About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

पछुतो

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, January 22, 2011

तलको भनाई मलाई रमाईलो लाग्यो  :

"मथुराको पेडा खाने मानिस पछुताउँछ, नखाने पनि पछुताउँछ। कस्तो न कस्तो मीठो होला भनेर खाने व्यक्ति बेकार खाएछु भनेर पछुताउँछ। नपाउनेचाहिँ एक पटक यसको स्वाद लिनैपर्ने थियो भन्दै पछुताउँछ। बिजुलीको सुविधा पाउने र नपाउने दुवै थरी नेपालीको हालत अहिले यस्तै छ।" (स्रोत: हरे यो लोडसेडिङ ! )

- समाप्त -

घट्नसक्छ सुन्धाराको सडकमा "Mohammed Bouazizi" काण्ड

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, January 20, 2011

संसारमा कैयौं देशहरु छन् । हरेक देशका आ-आफ्ना सुख दु:खका समाचारहरु दैनिक जसो हुने गर्दछन् । फेरि सवै देशको समाचारमा ध्यान जाँदैन। तर कुनै देशका साथीहरु वनिसकेका छन् भने उनीहरुको देशको समाचार आउँदा पढ्ने रहर जाग्दोरहेछ । यसो गर्दा उनीहरुसँग कुरा गर्ने एक राम्रो माध्यम वन्छ। फ्रान्समा पढ्दाका Advisor र काम गर्दाका साथी Tunisia देशका भएकोले त्यहाँको कुनै समाचार आएमा मेरो ध्यान जाने गर्दछ। र यो पाली त्यहाँको दर्दनाक  समाचार देशभित्र मात्र हैन वाहिर पनि प्रमुख समाचार वनेर आएको छ। यो दर्दनाक समाचारवाट अरु देशहरुले पनि चेतिनु पर्ने वेला आएको छ।

अनलाईन खवरहरुका अनुसार Mohammed Bouazizi Tunisia का सडकमा फलफूल / तरकारी वेचेर आफ्नो र आफ्ना परीवारको जिउपाल्ने एक युवा थिए।  पढाईको डिग्री हुँदाहुँदै पनि वेरोजगारीले गर्दा उनी यो व्यवसायमा वाध्य भएर लागेका थिए। सडकमा यस्तो व्यवसाय गर्न पाईदैन भनेर प्रसासनले उनको तरकारी छरपस्ट पारियो। तरकारी/ फलफूल जोख्ने तुलो खोसियो। अझ महिला अफिसरवाट अरुका अगाडि उनलाई गालामा पिटियो, गाली गलौज गरियो। उनले कि जागिर दे कि त आफ्नो काम गरेर वाँच्न दे भनेर हारगुहार गरे तर प्रसासनले कुनै वास्ता गरेन। अन्तत: केहि सिप नलागी उनले आत्महत्याको प्रयास गरे। डाक्टरहरुको अथक प्रयास असफल भएपछि ४ जनवरी २०११ मा उनको म्रित्यु भयो ।


तस्विर:  Mohammed Bouazizi सरकारी भवन अगाडि आत्महत्याको प्रयास गर्दै (स्रोत: युरो न्युज )

घटना लगत्तै त्यहाँ  प्रदर्शन हुनथाले। Mohammed Bouazizi एकाएक नायक वने । स्वत: स्फूर्त रुपमा उर्लेको जनप्रदर्शनले यस्तो रुप उध्र रुप लियो कि २३ वर्ष देखि राजगर्दै आएका त्यहाँका राष्ट्रपति Zine El Abidine Ben Ali ले सत्ता र देश छाडेर भाग्दै साउदी अरवमा शरणार्थी वनी वस्नु परेको छ। 

आत्महत्या प्रयास गर्नु अगि उनले फेसवुकमा आफ्नी आमालाई सम्वोधन गर्दै लेखेको यो परिच्छेद पढ्दा जो कोहिको पनि आँखा रसाउँछ:  

I’m travelling, mother. Forgive me. Reproach and blame is not going to be helpful. I’m lost and it’s out of my hands. Forgive me if I didn’t do as you told me and disobeyed you. Blame the era in which we live, Don’t blame me. I am now going and I will not be coming back. Notice I haven’t cried and no tears have fallen from my eyes. There is no more room for reproach or blame in the age of treachery in the People’s land. I’m not feeling normal and not in my right state. I’m travelling and I ask who leads the travel to forget.—Mohamed Bouazizi स्रोत Wikipedia.

यो अप्रत्यासित घटना आजसम्म पनि साम्य भएको छैन। अरु देशहरुका लागि यो घटना एक उदाहरण वनेर आएको छ। हाम्रो देशमा पनि वेरोजगारी र महँगी यति धेरै छ कि यसको कुरा गरेर साध्य छैन् । नेताहरुले समयमै यो कुरा नवुझे उनीहरुपनि यसैगरि वडारिनु पर्नेछ भन्ने कुरा यो घटनावाट सिके सवैको भलो हुने थियो। नत्र कुनै दिन सुन्धाराको सडकमा Mohammed Bouazizi काण्ड घट्न सक्छ। हाम्रा नेतागणको वुद्धिमा लागेको विर्को हटोस, यही मेरो कामना।

- समाप्त -

नयाँ वेवसाईट

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, January 18, 2011

धेरै अगाडि देखि वनाउन चाहेको कुरा आज वनाईयो। युनिभर्सिटीको डोमेनमा व्यक्तिगत वेवसाईट वनाईयो।  यसको वेव ठेगाना  http://umdrive.memphis.edu/nbnraula/www/index.html रहेको छ। मेरो फ्रान्समा रहेको वेव ठेगाना http://www-roc.inria.fr/~niraula कायमै छ तर यसमा अहिले मैंले अध्यावधि गर्न मिल्दैन । त्यसैले नयाँ विवरणहरु मेरो नयाँ ठेगानामा मात्र रहने छन्।

- समाप्त -


Nobal Niraula University of Memphis

जिन्दगी यो फूलैफूलको थुँङ्गो हुँदैन, फक्रिने र ओईलाउने टुङ्गो हुँदैन

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, January 8, 2011

शव्दहरु तिनै हुन् जो गाली गर्न प्रयोग गरिन्छन्। शव्दहरु तिनै हुन जो माया प्रकट गर्न प्रयोग गरिन्छन्। त्यसैले शव्द आफैमा मिठो नमिठो हुनै सक्दैन। वरु तिनीहरुको संरचना नै मीठो नमीठो हुने हो। गीतकार राजन राईले सुनेकै शव्दहरुको संरचना मिलाएर एक मार्मीक आधुनिक गीत लेखेका छन्। गायिका अन्जु पन्तको मिठो स्वरले ती संरचना वाचन गर्दा हामी स्रोताहरु ताली वजाउँछौ ।

०००
( जिन्दगी यो फूलै फूलको थुङ्गो हुँदैन ) २
फक्रिने र ओइलाउने टुङ्गो हुँदैन
फूलको थुङ्गो हुँदैन
( जिन्दगी यो फूलै फूलको थुङ्गो हुँदैन ) २

( रोक्दा रोक्दै आँशुहरु कतै पोखिन्छ ) २
(हिड्दा हिड्दै जिन्दगानी कतै ठोकिन्छ)२
जिन्दगी यो सधैँ घामको झुल्को हुँदैन
झुल्किने र अस्ताउने ( टुङ्गो हुँदैन )
 जिन्दगी यो फूलै फूलको थुङ्गो हुँदैन 

कहिलेकाँहि अचानोमा टुक्र्याईन्छ मन
( कहिले हाँस्दै हतकेलामा चढाईन्छ जीवन ) २
(जिन्दगानी सोचेजस्तो मीठो हुँदैन) २
सवै घाउ छाती भित्र (निको हुँदैन) २
 जिन्दगी यो फूलैफूलको थुङ्गो हुँदैन 
०००

- समाप्त -

अँग्रेजी नयाँवर्ष २०११ को हार्दिक शुभकामना

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, January 1, 2011

आज अंग्रेजी नयाँवर्ष २०११ को पहिलो दिन हो। यतिवेला विहानको ८:५२ बजेको छ यहाँ। संसारभरि यो नयाँवर्ष मनाएको कुरा समाचार माध्यम र साथीहरुले फेसवुकमा पोस्टगरेका तस्विरहरुवाट प्रमाणीत हुन्छ। विविसिले धेरै ठाउँका तस्विर राखेको छ। तर मलाई मनपरेको तस्विर भने ओपेराहाउस, सिड्नी, अस्ट्रेलियाको तलको
तस्विर हो।


Picture: The Australian city of Sydney marks the passing of 2010 with its traditional display of fireworks above its most famous landmarks. Source bbc.co.uk

जाँदाजाँदै सवै साथीभाई र ईष्टमित्रमा नयाँवर्षको २०११ को हार्दिक शभकामना !

- समाप्त -

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors