About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

रिसर्चको चर्चा

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, April 29, 2008

९ महिनाको अथक प्रयास पछि रिसर्चको रिजल्ट पाईएको छ। कस्तो होला त यो ९ महिना लगाएर पाएको रिजल्ट? तलको तस्विर रिजल्टको एक सानो झल्को देख्न सकिन्छ।
केहि महिनाको अध्यायन पछि मोवाईल एड हक नेट्वर्कमा भिडयो वाड्नको लागि मैले एक नौलो (संसारमा कसैले पनि नगरेको काम) तरिकाको कल्पना गरें। यो कल्पनाले कस्तो काम गर्छ भनेर टेस्ट नि गरें। तस्विरमा देख्न सकिन्छ नै, मेरो डिजाईन (Case II) ले अरु तरिकाहरु (जुन पहिले नै कसैले गरिसकेको थियो) भन्दा राम्रो गरि भिडियो वाड्न सक्दोरहेछ। (थप जानकारी मेरो थेसिसमा हेर्न सकिन्छ)

यो थेसिसको काम संगै, रिसर्च के हो भन्ने कुरा थाहा पाईयो। विकसित मुलुकमा हुने यस्ता रिसर्चहरु हामी नेपालीहरुले पनि सिक्दैछौ। आशा छ, हामीहरु रिसर्चमा लागेर, नयाँ नौलो काम गरेर संसारलाई नै चकित पार्न सक्ने छौ। रिसर्चमा लाग्ने संपूर्ण नेपालीहरुलाई अग्रिम शुभकामना।

एक अविस्मरणीय दिन

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, April 21, 2008

जिवनमा अविस्मरणीय दिन कति हुन्छन कति। यस्तै एक दिन हो यो, १८ मंसिर २०६२ को. वाँकि कथा यो भिडियोमा.....




लाग्छ, ति दिनहरु फर्किउन। के फर्कन्थे र। जे होस यो भिडियोले सुनेपछी भने केहि समय त्यहि वातावरणमा छु की झै लाग्छ।

नौलो अनुभव

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, April 6, 2008

हामीहरु किनमेल गरेर फर्कदै हुन्छौं।
"कति बज्यो भरत सर?"
"८:३०", जवाफ पाउँछु।

रातको ८:३० बजे पनि किनमेल, खासै नौलो लाग्दैन। काठमाडौंमा रातको त्यो समयमा यसरी किनमेल गर्न निस्किन्दैनौं, चुरोट, पान वाहेक। राती हिड्न डर नै लाग्छ। तर यहाँको वातावरण, रहनसहन अलिकति फरक छ। नेपालमा ६ नबज्दै झ्याउकिरी अनि चराचुरुंगीको आवाजले साँझ परेको संकेत गर्छ। क्रिष्ण गल्लिको बासझ्यांगमा राति ८/ ९ बजे हिड्दा मधुरो प्रकाशले पनि निकै सहारा दिन्छ। तर यहाँ अहिले न त चराचुरुंगि कराई रहेका छन न त झ्याउकिरि।

म त्यै रातको क्रिष्ण गल्लि संझिन्छु, अनि अहिलेको गल्ली। निकै फरक। रातको यो समयमा पनि यहाँ झलमल्ल घामलागिरहेको छ भन्दा अचम्म लाग्छ। राति ९ बजे मैले घाम देखें भनेर कुरा गरें भने म पागल ठहरिन्छु नेपालमा , तर को वास्वबिकता यही हो। त्यसैले मैलाई संसार अचम्मको छ भन्ने कुरा सहि लाग्दैछ।

जाडोको समयमा ४ बजे नै रात पर्ने यो ठाउँ अहिले ९ बजे सम्म घामको उज्यालोले झलमल्ल हुनु भनेको नौलो अनुभव हो। किन यस्तो भयो होला? मनमा खुल्दुली बढ्यो। थाहा पाएँ कारण पनि। हाम्रो प्रिथ्वि आफ्नो अक्षमा २३ डिग्रि जतिले ढल्किएको छ। यो नै प्रमुख कारण रहेछ। म धेरै गहिरिएको उत्तर त दिन्न तर यो नै हो कारण। त्यसैले यो प्रिथ्विमा कुनै ठाउँ यस्ता पनि हुने गर्छन जहाँ घाम नै अस्ताउदैन र घाम नै देखिन्दैन पनि। लागेन त अचम्म?

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors