
यो ठाउँको नाम अंग्रेजी उपन्यासकार De La Warr को नामवाट आएको रहेछ। डेलावेर राज्य Delmarva पेनिन्सुला (Peninsula) को एक भाग हो। पेनिन्सुला भनेको ३ तिर समुन्द्र र एकातिर जमीन भएको भू-भाग हो। अमेरिकाको संविधानलाई स्विकार्ने पहिलो राज्य भएकोले यो राज्यलाई अमेरिकाको "पहिलो राज्य" पनि भनिने रहेछ।
न्यूयोर्क, वासिङ्टन डिसी, फिलाडेल्फिया जस्ता सहरहरु पुग्न यहाँवाट धेरै टाढा नपर्ने रहेछ। कुनैपनि सामान किन्दा ट्याक्स नलाग्ने राज्य भएकोले यो धेरै सामान किन्नेहरुको लागि आकर्षक राज्य हुनसक्छ।