(२०६४ साउन ३१ )
16 Aug 2007 को दिन बिहानै 8.00 बजे F-38 (AIT, Thailand) को ढोका ढक्-ढक् बज्छ। सुत्ने उठ्ने समय नै परिबर्तन भएको छ, म AIT आएदेखि। त्यो दिन Special Study को Presentation थियो। त्यसैको तयारी गरेर सुत्दा विहानको ४ बजेको थियो। आँखा मिच्दै म ढोका खोल्छु। भरत सर, हरियो टि-सर्टमा, कोठामा प्रबेस गर्नु भयो। म त तुरुन्तै सुत्न खाटमा पल्टिए किनकि ४ घन्टा सुतेर निद्रानै पुग्दैन। भरतसरको अनुहार नै हेरिन मैले सुरुमा, निद्राले। भरत सरले मसिनो स्बर निकालेर कुरा गर्न थाले पछि मैले केहि भएको महसुस गरिहालें। उहाँको अनुहार हेरें। निन्याउरो,…। आँखा तानेर बुझ्न खोजें। सुनन …. उसको ममी…हिजो रे…. ..। मेरो सब निद्रा गायब। तुरुन्तै उठें। सबैकुरा भन्नु भयो। म तीन छक्क परें।……..हुन्छ, म सकेको सहयोग गर्छु,। दुवै निस्कियौ कोठाबाट।
दिनभर नरमाईलो भयो। उसले गुमायो ममीलाइ.. सधैंलाई। मैले Tribhuvan International Airport मा ऊसंगै खिचेको फोटो (तल छ यो) हेरें, हामी AIT आँउदा खिचेको। रातो टिका.....। उसको जिवनमा त्यो टिका नै उसको ममिले लगाएको अन्तिम टिका भयो, सायद। मेरो आँखा अघाडि मेरी आमाको झल्झल्ति चलचित्र आउन थाल्यो। म मेरी आमालाई भन्न थालें: आमा….जन्मदाता….राम्रोसँग बस्नु है। म फर्किन धेरै छैन अब। हाम्रो भेट चाँढै हुन्छ……….।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल , काठमाडौ, नेपाल
(11, August 2006 , 7:15 a.m ;KTM,Nepal)
मेरो Presentation सकेर भेट्न गएँ। सबैजना जम्मा भएर कुरा गर्दै रैछन्। कुरा ममीको हैन , अर्कै अर्कै, सायद उस्लाई याद नआओस भनेर होला। मैले पनि कुरा निकालीन बरु अरु कुरामा नै कुरा थपेर समय बितायौं। भोलिपल्टको Thai Airlines को टिकट काटेको रहेछ। सुनज, उर्मिला दिदी, अनुभुति, प्रतिक दाइ, विस्नु, भरत सर, विरेन्द्र दाइ, प्रसन्ना, सपना दिदीहरु सबैजना त्यो दिन धेरै बेर कुरा गरेर साथ दियौं, शैलेशलाई। उर्मिला दिदीसंग जहिले पनि ठट्टाको कुरा हुने भए पनि त्यो दिन त्यस्तो भएन। सवैको अनुहारमा चमक पटक्कै थिएन। सबै सिरियस थियौं। यो मानिस बिचको संबन्ध पनि कस्तो हुने। कहाँ-कहाँको मानिसहरु हामी, कतिपटक रत्नपार्कमा जम्काभेट भएको थियो होला, काठमाडौमा हुँदा। कस्लाईको के को मतलब त्यो बेला। तर यहाँ संबन्ध कति गाढा। सुख: दु:खमा साथदिंदा , निक्कै भरोसा मिन्ने रहेछ। संबन्धको जालो बुझेर बुझी नसक्नु छ।
म वेलुका कोठामा फर्कें। संगिता दिदीसँग च्याट गरें, यो तलको कविता पनि पढ्न लगाएँ, त्यो कुराको थाहा नदिई, किनकि हामीले थाहा नदिउँ अरुलाई केहिदिन भनेर सल्लाह गरेका थियौं आपसमा। दिदीले पढ्दै जानु भयो। तिम्रो कविता हे हे रे। यो मातरी भनेको के हो रे पो अझ। म त त्यतिपनि थाहा छैन, भन्न लागेको थिएँ। फेरि सोचें यो अलिक कमै चल्ने नेपाली शब्द हो। दिदिले पुरै कविता पढेर नि थाहा पाउनु भएको थिएन। मैले अन्तमा कबिताको शीर्षक दिएँ। दिदिको आवाज नै लरबरायो। ला हो र?......
यो पोष्ट गर्दाको समयमा उ बरखी बारिरहेको छ, काठमाडौमा। के गर्नु भाविले लेखेको लेखा अनुसार चल्नु पर्ने। भविस्यबाणी पुग्ने भए कति योजना गर्न मिल्थ्यो होला। जे भयो, भयो। काललाई टारेर टर्दैन नै। आऊछ, टिप्छ, लैजान्छ। को? कहाँ? कुनदिन? कसरि?...कुनै कुराको ठेगान छैन। त्यसैले जतिदिन बाच्नु छ, राम्रैसँग बाचौं। हामी मर्ने निस्चित छ। यसकारण समयलाई यस्तरि सदुपयोग गरौं कि मरे पनि आफ्नो योगदान, नाम अमर रहोस् ।
साथी तिमीमा धैर्य-धारणको शक्ति मिलोस्। परलोक हुनु भएको तिम्रो आमालाई हार्दीक श्रद्धान्जली। यसैको संझनामा मेरो कविता तिमिलाई……
------------------------------------------------- ------------------------------------------
भन्न म सक्दिन सिधा, नभन्दानि खटपटी
थाहाछैन सहन्थें कसरि, भन्छु यस्तै हो भनि।
दु:खलागेर आउछ, उठ्छ रिस पनि अति
मन बुझाउने एउटै बाटो, जिन्दगिको चक्रनि॥
पुरा याद आयो मलाई, मेरो बाल्यकालको पनि
खेलेको, घुमेको, चकचकहरु, सबै यहाँ झल्झली।
तिम्रोनि थ्यो होला यस्तै, होलान् अझै पलहरु
थाल बिर्सन मित्र, यस्तै रहेछ भनि॥
कति संझना होलान्, होला कति छट्पटि
भक्कानो छुटेको देख्दा, रुन्छ यो मन अति।
नमान दु:ख है साथि, गुमेकोमा मातरी
सक्दैनौं दिनलाई अरु, मात्र हार्दिक श्रद्धान्जली॥
सक्दैनौं दिनलाई अरु,मात्र हार्दिक श्रद्धान्जली॥
----------------------------------------------------------------------------------------------
Note: If you want to comment but getting problem with Thai language, please do following actions before commenting :
1. Click here or go to https://www.blogger.com/language.g
2. Select English
3. Save Setting by clicking Save Button
Then go to the post and try to comment again. If you are getting problem again, please inform me...
----------------------------------------------------------------------------------------------
Hey I just visit your blog and I must say that you have very nice and impressive blog. Keep it up. And you are all very welcome on my blog to some time visit me www.weyouth.wordpress.com
I was quite shocked with the news. We can not even dream about the incident. But it was the reality. I came to know about it when I met Birendra dai during dinner. I felt sad.I was not able help him in any way. Please accept my heartfelt respects to the departed soul,I prey for the departed one. I pray that god give them enough courage to withstand the loss at this moment of grief.
Ramesh
sailesh is my intimate friend from beginnig of my BE. And i had frequent visit to his house and chat with aunt. I am really socked by that news. I pray with god give the bereaved family strength to withstand such sad happening.