About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

संविधान सभा र थेसिस

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, March 16, 2008

नेपाल एफ एम दिनको दिन सुन्ने गर्थे केहि दिन अघि सम्म। नेपाल एफ एम जहिले पनि लाईभ सुन्न मिल्ने नेपाली एफ एम हो। तर मैले अहिले त्यति सुन्दिन। जहिले पनि संविधान सभाको चुनाव आउन २७ दिन वाँकि, २६ दिन वाँकी भनेर फुकिरहन्छ। त्यहि भएर मैले सुन्नै छोडें।

यसो भनेर म संविधानसभाको विरोधी भने हैन। खाँटीकुरा के भने, मैले थेसिस सकाउनु पर्ने दिन र चुनावको दिन हाराहारीमा छ।। त्यसैले मैले त्यो दिन सुने भने आतिने गर्छु। धेरै काम गर्नु पर्ने रहेछ यो समयमा। वरु संविधानसभाको चुनावमा भोट हाल्न नपाउँदा दुःख लागेको छ। जीवनमा एक पल्ट पनि भोट हालेको छैन (संसदिय र स्थानिय)। यो संविधान सभाको चुनाव, जुन ईतिहासमा कहिल्यै नभएको चुनाव, मा समेत म मेरो वालिक अधिकारवाट वन्चित हुनुपर्दा सार्है खल्लो महसुस गरिरहेको छु।

जे होस नेपाल नेपाल एफ एम मा:

"संविधान सभाको चुनाव हामिलाई किन चाहिन्छ?..
देशको नयाँ संविधान लेख्न पाईन्छ,
कस्तो सासन मन पर्छ रोज्न पाईन्छ,
यस्तो मौका घरिघरि कहाँ पाईन्छ...."

भनेर महजोडिको गित घन्कि रहेपनि, म भने नसुन्ने विचारमा छु, यो महिना।

| edit post

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors