त्यो ताँतिमा म पनि वस्छु। दायाँवायाँ हेर्छु, अहँ कोहिपनि ठम्याउन सक्दिन। सवजना नौलो नौलो। म एकोहोरो भएर लाईनको अगाडि हेरिरहेको हुन्छु।
“सुन्नु त वहिनी?” कसैको आवाज सुने, म झस्यांग हुनपुगें। यस्तो कोहि चिनजानको नहुँदा खल्लो लागिरहेको समयमा “वहिनी” भन्ने परिचित आवाजले म खुशी हुन्छु।
‘ए भिम दाई, तपाईं? मलाई त कोही नदेखेर कस्तो कस्तो लाग्दै थियो’।
“म पनि त्यही हो, तिमीलाई देखें अनि दौडिदै आएको नि”, भिमदाई खुशी देखिन्थे।
‘लौ अव रमाईलो हुने भयो, भिमदाई। बरु कुन घरमा हो तपाईको डेरा?’
‘त्यही के त च्यादरले छाएको नि’।
“ए मेरो पनि नजिकै हो। घर छोड्दा न्यास्रो लाग्छ होला तैपनि तपाईं हुनुहुने भएकोले सजिलो हुने भयो, दाई। न्यास्रो केही कम भएपनि मेटिएला।”
“हो त पुष्पा बहिनी, संसार यस्तै गरि वित्छ नि। नयाँ ठाउँमा नयाँ परिचय हुन्छ, घुलमिल हुनुपर्छ, सकिन्छ”।
यसरी दाईले संझाउँदै थिए। युरोपमा पुग्नेलाई ‘नेपाल घर हो’ भन्नेहरु आफ्नै परिवारको सदस्य जस्तो लाग्छ रे, अनि चितवनको मान्छेलाई काठमाडौ बस्नेहरुमध्ये कसैले ‘चितवन मेरो घर’ भन्नेहरु आफ्नो लाग्छ रे। मलाई पनि त्यस्तै भान भईरहेको थियो। मलाई लाग्थ्यो हामी परिवाको एकै सदस्य हौ, र उनी पनि त्यही भाव प्रकट गरिरहेका थिए।
जो पहिले त्यो पारी गाँउ पुग्यो, त्यसको सम्मान निकै हुने रै छ। त्यसैले धेरै जस्तो हतारिएका देखिन्थे। तर यो यस्तो यात्रा हो जहाँ दौडिएर अघाडि पुगे पनि जितिने भन्ने हुँदै हुन्न। कैयन नियामहरु पालन गरिनुपर्छ, कैयन चकपोष्मा जाँचिनुपर्छ, कैयन खोला र उकाली ओरालिहरु पार गर्नु पर्छ। त्यसैले म छोरीमान्छे भएपनि नियम अनुसार चल्न भने कम छैन। त्यसैले मलाई पनि कता कता आशा छ। हेरौ समय कसरी अघि वड्ने रहेछ।
खासमा भिम दाई र म पहिले पनि अर्को गाउंमा यस्तै गरि गएका थियौ, तर त्यति धेरै नजिकिन पाएकी थिईन। तै पनि यस्तो अपरिचित भिडमा परिचित अनुहारले सहारा प्रदान गरिरहेको थियो।
हाम्रो यात्रा सुरू भयो। भिमदाई संगै म पनि जाँदै थिए। विचमा एक चेकपोष्ट रै छ। सवैलाई चेक गरियो। म सजिलै पार भएँ, अनि कुरें दाइलाई।
‘किन ढिला आउनु भएको दाई’? म भिमदाईको मलिन अनुहार देखेर भावुक हुँदै सोध्छु।
‘वैनि म त बेकार हिडेको, यो चेकपोष्ट नराम्ररि पिटे। म त फर्किन्छु मेरो गाउँ- रुन आँटको अनुहार र खल्च्यांग खल्च्यांग गरेको खुट्टा देखे पछि मलाई पनि भावुक वनायो।
दाई, त्यस्तै हो, यो यात्रामा चेकपोष्ट छन् भन्ने थाहा नै थियो। दुख: हुन्छ भन्ने थाहा नै थियो नि। त्यसैले चिन्ता नलिनुस। अरु चेकपोष्टमा केहि हुन्न। मलाई नि पिट्लान भन्नेर डरलागिरहेको छ। हुन त जति चेकपोष्टमा पिटाई खादै गईन्छ उति उति ढिला पुगिन्छ त्यो गाउँ। तर पहिल्यै पुग्नु पर्ने के नै छ र?- म संझाउँछु।
म अघि-अघि हिड्दै छु, खुट्टा खल्च्यांग खल्च्यांग गर्दै भिमदाई पनि हिडिरहेका हुन्छन। विच विचमा खोल्सा पार गर्नु पर्ने, अईठन परेको वेला म निकै सघाउँछु, मालीस सम्म गरिदिन्छु खुट्टामा। म पनि कहिले काँहि त्यस्तै कैडा लाग्छ। दाईले सघाउछन। यस्तो लाग्छ, यो दाईको नाता साँच्चै दाईकै हो।
यसैबिच अर्को चेकपोष्ट आँउछ। छुट्टा छुट्टै लाईनमा वस्छौं अगिकोमा जस्तै। यो पाली भने दुवै जना सँगसँगै निस्कन्छौ।
पहिलो चेकपोष्टमा कोहि अघि थियो हामीहरु भन्दा, तर अहिले हामी अघाडि कोही देखिन्न। सायद अरुहरुलाई पनि चेकपोष्टमा निकै थला पारे जस्तो छ। यसरी म अघि-अघि, अनि भिमदाई, अनि अरु। कहिले काहीँ चौतारो आउँछ, सवै जनासंग भेट हुन्छ। तिमी चाँढो पुग्ने भयौ भनेर बधाई दिन्छन। म मौन रुपमा वधाई लिन्छु। तर भन्छु, अरु चेकपोष्ट छन्। भन्न सकिन्न। उनिहरु भन्दै जान्छन, हरेक चेकपोष्ट हामीहरुलाई पनि हो। म चुप हुन्छु।
गाउँ आउनलागेको छ, कैयन कोष पार गरेर। जानेहरुको लस्कर छ, विहेको जन्ति जस्तो।
“भिमदाई तपाईंलाई कस्तो लाग्यो त यो यात्रा?”
म पछि-पछि आउँदै गरेका भिमदाईलाई सोध्छु। सानो भयो कि के हो मेरो आवाज भिमदाई बोलेनन्, फेरि भन्छु। “भिमदाई समग्रमा तपाईंलाई कस्तो लाग्यो त यात्रा? त्यो पहिलो चेकपोष्टमा मात्र त हो अलि गार्हो परेको है”। भिमदाई फेरी बोलेनन्। पछाडि हेरें, भिमदाई देखिन। म झसंग भएँ।
रिसाएकी के हो भिमदाई? मनमन सोच्छु। यत्रो लामो यात्रामा मैले कैयन पटक मालिस गरिदिएकी छु, कैयन ठाउँमा साथ दिएकी छु। उ नभएको भए म अघिनै पुगिसकेको हुन्थे त्यो गाउँमा किनभने मैले मेरो समय उनको साथसाथ विताएँ, कैयन उकालीहरुमा पानी ल्याएर खुवाएँ, अप्ठेरो वाटोमा वाटो देखाएँ। तर भिमदाई, मलाई नभनि कता गायव। छ्या म पनि के सोचेको होला। आउलान् नि। म हिड्दै गएँ।
अन्तिम चेकपोष्ट आयो। म नाम लेख्न लागें। मैले त्यहाँको एक कर्मचारीलाई सोधें, “सुन्नु त, म भन्दा अघि कोहि गयो?” कर्मचारीले टाउको हल्लायो, म झस्किए। भिमदाईले अघि नै गाउँपुगिसेका रहेछन। म तिन छक्क परें। यतिलामो यात्रामा मैले धोका खाएँ। पछि थाहापाएँ, दाइलाई पहिलो चेकपोष्टमा पनि केहि भएको रहेनछ। सव नाटक गरेका रहेछन।
म सोच्दछु, किन यस्तो गरेका होलान्, म आफैंपनि चकित छु। सवै साथिहरुको वधाई खेर गयो। मलाई पहिला पुग्न ससकेकोमा धेरै पिर त छैन, तर भिमदाई बाट भने चकित परेकी छु। भिमदाई, धोकेवाज। के भनौ, मेरो जिवनमा यस्तो यात्रा सायदै आउला, तर भिमदाईको जिवनमा यस्तो यात्रा धेरै आए जस्तो लाग्यो। यस्तो लाग्छ भिमदाई यस्तो यात्रा गर्न निक्कै खप्पिस छन। रुद्र घन्टि पनि कस्तो होला यिनको, त्यति लामो यात्रामा कुनै संकेत दिएनन्, बरु उल्टै लुकाईरहे।
अहिले सम्म पहिला पुग्नेको नाम औपचारिक रुपमा आएको छैन। मैले भिमदाईलाई भेटे पनि, तर पनि किन किन अव भिमदाई मलाई भिमदाई लाग्दैन। एकदम जाली, फटाहा, जस्तो। मायालाग्ने त्यो अनुहार देखेकी झर्को लाग्ने भएको छ। यो कस्तो यात्रा, जालै जालको पंजा वुनिएको… विश्वास घातको।
जे भयो भैगयो, तर आजसम्म पनि म यो यात्रा भुल्न सक्दिन जसले मेरा कैयन, आसा अनि उमंगका क्षणहरुलाई उडाईदिएको छ, मात्र विश्वासघातले। म मनमनै गुनुगुनाउछु, उडायो सपना सवै हुरिले……..।