About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Washington DC भ्रमण

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, July 31, 2012

म भ्रमण गर्दा सकेसम्म भ्रमण गरेको ठाउँवाट नै व्लग लेख्न रुचाउँछु। यतिवेलाको व्यस्त जिवनमा व्लगमा लेख्ने फुर्सद नभए पनि यस्तो वेला भने म छोटो नै भएपनि व्लग लेख्ने गर्दछु। यसै सिलसिलामा यो लेख लेख्दै छु।

म चढेको वस Washington DC वाट New York को लागी दैडिरहेको छ। वसमा करीव २५ जना होलान। ४० जना जतिको क्षमता होला यो वसको।  वसमा धेरै सुविधाहरु छन् जस्तो कि यो वसमा नै कम्युटर चार्ज गर्ने मात्र हैन ईन्टरनेट पनि उपलव्ध छ। म मेरो देशमा घुम्दा वसमा विताएको समय र यहाँ अहिले महसुस गरिरहेको समय मा तुलना गर्दछु। निकै ठूलो फरक छ। कोचिकोची सिट नपाउने अवस्था। मुडालाई सिट वनाएर  हिड्नु पर्ने मेरो देशको दैनिक वसको यात्रालाई यहाँको वसको यात्राले निकै नै पछार्छ। म मेरो देशमा यस्तो जमाना कहिले आउला भनेर कलपन्छु तर भविस्यको कुनै वर्षमा पनि यस्तो होला भनेर कल्पना गर्न नसक्ने गरि थाक्छु।

Washington DC अमेरिकाको राजधानी हो । सानो देखी नाम सुन्दै आएको यो शहरमा जाने मौका यो पाली मात्र मिल्यो। भिडभाड युक्त New York भन्दा प्रिथक सहर रहेछ DC। हुन त अमेरीकाको शहरहरु घरै घर जस्तो लाग्छ तर यहाँ न्युयोर्क जस्ता अग्ला घरहरु रहेनछन्। विस्वलाई थर्काउने अमेरिका भन्ने देशको राष्टप्रती वस्ने घरलाई वाराक ओवामा राष्ट्रपति हुँदाकोताका टिभिमा हेरेको थिएँ। आफ्नै आँखाले यसलाई हेर्न पाउँदा अर्कै रमाईलो हुने रहेछ। उसमाथी आफ्ना आफन्तहरु पनि हुँदा झनै रमाईलो।

यात्रा निकै रमणीय र स्मरणीय रह्यो। New York वाट Washington DC जाँदाको अनुभव मेरो अहिले सम्मको भ्रमणमा निकै अविस्मरणीय रहने पक्कै छ। अनेकौ चुनौतीहरु आईपरे पनि जसोतसो पार लगाईयो। आफन्तजनको सहयोग अनि  भेटघाटले यी सवै  चुनौतीवाट पाएका दु:ख सवै मेटिए। तै पनि यात्रा भने कहिल्यै विर्सिनसक्नुको रह्यो।


- समाप्त -

1 Responses to Washington DC भ्रमण

  1. Anonymous Says:
  2. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

     

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors