About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Mr. Thom को रहर !

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, February 28, 2011

६० को दशकदेखि कम्प्युटर चलाउँदै काम गर्न थालेको उसलाई जागिर नछुटुन्जेल कलेजमा गएर पढ्न फूर्सद मिलेन। अनुभवले गर्दा उसलाई काम गर्न कलेजको डिग्री कमी भएको खासै महसुस भएन। तर अहिले उमेरको कारणले उ जागिरवाट रिटायर्ड भएको छ।

७० वर्ष नाघेको उ जागिरवाट फूर्सद मिलेपछि Undergrad मा पढ्न आएको छ। मेरो टेवल अगाडिको उसको टेवलमा उ रमाईरमाई कम्प्युटरमा होमवोर्क गर्छ। अरु पढेर जागिर खान खोज्छन्। उ भने जागिर सकाएर पढ्न आएको छ। आखिर चाहना नै त ठूलो रहेछ। उसलाई लाग्दो हो उमेर त घडि घुमेर पो वढेको। नत्र यो वुढेसकालमा किन दु:ख गर्नु परेको होला।

जव अल्छि लाग्छ म उसलाई हेर्छु। वुढो रमाईरमाई काम गरिरहेको छ ! मलाई उसलाई वुढो भन्ने उपमा दिएकोमा पस्चाताप लाग्छ। उसलाई Mr. Thom नै भन्नु ठिक लाग्छ। मलाई लाग्न थाल्छ यो Mr. Thom को जस्तै रहर जगाउनु पर्छ  अनि पो केही हुन्छ ! मेरो अल्छि भाग्छ, म काममा फर्किन्छु :)


- समाप्त -

हामी हिसावमा कमजोर !

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, February 15, 2011

मैंले सुन्दै आएको कुरा थियो यो। नेपालीहरु हिसाव अर्थात Math मा कमजोर हुन्छौं। यो समयमा अरुले भनेको कुरा सही हो भन्ने लाग्दै छ। यहाँ नेपालीहरु भन्नाले नेपालमा मात्रै Math सिकेको नेपालीहरु भन्न खोजिएको हो। Math मा राम्रा भएका नेपालीहरु पनि छन् तर तिनीहरुको संख्या एकदम कम छ।

Math मा राम्रो भए ईन्जिनियरिङ्ग , फिजिक्सतिर जाने लहर छ नेपालमा। त्यसलाई आधार मानेर भन्नुपर्दा ईन्जिनियरिङ्गका विध्यार्थीहरु नेपालमा Math मा  जान्नेहरुमै पर्दछन्।  तर धेरै ईन्जिनियर साथीहरु जो वाहिर Math को विषय पढ्छन् उनिहरुले हाम्रो Math राम्रो नभएको कुरा सुनाउँथे। मैंले नेपाल वाहिर Math को विषय अहिलेसम्म लिएको थिईन। तर अहिले पढ्दै छु अनि उनीहरुको भनेको कुरा हो रहेछ जस्तो महसुस गर्दैछु।

मैंले भेटेका विध्यार्थीहरुमा चाईनिज विध्यार्थीहरुको Math एकदम राम्रो पाएको छु। एक जना चाईनिज साथीले मलाई भन्थ्यो GRE Test मा कम्तिमा ७९० / ८०० ल्याएन भने उ चाईनिज हैन भन्ने वुझ्नु भन्ने कुरा एकदम चर्चित छ रे चीनमा। मेरो अनुभवमा हो जस्तो पनि लाग्दैछ।

नेपालीहरु दिमाख नभएका भने हैनन्। नेपालीहरुले Math मा राम्रो गर्न उनीहरुले राम्रो गुरु र वातावरण पाउनु पर्दछ । ईन्जिनियरिङ्गमा Math पढाउने गुरुहरुले हिसाव गर्न त सिकाए तर प्रयोग गर्न सिकाएनन्। सायद उनीहरुलाई समयको अभाव हो या ज्ञानको कमी त्यो त म भन्न सक्दिन तर त्यो नजान्ने हुनाले विध्यार्थीलाई मर्का पर्ने गरेको कुरा चाहिं सहि नै हो। मलाई ईन्जिनियरिङ्ग पढ्दा Math पढाउने एक सरको याद आयो। उनले   आकाश तिर हेर्दै Calculus को एउटा हिसाव यसरी वुझाएका थिए: "हाम्रो विध्यार्थीले यसो माथि हेर्यो त के देख्यो ? हो ईन्फिनिटी (∞) देख्यो" । उनले माथी आकाश हेरेर यो निकै ठूलो कुरा हो भन्ने वुझाउनु थियो किनकी ∞ (सवसे ठूलो अङ्क वा अनन्त) जनाउथ्यो।  उनको यो हिसाव सम्झाउने प्रयास थियो तर वुझाउने थिएन। उनी सम्झाउने कुरामा त सफल रहे किनकी आजसम्म उनले भनेको कुरा मैंले भुलेको छैन तर उनले वुझाउन नै सकेनन्...। यस्तै कारणहरुले गर्दा हाम्रो Math पढाई कमजोर छ भन्ने मेरो ठहर छ।

- समाप्त -

"वौलाउनु भन्दा मर्नु निको" - उसको गलत निर्णय

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, February 8, 2011

कालो वादल आकाशमा मडारीरहेको छ। पूर्वतिरको आकाशमा चट्याई्ग पर्ला जस्तो गरी चम्केको विजुलीको चमक यस्तो भयानक छ कि यसले मेरो दैनिक जीवनलाई थाति राखेर संझनाको कोसेलीको पोको फूकाईदिन्छ। विजुली चम्काई पछिको गड्याङ्गुडुङ्ग साइवर संसार हुँदै मेरो कानमा पर्दछ। म चुपचाप वस्छु, छटपटिन्छु। मनले  प्रश्नमाथि प्रश्न गर्छ  अनि निष्कर्स निकाल्छ: "वौलाउनुभन्दा मर्नु निको" - उसको गलत निर्णय।

आज लेख्न मन थिएन तर पनि लेख्नु परिरहेको छ। उसको गलत निर्णयको वारे लेख्नु नै छ ता कि यस्ता गलत निर्णय नगरिउन जसले घरपरिवार, साथीसँगी, ईस्टमित्र लगायतमा  सहन नसकिने चोट पार्दछ। अनौपचारिक रुपमा उसको पखेरु उडेको केहि घन्टामै थाहाभएको भएपनि 08 February 2011 मा नागरिकन्युजमा छापिएको तलको समाचारनै आधिकारिक रुपमा उसले आत्महत्या गरेको पुस्टिगर्ने माध्यम वन्यो ।


हामी एकै व्याचमा पुल्चौक क्याम्पसमा भर्ना भएका थियौं। उ सिभिल ईन्जिनियर वन्ने सपना पुरा गर्न त्यहाँ आएको थियो म भने कम्प्युटर ईन्जिनियर वन्न। पुल्चौक होस्टेलमा वस्दा देखी हामी नजिकिएका थियौ। २-३ वर्ष हामीहरु एउटै होस्टेलमा वसेका थियौं।

अन्तिमपटक उसँगको भेटको संझना गर्दछु म यो वेला। पुल्चौकको पढाईसकेपछी हाम्रो भेट खासै भएको थिएन। July 25, 2010 तिरको कुरा हो। २ वर्षपछि नेपालमा गएको १० दिन जति भएको थियो। भक्तपुर जडिवुटिमा आफन्तकोमा जाँदै गर्दा कसैले पछाडिवाट 'नोवल' भनेर वोलायो। वोलाउने त्यही रेवती थियो। उ वाईकमा रहेछ। काठमाडौ वाहिरको जिल्लामा सरकारी ईन्जिनियर भएर काम गर्दै रहेछ। अनि १ हप्तालाई ट्रेनिङ्गमा काठमाडौ आएको वेला परेको रहेछ। उमेर पुगेका केटाहरु, विहेको ठट्यौली चल्ने नै भयो। 'अव विहे गर्नु पर्छ' - उसले भनेको थियो। उसँग वाटोमा भएको त्यो जम्काभेट नै मेरो अन्तिम भेट रहेछ।  मलाई के थाहा विहे नै उसको जीवन लैजाने कारण वन्छ भनेर...।

जिउन भनेर धर्तीमा आएपछी जुनसुकै प्राणीले पनि मर्नुपर्दछ। यो ध्रुव सत्य कुरा हो। तर जव मरण अकालमै आईदिन्छ त्यसले ठूलो चोट पुर्याउँछ। भर्भराउँदो उमेरमा आफन्त, ईस्टमित्र, साथी, सँगी सवैलाई चोटपुर्याएर दैवले किन लगिदिन्छन् ? र के यो मरण जायज थियो त ? अहँ कुनै हालतमा पनि थिएन। चित्त नबुझि विहे गर्नुभन्दा विहेको निर्णय गरेकै भएपनि भागेको भए हुन्थ्यो। परिवारको ईज्जतको कुरा सोच्यो होला तर त्यो कुरा ठूलो हुन्थेन। फेरी विहे गरेकै भएपनि कानुनी तरीकाहरु थिए संवन्ध विच्छेदका।  ईन्जिनियरिङ्गका त्यस्ता गार्हा फर्मुला वुझेर भवन, सडक र कूलो वनाउन सक्ने उसले "मर्नु भन्दा वौलाउनु वेस" भन्ने साधारण फर्मूला नवुझेको देख्दा मलाई दु:ख लागेर आउँछ। जे हुनु भैसक्यो। उसको स्वर्गमा वास होस। उसका आफन्त, परिवारजन लगायत सम्पूर्णमा धैर्यधारगर्ने शक्ति दैवले प्रदान गरुन् । हामी एक असल मित्र गुमाउनुपरेकोमा सारै दु:खि छौं। तिमीलाई हार्दिक श्रध्दान्जली रेवती ! 
***

जाँदा जाँदै : अन्जु पन्तले गाएको सान्दर्भिक गितको भिडियो - जिन्दगी यो फूलैफूलको थुँङ्गो हुँदैन, फक्रिने र ओईलाउने टुङ्गो हुँदैन

- समाप्त -

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors