हामीहरु किनमेल गरेर फर्कदै हुन्छौं।
"कति बज्यो भरत सर?"
"८:३०", जवाफ पाउँछु।
रातको ८:३० बजे पनि किनमेल, खासै नौलो लाग्दैन। काठमाडौंमा रातको त्यो समयमा यसरी किनमेल गर्न निस्किन्दैनौं, चुरोट, पान वाहेक। राती हिड्न डर नै लाग्छ। तर यहाँको वातावरण, रहनसहन अलिकति फरक छ। नेपालमा ६ नबज्दै झ्याउकिरी अनि चराचुरुंगीको आवाजले साँझ परेको संकेत गर्छ। क्रिष्ण गल्लिको बासझ्यांगमा राति ८/ ९ बजे हिड्दा मधुरो प्रकाशले पनि निकै सहारा दिन्छ। तर यहाँ अहिले न त चराचुरुंगि कराई रहेका छन न त झ्याउकिरि।
म त्यै रातको क्रिष्ण गल्लि संझिन्छु, अनि अहिलेको गल्ली। निकै फरक। रातको यो समयमा पनि यहाँ झलमल्ल घामलागिरहेको छ भन्दा अचम्म लाग्छ। राति ९ बजे मैले घाम देखें भनेर कुरा गरें भने म पागल ठहरिन्छु नेपालमा , तर को वास्वबिकता यही हो। त्यसैले मैलाई संसार अचम्मको छ भन्ने कुरा सहि लाग्दैछ।
जाडोको समयमा ४ बजे नै रात पर्ने यो ठाउँ अहिले ९ बजे सम्म घामको उज्यालोले झलमल्ल हुनु भनेको नौलो अनुभव हो। किन यस्तो भयो होला? मनमा खुल्दुली बढ्यो। थाहा पाएँ कारण पनि। हाम्रो प्रिथ्वि आफ्नो अक्षमा २३ डिग्रि जतिले ढल्किएको छ। यो नै प्रमुख कारण रहेछ। म धेरै गहिरिएको उत्तर त दिन्न तर यो नै हो कारण। त्यसैले यो प्रिथ्विमा कुनै ठाउँ यस्ता पनि हुने गर्छन जहाँ घाम नै अस्ताउदैन र घाम नै देखिन्दैन पनि। लागेन त अचम्म?
0 comments