About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

पोखिएर घामको झुल्का

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, May 28, 2007

गीतकार: हरिभक्त कटुवाल

पोखिएर घामको झुल्का भई सँघारमा,
तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है
सयपत्री फूलसितै फक्री आँगनमा,
बतासको भाखा टिपी बोलूँ बोलूँ लाग्छ है ।

कति कति आँखाहरु बाटो छेक्न आँउछन्,
परेलीमा बास माग्न कति आँखा धाँउछन्
यति धेरै मानिसका यति धेरै आँखाहरु,
मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ है।

उँडू-उँडू लाग्छ किन प्वाँख कहिले पलायो,
मनको शान्त तलाउको पानी कसले चलायो
आँफैंलाई थाहा छैन कसलाई थाहा होला,
यसैले त तिमीसित सोधूँ सोधूँ लाग्छ है।

पोखिएर घामको झुल्का भई सँघारमा,
तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है


| edit post

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors