About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

फुल र भमराको बार्तालाप(चार)

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, February 25, 2008

खण्ड 3 बाट क्रमश:
यस पल्ट सपनाकी भमरी थिईन.....
------------------------------------------------------------------------------------------------------------
भमरा: हा हा हा हा, (लामो हाँसो)। भगवानसंग वर काँडा माग्ने रे। सिस्नोमा समेत हामी नडराई बस्न सक्छौ। काँडा त ठूला-ठूला जन्तुहरुलाई रोक्नको लागि। माग्नै परेपछि त भमरा हुन पाऔं भनेर माग्नुनि। तिमीहरु मिठो मिठो रसबनाईराख हामीहरु खाईरहौला।

गोदावरी: फासिस्ट भमरो, मेरो पिडामा तिम्रो हासो? तिमी त सोझै नरक पुग्नेछौ। म त बोल्दिन तिमीसंग, भैगो जाउ, धेरै कुरा गर्नु छैन मलाई।

भमरा: धेरै भावुक नहोउ, गोदावरी। तिमीले पनि राम्रोसंग ध्यान देऊ। हामी भमराहरुले तिमीहरुको फूल चुसेर तिमीहरुको घाटा मात्र गराएका छैनउ। फूल चुस्दा हाम्रा ओठ, अनि खुट्टाहरुमा तिमीहरुको फूलको फोहोर लाग्छ। अनि अर्को फूलमा जाँदा त्यो फोहोर झर्छ। हाम्रा लागि फोहोर हो त्यो, तर बिरुवाहरुको लागी विउ हो। विरुवाहरु हिड्न सक्दैन्, तर हामीहरुले तिनिहरुको विउ एक वोटवाट अर्को वोटमा सारेर तिनीहरुको वंसलाई जोगाई राखेका छौ। तिनिहरुले त हामीलाई भगवान संझिनु पर्छ। हामीहरु कसैको लागी रोग भएका छौ कसैका लागि भगवान। अव तिमी नै भन के ठिक के वेठीक।

तिम्रा जस्ता पिडा त हाम्रा पनि नभएका हैनन। तिमी निर आउन मैले कति दिन कुर्नु पर्यो। हामी भमराहरुविचमा पनि कस्तो जात्रा छ। यो फूलवारीमा मैले केही खान पाउदिन, तिम्लाई थाहा छ? तिमीले देखेकी छौ कि मैले कुनै फूलको रस खाएको यो फूलवारीमा? कस्तो चियो गरिरहेका छन् यहाँको फूलवारीका भमराहरुले। तिमीसंग कुरागर्न आउछु भनेको हुनाले मात्र म आएको, नत्र मेरो लागि यो फूलवारी मरुभुमी तुल्य छ। टुलुटुलु हेरेर थुक निल्न भन्दा म केही पनि गर्न सक्दिन, गोदावरी। मैले मेरो आफ्नै पूर्खाले दिएको भूमिमा फूलेको फूलहरु बाहेक ......। कि त यहाँका भमराहरुसंग अनुमति लिनुपर्यो कि त आफ्नो अधिकार क्षेत्र भित्रकोमा चित्त वुझाउनु पर्यो। त्यसैले मेरो भन्नु केही छैन। लाग्छ यो संसार अचम्मको छ।

मेरो गाउँमा भोकै मरिरहेका छन्, दाजु-भाईहरु। कतै मोजमस्ति कतै सास्ती। आखिर उनिहरुले रोपेको फूलवारी भएपनि त....। अर्कोले दिएको कुरामा पनि भागवन्डा.....। हाम्रा दाजु-भाईको रोदनलाई यिनिहरु खूसि ठान्छन्। उही भमरो हो नि आखिर। अझ आक्रमण गर्छन बेलावेलामा, मात्र तिमीहरुको रसको लागी। खासमा तिमीहरु झगडाको विउ वनेको छौ।

यतिकैमा, भमरी सुँक्क सुक्क गरेको आवाज सुनियो।
गोदावरी: हँ के भयो यिनिलाई, रुन पो लागिन त।
भमरा: नरोउ नानु, नरोउ (भमरोले भमरीको आँखा पुछ्दै संझाउन थाल्यो)। संझिएर केहि फाईदा छैन।
गोदावरी: काँडा बिझ्योकि के भो? यहाँ त त्यस्तो काँडा नहुनु पर्ने।

भमरा: हैन। गतमहिना, यिनका माईतिहरुलाई भमराहरुको एक समुहले आक्रमण गरेछन् । यिनका माईती अर्को फूलवारिवाट वसाईं सरेर आएका रहेछन्। खै के हुई चल्यो के भो, सवै वसाई सरेर आउनेहरुलाई कुट्ने, पिट्ने, लुट्ने, सवै गरेछन्। अर्कै मूलको भमराहरु भनेर लखेटेछन्। यिनका माईतिहरूले पनि सकेसम्म डटेछन् । गाउँभरि भागाभाग भएछ। साला र ससुरावा शरण घर हाम्रो वस्तिमा आईपुगे। तर......यिनकी मातारी.... कुटेर सिध्याएछन्। त्यहि दिन देखि ... ...। मलाई संझाउन नै गार्हो भईरहेछ, के भनेर संझाउँम।

टिरिंग, टिरिंग, ......

फोनको घन्टिसंगै म विउझिन्छु। रमाकान्तले फोन गरेको रहेछ।
ओ हो , यत्रोवेरसम्म सुतेको?
के गर्नु त, सपना देखिरहेको थिएँ, तिम्रो फोन आएर उठें।

के गर्नु र मित्र, हुनुभएछ नि त्यो कपिलवस्तुमा। विहान पत्रिका पढेपछि पो थाहापाएँ। दंगा फैलिएछ,.......
What?

सर्वस्य वितेछ। फोन राखें। अलमल्ल परें। सरिर चिसो भयो, मुटु काप्यो, विछ्यौनामा ढल्कें। सरिता तिमी.....छैनौ त यो संसारमा? तिम्रो कपिलवस्तुमा वस्तु भन्दा पनि तुच्छ... ? अहँ, यो हुनसक्दैन। मेरी सरिता, प्यारी संगिनी। हिजोमात्र फोनमा कुरा गरेको, तिम्लाई जिस्काएको....। आज .....। हैन होला।

आँखा चिम्लें, सुँक्क सुँक्क आवाज आयो। यस पल्ट सपनाको भमरी थिईन। विपनाको विछ्यौनामा पल्टिएको भमरो, सरिताको हितैसीमित्र।
कोल्टे फेरें। आँखा भित्ताको तस्विरमा पर्यो. गौतमबुद्ध रोईरहेका थिए..................................।

समाप्त.

Masters को लागि अंतिम Class

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, February 23, 2008

दिन वित्न पनि कति नै लाग्दो रहेछ र। AIT बाट अस्ति भर्खर आएजस्तो लाग्थ्यो। हिजो, 22 Feb,2008 को दिन पनि आयो, अनि गयो पनि। यो दिन एक विशेष दिन हो। हिजो कै दिनवाट यहाँको कोर्ष पनि सकियो।

Masters Degree को अन्तिम Subject,Management को विषय थियो। GSM, GPRS, EDGE, UMTS को Business को Practice गराईएको थियो। AIT मा पढेको ICT Project Design को Extended Course भने पनि हुन्छ। खासमा Bidding कसरि गर्ने भन्ने कुराहरु पढिन्न AIT मा, तर यहाँ त्यो कुराहरु पढियो। लाग्छ एउटा Business Firm मा हुने Activity हरु सिकियो, कक्षामा। Management का Student हरुसंगै काम गरियो। तिनीहरुको Data Analysis गर्ने क्षमताको प्रसंसा गर्नैपर्छ मैले। मेरो Group मा २ जना Korean(Eun, Jeolon ) र एक जना Venezuela(Dariana) थिए। अव Company मा गएर काम गर्न सक्छौ भन्ने विश्वासका बिच Sir हरुले Course सकिएको घोषणा गरे।

आजको दिनवाट पुरै थेसिसमा लाग्न पाईने भएको छ। भविष्यको अनिस्चितताका बिचमा, आखाँ चिम्लेर थेसिसमा लाग्नु परिरहेको छ। यो २ महिनाको समय निक्कै महत्वपूर्ण हूने छ। जिवनको गोरेटोमा एक चौक आउनै लागेको छ। पुग्ने गन्तव्यलाई विचार गरेर कुन वाटो लिने भनेर निर्णय गर्नुपर्ने छ। यो हामी सवै Graduating Students को परिक्षाको घडि हुनेछ।

What is a research??

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, February 14, 2008

धेरै भयो ब्लगमा पोस्ट नगरेको। लेख्ने विषय नभएर हैन, तर समय नै यस्तो आयो। एउटा रमाईलो कुरा भेटें र Post गर्ने विचार गरें।

कोहि Research लागेको छ भने तलको Line निकै मन पर्ला.

If we knew what it was we were doing,
it would not be called research, would it?
-- Albert Einstein


चानचुने मान्छेको भनाई हैन यो भन्नेकुरा त थाहा भयो नै होला। त्यसैले Research मा लागेका जोसुकैलाई पनि नहडवडाई काम गर्ने प्रेरणा दिन्छ नि। हुन पनि हो नि मेरो रिसर्चले यस्तो गर्छ भनेर अघाडि नै भन्न सकिन्छ भने त्यो के रिसर्च भयो र कसो? म त पुरापुर सहमत छु

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors