सरकारी कार्यालयहरुमा चाहिने भन्दा वढी मान्छे राख्ने गरेको आरोप लाग्ने गरेको पाइन्छ। राजनीतिक नियुक्ति र अस्थिर सरकार यसो हुनुका प्रमुख कारणहरुमा पर्दछन। सरकारी तथा अर्धसरकारी संस्थामा काम गर्ने साथीहरुले पनि खुलस्तरुपमा यो कुरा स्विकारे।काम धेरै गर्नु नपर्ने तर सुरक्षित हुने हुनाले सरकारी जागिर पाउँन मेहेनत भने निकै गर्नुपर्दछ।
अफिस समय त टेन-टु-फाईभ (१०-५) हो सरकारी अफिसको। तर टेन भन्नाले टेनमा घरवाट हिड्ने हो र फाईभ भन्नाले फाईभमा घर पुग्ने हो भनेर साथीहरुले कुरा गर्दा हामीहरु हाँसिरहेका थियौ। अर्को तर्फ 'सरकारी काम कहिले जाला घाम' भन्ने उखान अहिले पनि सहि रहिरहेको देख्दा कताकता नरमाईलो लागिरहेको थियो ...। स्रोत, मानव र साधनको उपयोग गर्न सके विकास हुन सक्छ भन्ने कुरा मान्छेहरुले वुझेपनि किन वुझपचाएर वस्छन्, सोध्न मन लागेको छ। भगवान पशुपतिनाथले सवैलाई यो कुरा मनन गर्न सिकाउन :))
तेस्रोपालीको प्रधानमन्त्री छान्ने संविधानसभाको प्रयास आजपनि असफल भएको छ। वहुमत नपुगुन्जेल चुनाव गर्नुपर्ने नियम र नेकपा एमाले र तराईका दलहरुको तटस्थ वस्ने निर्णयले गर्दा नेपाली कांग्रेसका उमेद्वार रामचन्द्र पौडेल र एमाओवादिका पुस्पकमल दाहालले वहुमत पुर्याउन सकेनन्। विचरा हामी नेपालीको भाग्ये, कस्ता नराम्रा नेता छानेछौं: एउटा प्रधानमन्त्रीको टुङ्गो त लगाउन सक्दैनन् कसरी संविधान वनाउछन् र ? :( । दिउँसो काठमाडौमा "वानेस्वर जाउँ वानेस्वर जाउँ, संविधानसभा घेरौं" भनेर माईकिंङ्ग गरेको सुनिन्थ्यो। मलाई पनि गएर खवरदारी गरौं जस्तो लाग्छ एकमनले त...।
खुसीको कुरा दुईबर्ष पछी भेट भएको छ मेरो एक साथीसँग। AIT मा सँगै पढेका हामीहरुले ति मिठा सम्झनाहरु साटासाट गर्यौं। एउटा कुरा परिवर्तन भएको महसुस गरें। त्यो के भने उसको खान्की निकै घटेछ :) । निकै रमाइलो लाग्दै छ उसँगको भेटघाट। मलाई कुकुर देखि डर लाग्छ तर उसको घरको कुकुर देखि भने कतिपनि डर लागेन। कस्तो ज्ञानी रहेछ शैलेशको वुवाको वडि गार्ड :)))
Nepal Telecom को भद्रकाली office बाट यो ब्लग लेख्दै छु। साथीहरु यहाँ काम गर्ने भएकोले भेटघाट गर्ने कार्यक्रम अन्तरगत म यहाँ आएको हुँ। धेरै त के भनौं र नेपालले प्रगति गरेको कुरा भनेकै संचारमा मात्रै हो जस्तो महसुस भएको छ किनकि सवजनाको हातमा Mobile Phone देख्न पाइने रहेछ आजभोलि । कसैको फोन आएको छ तर कुरा गर्न मन लागेन भने 'मैंले वोलेको केहि वुझिन, पछि कुरा गरौं है' भनेर उम्किन पनि पाइने रहेछ :)। यसको मतलब फोनको गुणस्तर भने अझ पनि सुध्रिसकेको छैन। मेरा साथीहरुलाई यहि भनेर जिस्काउने तरखरमा छु :))
म अहिले वानेस्वर स्थित संसद एवं संविधानसभाको भवनसँगैको एक अफिसमा वसेर व्लग लेख्दै छु। माधव नेपालले राजीनामा दिएपछि प्रधानमन्त्री को वन्ने भन्ने टुङ्गो अझसम्मपनि लागेको छैन। २ दिन अघि भएको प्रधानमन्त्रीको चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एनेकपा माओवादीका पुष्पकमल दाहाल प्रचन्ड दुवैले वहुमत पुर्याउन सकेनन् किनकी नेकपा एमाले र तराईका दलहरुले चुनावमा भाग नै लिएनन्। आज फेरी दोस्रो पाली प्रधानमन्त्री चुन्न निर्वाचन हुँदैछ यहाँ वानेस्वर स्थित संसद भवनमा। अहिले दिउँसोको ठिक १२:४४ बजेको छ। भोटिङ्गको समय दिउसोको १ बजे रहेको छ। समाचार स्रोतहरुले जनाएअनुसार आजपनि प्रधानमन्त्रीको निर्णय हुन सक्ने स्थिती छैन।
२ बर्ष अगाडि म नेपाल आउँदा गणतन्त्र घोषणा भएको थियो। राजतन्त्रवाट गणतन्त्रमा गएको दिन मेरो आँखा अगाडि झल्झल्ति छ। यो परिवर्तन राम्रो नराम्रो जे भएपनि ठूलो परिवर्तन थियो। यो पालि नेपाल आएको वेला पनि संयोग कस्तो परेको, फेरी राजनितिक परिवर्तन हुँदैछ। यसरी हेर्दा मेरा आगमनले राजनितिक परिवर्तन ल्याउँछन् :P। मेरो हरेक आगमनमा राजनितिक उथलपुथल हुने हो भने म छिटोछिटो आउँदा देशमा राजनितिक परिवर्तन भएको भयै हुन्छ र देशको स्थिति थप नराम्रो हुन्छ। त्यसैले मेरो आगमन र राजनितिक परिवर्तन संयोग मात्र भैदिवोस जस्तो लाग्छ। यसैमा देशको कल्याण छ :))
वानेस्वर स्थित संसद भवन नजिकैवाट विदा ...
आज २१ जुलाई २०१० को दिन पुल्चोक क्याम्पस आएको छु। धेरै पछि आएको हुनाले होला अनौठो लाग्दैछ। गेट नजिकैका रुखहरु काटिईएको रहेछ। त्यसैले खुल्ला देखिन्छ क्याम्पस। दाइहरु नआउन्जेल क्याम्पसको स्ववियु फोटोकप अगाडि वसेर हेरिरहँदा आफूले चिनेका मान्छेहरु एकदम कम देखें। कस्तो अनौठो लाग्यो।
अहिले म CIT को माथिको सर्भररुमवाट व्लग लेख्दै छु। Pulchowk Campus पढ्दा Internet चलाउनको लागि account वनाउने ठाउँ हो CIT (Center for Internet Technology) । पुल्चोक क्याम्पसको गेट वाट नै देखिन्छ यो भवन। साधारणतया Campus भरीको Internet र Computer नेटवर्क हेर्ने गर्दछ यो विभागले। उति वेला यो कोठामा पस्न पनि डर लाग्थ्यो। तर आज आउँदा कति पनि डर लागेको छैन :P। सायद दाइहरु हुनुभएकोले होला। अहिले कोठामा युवराज सिवाकोटी दाइ र वावुराम दवाडि दाइ कम्युटर सेक्युरिटिको के के मिलाउँदै हुनुहुन्छ। दिपेस दाइ क्लास लिँदै। म भने व्लग लेख्दै छु :) । कति मज्जा :)))
हुन त सवै क्याम्पस र युनिभर्सिटिहरुका आफ्नै महत्व हुन्छन् तर पुल्चोक क्याम्पस जति माया मलाई अरु कलेजको लाग्दैन। यो ठाउँमा नै मैले धेरै कुरा पाएँ, धेरै ठाउँवाट आएका साथीभाई भेट्टाएँ। ४ वर्सको होस्टल वसाई निकै रमाईलो थियो। होस्टल भने जान पाएको छैन । हेरौ मिल्यो भने आज जाने हो। अहिले भर्खर विजुली गयो तर CIT मा भएकोहुनाले कुनै टेन्सन छैन :) । CIT वाट विदा...।
२ वर्ष अघि प्रज्ञा दिदीका लेख रचनाहरु पढ्दा लाग्थ्यो दिदी पनि एक कुसल लेखिका वरावर हुनुहुन्छ। आज दिदीसँगको वार्तालापमा आफ्ना रचनाहरु मधुपर्कमा प्रकाशित भएको सुनाउनुहुँदा निकै खुसी लागेर आयो। दिदीको "आमा" भन्ने कथा यहाँ उपलव्ध छ।द्वन्द्वकालको परिवेसमा लेखिएको यो कथा मलाई रमाईलो लाग्छ। दिदीको मधुपर्कमा प्रकाशित पहिलो कथा "भालु र भलाद्मी" भन्ने कथा भने पढ्न पाएको छैन । दिदीलाई अझ प्रगतिको लागि शुभ-कामना ।
काठमाडौ झर्नु अगाडि काठमाडौको जुन किसिमको चित्र मेरो मनमा थियो उस्तै छ काठमाडौ। जताततै भिडम्भिड, धुवाँ, धुलो, महँगी पानीको अभाव, फोन र ईन्टरनेटको असुविधा, गईराख्ने विजुली ...। तर सोचाई र भोगाईको भिन्नता महसुस गर्दैछु। सोच्नु एक कुरा हो भोग्नु अर्कै कुरा हो। यहाँको भोगाई देख्दा दु:ख लागेर आउँछ। हाम्रो राजधानी यस्तो छ भने अरु ठाउँको कुरा गर्नु जरुरी नहोला। त्यसैले विदेशिनु नेपालीहरुको ईच्छा नभएर वाध्यता हो भन्ने कुरा ठम्याउन थालेको छु।
आगमन पस्चातको मेरो व्यस्तता वढेको छ।धेरै थरिका कामहरुको चापले मेरो मन स्थिर छैन। अस्तव्यस्त काठमाडौमा आफ्नो योजना वमोजिमका कामहरु गर्न मुस्किल हुँदैछ। समयको महत्व र यसको उपयोग गर्न अस्तव्यस्त काठमाडौले दिंदैन रहेछ। आखिर सुखको अनुभव गर्न दु:ख देखे भोगेको हुनु पर्दछ। त्यसैले म खुसी नै छु किनकी अलिकति सुख पाउँदा पनि यो दु:ख सम्झेर म निकै खुसी हुनेछु। यो लेख्नलाई पनि विजुली कति वेला जान्छ भनेर हेर्नु परिरहेको छ। जे होस अस्तव्यस्थ काठमाडौमा मेरा परिवार, साथीभाइ र आफन्तहरुसँगको भेटले केही भएपनि मलम लगाईदिएको छ।
Paris बाट घर जाने सिलसिलामा मा Bahrain Airport मा बसेर Free Internet चलाउदै छु. हिन्दीमा announcement भएको सुन्दा कतै म इंडिया मा छु जस्तो लाग्दै छ. मेरो सिट पछाडी नेपालीहरु बोलेको आवाज आइरहेको छ र अब घर नजिकै आइराखेको अनुभब भैरहेको छ. Laptop को battery Charge गर्न socket मिलेन त्यसैले विदा ...
