About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

म पनि कवि ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, October 23, 2008

न त साहित्यमा खप्पिस परियो, न त गहिरो अध्ययन नै छ। तै पनि मेरा यि हातहरु प्रयास गर्दैछन् लेखहरु लेख्न। माईसंसारको एक फोटोको लागी मैले कविता लेखें। फोटोमा केहि जवानहरु होडिंग वोर्ड वनाउन खम्वाहरुमा चढेका देखिन्छन्। त्यही तस्विरलाई मध्यनजर राखेर मैले यो कविता वनाएँ।

कविताको परिभाषा राम्ररी थाहा छैन। तर मेरो मगजमा कविता वारे जे थाहा छ , त्यस अनुरुप यो लेख कविता नै हो। के थाहा वास्वविक परिभाषाले यसलाई कविता नठराउन पनि सक्छ।

*******************************
तिर्न रिन लागेका, बस्न आफ्नै घरमा
पढाउन वालवच्चा, हँसाउन जिवनमा
लागेथें म विदेश, कमाउन भनेर
वोकेका ति सपना, पुर्याउन भनेर

गार्हो भयो खाडिमा, मरुभुमी गन्हायो
पड्क्यो वम ईराकमा, छाति मेरो चर्कियो
खियो मेरो शरिर, सुक्को हात नलागी
विते मेरा रातहरु, खुल्ला आकाश मुनी

देखें मैले विदेश, भोगे कैयौं ती सास्ती
लाग्यो स्वर्ग स्वदेस, फर्के म त अस्ती
आछ शान्ती देशमा, छैन जस्तो पुरानो
भछ आज सहज, पाउनलाई कामराम्रो

वोकें मैले कोदालो, खन्न आफ्नै माटोमा
झारें मैले पसिना, सिन्चाउन पाटोमा
टिपें मैले कलम, लेख्न आफ्नै पनमा
चढें मैले टावर, राख्न 'शान्ति' भूमीमा

लिन्छु म त जोखीम, चम्काउन नेपाल !
लिन्छु म त जोखीम, वनाउन नेपाल !!
लिन्छु म त जोखीम, हँसाउन नेपाल !!!
लिन्छु म त जोखीम, चिनाउन नेपाल !!!!

*******************************

3 comments

  1. Prabesh Says:
  2. लेख्दै जानुपर्छ राम्रो भइहाल्छ नि !!!

     
  3. Anonymous Says:
  4. शुभकामना
    सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना
    शुभकामना
    सुख, समृध्दि र प्रगतिको शुभकामना

    दशैँले दशा कटोस् भन्ने
    दशैँको शुभकामना
    दीपावलीले अँध्यारो हटोस् भन्ने
    तिहारको शुभकामना
    नयाँ वर्षले नयाँ नेपाल बनाओस् भन्ने
    नयाँ वर्ष (New Year) को शुभकामना

    भोका पेटले खाना पाओस्
    नांगा आङले नाना पाओस्
    बासविहिन नहोस् कोही
    सबले ओत लाग्ने छाना पाओस्
    हार्दिक शुभकामना
    मंगलमय शुभकामना

     
  5. उजेली र एकल यात्री दुवैलाई धन्यवाद।

     

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors