुकि बाल्ने वाचा लिएर।

कालिमाटि र क्याफू

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, November 25, 2007

“ए साईला? के हो मेरो माया लाग्दैन? चिसोले कठ्यांग्रिदा पनि सोध्धैन बा… म आफैले संझाउनु पर्छ सघाउ भनेर, कस्तो जमाना आयो यार”-मैले गोजिमा मस्तले हात हालेर हिडिरहेको साईलालाई भने। साईलाले मुस्काउदै भन्यो-“के भन्छ यो कान्छा, सोलुको ठिटो रे, हेर एउटा झोला घिसार्न नि यस्तो”। “के गर्नु त पोख्रेली साईला, मेरो पनि त उहि हात नै हो, कति चिसो भा छ” मैले उसको निधारमा मेरो हात राख्दै भने। आ छु छु….. उसले प्रतिक्रिया जनायो।

हो, हरेक सुक्रबार यहि दुईपांग्रे झोलालाई विडमा समाएर घिस्याउँदै हाम्रो यात्रा सुरु हुन्छ क्याफु तिर, जिस्किदै जिस्काउँदै। क्याफु हाम्रो कलेज नजिकैको सुपरमार्केट हो। हाम्रो बन्दोबस्तिको सामान किन्ने ठाँउ। एक हप्तालाई खाने कुराहरु किन्नु पर्छ। नत्र सार्है गारो पर्छ, यस्तो चिसोमा । प्राय: हरेक दिन खुल्ने यो सुपरमार्केटमा शुक्रबार, शनिबार बिशेष चहलपहल देखिन्छ।

मलाई कालीमाटिमा दिदी भिनाजुसंग गएर किनमेल गरेको को नि याद आयो। कालिमाटि त्यही ४-५ पटक गईयो होला। तर यो क्याफु, नगई नहुने सुपरमार्केट बनेको छ, Evry मा बस्नेहरुलाई। फलफुल, कपडा, खानेकुरा लगायत भाँडाकुडा सबकुराहरु एकै ठाउँमा किन्न सकिन्छ। कोहिसंग बोल्नु नपर्ने, गयो छान्यो, पैसा हेर्यो अनि चित्त बुझ्यो भने किन्यो, रमाईलो छ क्याफुको किनमेल।

कालिमाटि जाँदा खल्तिमा पैसा छ कि छैन हेर्नु पर्छ। छैन भने कालीमाटीमै पुगे पनि घर फर्केर पैसा लिएन भने रित्तो हात फर्किनु पर्छ, तर यहाँ…..सुक्को नली गए हुन्छ, कसरी? “लौ, फ्रान्समा सुको चले पो लानु त”, “पहिले नै तिरिसकेको होला” भन्ने उत्तर आउलान।

कार्डको प्रयोग गर्छन धेरैले। कोठा खोल्न, गेट खोल्न, फोटोकपि, रेस्टुरेन्ट, प्रिन्ट आदि-आदिमा। विकसित मुलुकहरुले पैसा हातले गनेर दिने चलन नै बितेछ। "पैसा आउछ हातले नगनि, पैसा जान्छ हातले नगनी-कस्तो जमाना”। गोजी पैसाले कहिले पनि ठुलो नहुने बरु कार्डले चै। यसो भनेर नोट नै बनाउन्नन् भनेको हैन, बरु कमै प्रयोग गर्छन भन्नेको।

हाम्रो कालीमाटिमा दुर्गन्धको चर्चा के गर्नु र, यहाँ नि दुर्गन्धको चर्चा हुन्न। त्यहाँको दुर्गन्ध जहिल्यै हुने भएर यहाँ क्याफुमा दुर्गन्ध कहिल्यै नहुने भएर।

कुरा क्याफुको, कालीमाटिको मात्र हैन। कुरा कसरीको पनि हो? किन कालिमाटि क्याफु बन्न सकेन? कुरा यहि हो। १ किलो टमाटर किनेर २ किलो हाल्न सकिन्छ क्याफुमा, तर त्यहि संभब छैन कालीमाटिमा। तै पनि कोहि पनि यस्तो बेईमानि गर्दैनन् क्याफुमा। आखिर किन? यो कसले गर्दा भएको हो त? यही प्रश्न आज तेर्सिएको छ मेरो सामु। खानै नपाईने ठाँउमा ठगठाग नौलो हैन, एक मनले भन्छ। “फेरी यो अवस्थालाई साधारण नेपालीले गर्दा हो त?”, त्यसैले म मान्न तैयार छैन।

हुन त यहाँकाहरुले त्यस्ता कालीमाटि कति भोगीसकेपछी क्याफु बनाएका होलान्? फेरि यहाँका मान्छेले मेसिनले सवैकाम गर्ने बानी परेका छन्। जे मा पनि मेसिनको प्रयोग। धेरै छन् कुरा त। तर जे होस् मेरो कालिमाटि चाँढै क्याफुजस्तो बनोस। मेरो नि यही कामना कि हामी नेपालीहरुले शान्तसंग बाँच्न र बस्न पाऔं त्यसपछि कालिमाटिलाई क्याफु बनाउने सुरुवात स्वस्फुर्त रुपमा हुनेछ। हामीले पनि केहि सिक्नै पर्छ अव त।

भाई-टिका २०६४ को प्रसंग

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, November 10, 2007

२ बर्ष भो तिहारमा टिका नलगाएको। गत बर्ष (२००६) AIT हुँदा टिका लगाउन मिलेन। अहिले मिल्छ तर कोही छैन। फ्रेन्चहरुलाई दिदी के बनाउनु, न धर्म मिल्ने न त भाषा। गाई खाने जात र गाई पुज्ने जात १८० डिग्रिले फरक छन् ।

हुन त बिदेशमा हुँदा स्वदेसको जस्तो सवैकुरा कहाँ पाइन्छ र। तै पनि यो मन त हो , पाईदिए कति रमाईलो हुन्थ्यो जस्तो लाग्ने। सायद धेरै जस्तो बिदेशमा बसेकाहरुको कथा यस्तै हुन सक्छ। तर कतिले त दिदीहरु (चिनजान मार्फत) बनाएर टिका लगाउने चलन पनि छ। मेरो लागी यो उपाय पनि कामलागेन।

विर्षन खोज्छु, यि चाढ, पर्व ..। तर कहाँ भुल्न सकिने रहेछ र। अनलाईन रेडियोको गित ले झन-झन मेरो मनलाई घरको संझना दिलाउछ। देउसी, भैलो "म वुच्चै......", म फेरी संझिन्छु।

भोलि भाई-टिका, दिदीहरुले भाईहरुलाई पुज्ने दिन। दिदीभाईहरुको मिलन कति रमाईलो हुन्थ्यो। समय, काल र परिस्थितिले नै त हो यो सब। फेरी सोच्छु, धेरै बर्षपछिको तिहार कति रमाईलो हुन्छ होला । साधारण गणित लगाउने हो भने यस्तो होला: हरेक बर्ष y को रमझम हुन्थ्यो र x बर्ष पछी लगाउंदा x.y बराबरको रमझम लिनु पर्छ पछी। तर सवै संसार गणितिय कहाँ छ र, यि कुराको मोल कहाँ हुन्छ र। त्यसैले यो बर्षको रौनक यो बर्षकै हुन्छ, अर्को बर्ष अर्कै। त्यसैले मेरो मेरो गणितिय विषय गलत हुनआउँछ। यसैगरि दिनभर मनमा बादविवाद चलिरह्यो ।

तेलको घेरो लगाईसके पछी, फूलले पूजा गर्दै सप्तरंगले भरिएको त्यो निधारको, अनि गलाको मखमली र सयपत्री फूलको मालाको कल्पना गर्छु। अहँ यो पालि संभव छैन। यो कल्पना कल्पना मै रहने छ यो बर्ष। भन्छन भगवानले जे गर्छन राम्रैका लागि गर्छन। त्यसैले मेरा लागि भगवानले जे गरेका छन् लागि गरेका होलान।

मखमली फूल र सेल रोटि यो मेरो साईट मार्फत दिंदै "दिदीहरुलाई शुभ-दिपावलीको शुभकामना" दिन चाहन्छु"।

तस्विर: दिदीहरुलाई यो मखमली फूल

तस्विर: दिदीहरुलाई यो सेल रोटि पनि

मन नै त हो बुझाउन सकिन्छ। दिदीहरुनै नहुनेले कसरी मनाउछन् नि? मेरो त केही बर्षलाई लगाउन पो नमिलेको त। दिदी-भाई विचको वास्तविक माया त मनमा पो भर पर्छ त। हो, हामीसंग मन छ। हामी दुख: सुख बाढ्दै आएका छौं। यो नै त हो नि हुनुपर्ने। मैले यसै गरि यो पालि पनि मन वुझाएँ।

Full Forms of B.E.

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, November 1, 2007

केही दिन अघि हामी ०५८ बिसिटि को याहु ग्रुपमा बि ई को फुलफर्मलाई लिएर बिचार विवेचना चल्यो। यो शिर्षकको सुरुवात गरेका थिए 058BCT514 रोल्नं भएका साथि अर्थात क्रिष्ण पौडेलजले यसरी:
================================================
Krishna Paudel Wrote:
=====================================================
I found the definition of B.E. as follows:
----------------------------------------------------------------------------
8 Semesters are there

80 GB syllabus

80 MB we study

80 KB we remember

80 Bytes we answer

BINARY marks we get,

The Degree Finally we get is B.E.

That is Brain Empty (B.E)

Do you agree?

cheers,

K.P.
----------------------------------------------------------------------
मलाई पनि दिउँ-दिउँ जस्तो लाग्यो, मैले पनि लेखें फुलफर्मसहरु यसरी:
================================================
Nobal Wrote:
================================================
सानो कोसेली, KP को Definition माथी
----------------------------------------------------------------------
कोहि भन्छन् B.E. Bachelor of Engineering हो,
कोहि भन्छन् B.E. Brain Empty हो,
कोहि भन्छन् B.E. Bhalu (भालु) पढ्ने Engineering हो (कपाल संझत),
कोहि भन्छन् B.E. Bichara.. Engineering हो,
कोहि भन्छन् B.E. Bachelor (अविवाहित) को Engineering हो(पढ्ने, पढाउने),

कोहि भन्छन् B.E. Bhakari vitraune Engine ho,
कोहि भन्छन् B.E. Bhutrako (भुत्राको) Engineering हो,
कोहि भन्छन् B.E. Bhihe ma mol badhaune Engine ho,

खै के भनु भनु.....
मलाई त लाग्छ,
B.E. Bahira जानलाई Entrance हो,
B.E. Bahira जानलाई Entrance भो
,

पसुपति नाथले हामी सवैको रक्षा गरुन्।
जय वि ई।


वाई,

नोवल
----------------------------------------------------------------------

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors