नेपालको हरेक सरकारी क्याम्पसमा विद्यार्थीहरुको सङ्गठन छ अहिले। निजी क्याम्पसमा पनि विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने संगठन छ। तर सरकारी क्याम्पसको संगठनको प्रभाव हामीमा धेरै छ। गरीव नेपालीले अध्ययन गर्ने त्यस्ता सरकारी क्याम्पसमा पठन पाठनमा अवरोध त छदैछ त्यसका अलवा क्याम्पस बाहिर पनि बिद्यार्थीका बन्द हडताल जस्ता क्रियाकलापले हैरानी दिलाएको महसुस गरिरहेका छन् नेपाली जनता। यो लेखमा मैले कल्पना गरेको विद्यार्थी संगठनको संरचना साथै यसमा सुचना प्रविधिको प्रयोगको चर्चा गरिएको छ।
हामी प्रजातन्त्रमा विश्वास राख्ने मान्छेले विद्यार्थी संगठनको आवस्यक छैन भनेर भन्न मिल्दैन। कैयन कुराहरुमा विद्यार्थीको प्रतिनिधित्वको आवस्यकता पर्छ। कैयन ठाउँमा त विद्यार्थी संगठनहरुको कारणले धेरै कामहरु भएका छन् जस्तै क्याम्पस प्रसासनको कमजोरी सुधार्ने, विद्यार्थी हित विपरितका क्रियाकलाप रोक्ने , विद्यार्थीको अतिरिक्त क्रियाकलाप जस्तै खेलकुद आदिको विकास गर्नै आदि-आदि। हामीले अहिले नेपाली राजनितिमा नेताको अनुहार देख्छौ जुन विगतमा विद्यार्थी संगठनमा प्रत्यक्ष रुपले लागिपरेका थिए। यस अर्थमा हेर्ने हो भने नेपाल हाक्ने मान्छे जन्माउछ विद्यार्थी संगठनले।
तर क्याम्पसमा विद्यार्थी संगठनहरु विचको विवादले शैक्षिक वातावरणमा परेको असरलाई हेर्नेहो भने यसको घोर निन्दा गर्नु सिवाय केही हुन्न। विद्यार्थी संगठनमा लागेको विद्यार्थीहरुको आफ्नै स्बार्थ देखिन्छ। जागिर देखि भविस्यको नेता सम्म। सबै त भन्न सकिन्न तर अधिकांस राजनितिमा लागेका विद्यार्थीहरु प्रतिस्पर्धा देखि डराएको पाईन्छ। हातमोल्ने परम्परा चलाउछन्।क्याम्पस प्रसासनसंग एक कुरा गर्ने, विद्यार्थीहरुविच अर्कैकुरा सुनाउने परम्परा जस्तै भइसकेको छ। राजनितिमा लाग्ने एउटा कारण पैसाको लागिपनि देखिन्छ । बिलासी जिवन विताउन रहरले पनि राजनिति गरेको पाइन्छ । पैसाको कुरा आएपछि दल बिर्सने अनि बाँडफाँडमा कुरा नमिले विग्यप्ति निकाल्ने प्रथा पनि नौलो लाग्दैन।
यो दलगत संगठनको असर हो। नितिनियम आफैमा नराम्रो हुन्न। प्रयोगकर्ता नै नराम्रा भए भन्ने एक थरिको मत छ। हो पनि। नेताहरु भन्ने वित्तिकै "नराम्रो" भन्ने शब्द आफसेआफ आउन थालेको छ। ए त्यो नेता? आदि आदि। राम्रो कुरा रैछ भने पनि त्यो पार्टीको रैछ विरोध गर्नुपर्छ भन्ने भावना पलाउछ आजकालका नेताको दिमाखमा। मेहनति विद्यार्थीको राजनितिमा प्रवेस हुन्न यसले गर्दा। हुर हुर मा दिन विताउछन् नेता भनाउँदाहरु आजकल। भोगेकै कुरा हो यो। विद्यार्थी संगठन विचको झगडाले झन्डा च्याताच्यात , तोडफोड, आगजनी, चक्काजाम जस्ता क्रियाकलापले हैरानी बनाएको छ। लाखौको धनमाल नस्ट भैरहेको छ। गुन्डा प्रवित्तिले प्रश्रय पाइराखेको छ।
हामीलाई संगठनको आवस्यकता पर्छ जुन माथी पनि कुरा गरियो। हामीलाई स्वच्छ राजनिति चाहियो। विद्यार्थीको हक हितको रक्षा गर्ने संगठन चाहियो। मुलत: क्याम्पस अध्यायनको लागि एउटा थलो हो तोडफोडको तारो हैन। यसको लागि मात्र "एउटा दल रहित संगठन" को आवस्यकता परेको महसुस गरिएको छ। लाग्न सक्छ दल भएन भने प्रतिपक्ष हुन्न र झन् विग्रन्छ वातावरण।यसलाई २ तरिकाबाट सुल्झाउन सकिन्छ। वर्तमान सुचना प्रविधिको प्रयोग र सवै विधार्थीको सहभागिता। पहिलो केही सजिलो होला। दोश्रो अलिक गाह्रो भएपनि पहिलोको कारणले दोर्सो फस्टाउने मौका पाउछ। क्याम्पस प्रसासनले गर्ने हरेक कि्याकलाप पारदर्शी गर्न क्याम्पसको वेवसाईको प्रयोग गर्नुपर्छ। हरेक विधार्थीको ईमेल एकाउन्ट हुनुपर्छ। कुनैकुरामा विधार्थीको धारणा लिनु पर्यो भने त्यो संगठनको प्रयोग वा ई-भोटिङ्बाट लिन सकिन्छ। क्याम्पसमा के हुदैछ?, के निर्णय भयो? भन्ने थाहा पाउन विधार्थीलगायत सबैले त्यो वेवसाईटको प्रयोग गर्नुपर्छ। हैन विद्यार्थीलाई हित हुने काम भएको रैन छ भने कमेन्ट लिने गर्न सकिन्छ । यसको प्रयोगले अरु धेरै फाईदाहरु पनि हुन्छ। जस्तै विद्यार्थी विच छलफल, ई-लर्निङ् आदि आदि।
यसका चुनौती पनि छन्। कसरि त्यत्रो सुचना प्रबिधिको प्रयोग गर्ने? इन्फ्रास्ट्क्चर कसरि बनाउने आदि। ईमेलमा मख्खपर्ने हाम्रा साबहरुलाई कसरी बुझाउने यो कुरा। हामी विद्यार्थीले पहल गर्नु जरुरि छ। कुन गुरु पढाउन आउनु भयो? गुरुको योग्यता के छ? कोई आफ्नो भनसुनको मान्छेको प्रयोग गरेर आउनु भयेको हो? आदि कुराहरु जान्नु पढ्ने विद्यार्थीको नैसर्गिक अधिकार हो जस्तो लाग्छ मलाई। यत्रो तोडफोडको रकमलाइ यतातिर उपयोग गर्न सके हाम्रो भलो हुन्छ। मानौ एउटा तोडफोड भयो र हामीले त्यो तोडफोडको पु्र्तिगर्यौ। यो क्षतिपुर्ति मार्फत आउने रकम यस प्रयोजनको लागि प्रयोग गरौ। हो, नेपालमा एकैचोटि लागु गर्न सकिन्न तर हामी सुरुवात त गर्न सक्छौ नि यो कामको।
nice to read ur message. Keep it up.Your suggestion is not so bad yaar but.... when we will be there in ur opinion?? anybody know that??Politics is not bad itself.
कुरा ठिकै हो । विश्वविद्यालयमा हुनेगरेको राजनिति अत्यन्त घृणास्पद किसिमको देखिन्छ । विद्यार्थी राजनिति मात्र होइन विश्वविद्यालयका प्राध्यापक, कर्मचारी सबैको राजनिति घृणास्पद किसिमको देखिन्छ । राजनिति गर्नु खराव कुरा होइन तर राजनितिलाई असल कुरा पाउनको निम्ति सदुपयोग गर्नु को सट्टा दुरुपयोग भएकोले हामीकहाँ यो अत्यन्त घिनलाग्दो बनेको छ ।
निरौला जी तपाईँले सोच्नु भएको अवधारणा एकदम राम्रो छ तर के गर्नु ताली एकहातले मात्र बज्दैन । जव विश्व विद्यालय र क्याम्पसमा प्रसाशन र स्ववीयूको सत्ता चलाउने मान्छे नै नैतिक रुपमा उन्नत नभएपछि हाम्रो असल कल्पनाले फुल्ने मौका नै पाउँदैन किनकि त्यो फुल्यो भने त त्यो सत्ता भत्कन्छ नि त ।
अनि कथंकदाचित तपाईँको सोच प्रयोग हुन खोज्यो भने पनि हिजो ज्ञानेन्द्रको सत्ताले टेलिफोन, एफ०एम, इन्टरनेट बन्द गराएको जस्तै बन्द नगर्ला र विश्व विद्यालयको सत्ताले ? तर यसको मतलव तपाईँको सोच गलत छ भन्ने होइन । तपाईँको सोँच विश्वविद्यालय लगायत सम्पूर्ण समाजको सत्ताको बागडोर हातमा लिएर बसेका नैतिकहरामहरुको हातबाट सत्ता खोसेपछि एकदम कामलाग्ने किसिमको देखिन्छ । अझ लेख्दै गर्नु ।
Timi mula mero article chorne.kati dukha garera kati din lagayera lekheko article