स्वरुपराज आचार्यले गाएको वसन्ती फिल्मको गीत :
नयाँ कुराहरु सवैलाई स्मरणीय नै हुन्छन् । यि कुराहरु नै लामो समयसम्म पनि याद आईरहने खालका हुन्छन्। समय वित्दै जाँदा घटने उस्तै घटनाहरुको महत्व घट्दैजान्छ किनकि तिनिहरु नयाँ नै हुँदैनन्। जस्तो कि कुनै एक मान्छे पहिलोपाली गाउँवाट काठमाडौ जाँदै छ भने उसलाई जाँदाका घटनाहरु लामोसमयसम्म स्मरणीय नै हुन्छन्। बर्षौंपछि पनि कुन वस वा प्लेनमा गएको थिईयो, साथमा कोको थिए, कोसँग भेटभयो भन्ने कुराहरुको संझना गर्न कठिन हुन्न। पछिपछि उहि गाउँ र काठमाडौ आवतजावत गर्दाका कुराहरु याद नहुन सक्छन किनकी ति नौला नै हुँदैनन्।
यो व्लगपनि त्यस्तै एक संझनालायकको ठाउँवाट लेख्दैछु जहाँवाट मैंले अनुसन्धानको सुरुवात गरेको छु। त्यसैले मेरो ल्याववाट पहिलोपाली लेखेको यो व्लग मेरो दिमाखमा रहिरहनेछ। म यही ठाउँवाट अरु व्लगहरु लेखुँला तर ति संझना दिलाउने खालका नहुन सक्छन। नयाँ सेरोफेरो, नौलो वातावरण, नौलो अनुभव सवैकुरा नौलो महसुस गर्दै छु। अलिकति फिक्रि छ त विजिलाईफको सुरुवातको :D । ल्याववाट विदा !