About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

यो फोटो हो भिडियो हैन

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, May 30, 2011


स्रोत र थप तस्विरहरुphotographyru.inf

तस्विरमा पनि भिडियोको जस्तै वस्तुहरुको गति राख्न सकिन्छ। कम्प्युटरमा राखिने तस्विरहरुवारे केही ज्ञान छ भने GIF तस्विरमा तस्विरका वस्तुहरुलाई यस्तो किसिमको चलायमान गति दिन सकिन्छ। Jamie Beck ले  यहाँ  राखेका राखेका उत्क्रिष्ट तस्विरहरु मध्येका दुई तस्विर हुन। पुरानो जमानामा यी प्रविधिहरु भैदिएको भए हाम्रा पुर्खाहरुको चलायमान तस्विर हेर्न सकिन्थ्यो। हाम्रा सन्तानहरुले भने हाम्रा तस्विर र भिडियो मार्फत यी अवसर पाउनेछन् ।


- समाप्त -

Boston मा म

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 22, 2011

यात्रा गर्न मलाई औधिमन पर्छ। मन भएर मात्र यात्रा गर्न सकिन्न । समयलेपनि साथ दिनुपर्दछ। मेरो मनलाई समयले अहिलेसम्म माया गरिहेको छ। फलस्वरुप म यो पाली Boston को यात्रामा निस्केको छु।

ठाउँहरु घुम्दा मलाई त्यहिंवाट छोटो व्लग लेख्न मनलाग्छ। उदारणस्वरुप मैलें Berlin (Germany), London (UK), Prague (Czech Republic ), Bahrain (Bahrain), New Orleans (USA) आदि ठाउँहरुवाट व्लग लेखिसकेको छु। यो Boston भ्रमणमापनि त्यही सिलसिला कायम राख्दैछु।

I. Sc. सकेर पुल्चोक क्याम्पसमा प्रवेसपरीक्षा दिएपछि मेरी दिदी र म वागवजारमा कम्प्युटर वेसिक सिक्न गएको याद आईरहेको छ किनकी त्यो सिकाउने ईन्टिट्युटको नाम Boston नै थियो। त्यहाँ ३ महिना सिकेपछि दिएको सर्टिफिकेट आजसम्म पनि सुरक्षित छ। त्यही वेला नै यो Boston सव्दसँग परिचित थिएँ म। तर धेरै पछिसम्मपनि मलाई यो अमेरिकाको एक शहरको नाम हो भन्ने कुरा थाहा थिएन। आज Boston को समुद्रमा जहाजमा चढ्ने मेला एउटा जहाको नाम देखें। यसको नाम Rita थियो । यो मेरी दिदीको नाम हो।  यसले हामी दिदीभाइ  Boston ईन्टिटुटमा पढ्न गएको कुरा सम्झायो। मैंले फोटो पनि खिचेको छु त्यो जहाजको जुन तल छ :).

यहाँ आउनु अगाडि मैंले Boston को ईतिहास पढें।  यो ठाउँ त्यस्तो ठाउँ रहेछ जहाँवाट American Revolution को सुरुवात भएको रहेछ। यो आन्दोलनले नै व्रिटिसहरुलाई अमेरिकावाट लखेटेको थियो। Boston Tea Party, Boston Massacre आदि चर्चित घटनाहरु वोकेको यो सहरमा MIT  र Harvard जस्ता विस्वविख्यात युनिभर्सिटीहरुपनि छन्। संसारभरवाट छानिएका दिमाखवालाहरुले पढ्ने यी विस्वविध्यालयहरुमा म भौतारीरहँदा निकै कुराहरु संझन पुगें। हालका अमेरिकाका राष्ट्रपति वाराक ओवामाको जीवनकथा पढेको छु मैंले। उनको पारिवारिक स्थिति नाजुक भएपनि उनको दिमाखका कारण  उनले Harvard School of Law मा पढ्न पाएका थिए। यी सवै कारणले मेरो यो सहरप्रति विशेष झुकाव रहेको छ।

अर्को मुख्य कुरा त मेरा पुल्चोक पढ्दाका केहि साथीहरु भाइहरु यहाँ छन्। यो सहर अमेरिकाको एक आईटिको एक सहर पनि मानिन्छ। त्यही भएर पनि अरु ठाउँमा भन्दा मेरा कक्षाका धेरै साथीहरु यो सहरमा काम गर्दछन्। म तिनीहरुसँग वर्षौंपछि भेट्दै छु। मलाई यी सवै कुराहरुले यो भ्रमण निकै रमणीय लाग्दैछ। ठाउँ नै भने कता-कता लन्डनको झझल्को दिने खालको रहेछ, नाम अनि उस्तै सजावटहरुले । आखिर वोस्टन New  England न पर्यो। वाँकि वयान समय भएमा पछि लेख्ने छु । वोस्टन वाट यति नै।

- समाप्त -

सोलुखुम्बु कत्ति रमाईलो

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 15, 2011

धन्यवाद ईन्टरनेट। तिमीले गर्दा म  मख्ख छु । हेरन तिमी नभैदिएको भए म मेरो जन्मेको, हुर्केको र पढेको मेरो प्यारो ठाउँको खवर यति टाढाहुँदा कसरी पढ्न सक्थें होला ? मख्ख छु म। धन्यवाद तिमीलाई।

मेरो सोलुखुम्वुमा एफएमको असर भन्ने मार्मीक भिडियो त मैंले पहिले नै  यहाँ  राखेको थिएँ। आज भने सोलुखुम्वु कत्ति रमाईलो भन्ने गीत राख्दै छु। भर्खरै हेर्न पाएँ यो भिडियो (सोलु अनलाईनवाट) । साच्चै सगरमाथालाई ठडाएर राखेकी सोलु तिम्री निक्कै राम्री छौ।


- समाप्त -

प्रयोगसाला किन ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, May 3, 2011

मान्छेका कल्पना शक्तिका कारणले  नै यो संसार यति राम्रो भएको हो। चरा जस्तो उड्न पाउने कल्पना गर्दा गर्दै हवाईजहाजहरु वनेका हुन्। मार्क जुकरवर्गले कल्पना गरेको कुरा हो नै फेसवुक पनि।

कल्पना गर्ने कुरा वर्तमान परिस्थितिमा पनि भर पर्दछ। कहिलेकाहिँ मलाई पनि कल्पनामा गर्न मन लाग्छ। म वर्तमानलाई नियाल्छु। मेरो २४ घन्टा ईन्टरनेटसँग साईनो छ। वाटो हिड्दा पनि म ईन्टरनेट चलाउन सक्छु। संसारका मान्छेले वात मार्ने ठाउँ हो ईन्टरनेट। त्यहाँ विभिन्न भाषामा राम्रा नराम्रा दुवै वात मारिन्छन्। असल मान्छेले राम्रावातहरु पच्छ्याउन् भने नराम्राहरुले नराम्रै। म कल्पन्छु यदि राम्राकुराहरुलाई एक भाषावाट अर्को भाषामा राख्न सकिने हो भने विभिन्न भाषी नाच्ने आँगन कति रमाईलो हुने थियो। भाषा फरक भएपनि मान्छे आखिर मान्छे त हो, जो खुसिमा रमाउँछ र दु:खमा हाँस्छ । त्यही भएर मलाई अरु भाषामा लेखिएका लेखहरुलाई  नेपाली भाषामा राख्ने एक चौतारी वनाउन मन लाग्यो।

ईन्टरनेटमा यत्र-तत्र भौंतारिरहेका नेपाली पाठकले अरु भाषाका भावना पढ्न पाउदा खुसि नै हुन्छन भन्ने मेरो अनुमान हो। मेरो अनुमानलाई सावित गर्न प्रयोगसालामा (http://prayogsala.blogspot.com) को जन्म भयो। साथीहरुको राम्रो हौसला पाएको छु। केही साथीहरुले फुर्सदको समयमा उल्था गर्दै लेख पठाउन थाल्नु भएको छ। यसवाट म थप उत्साहित वनेको छु। एकले थुकी सुकि, सयले थुकी नदि भने जस्तो है यो पनि। मलाई विस्वास छ समयसँगै यो खहरे, खोला, कोसी हुँदै समुद्रमा परिणत हुनेछ।

- समाप्त -

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors