उ चिनियाँ केटो हो र मेरो घनिष्ठ साथी वनेको छ यहाँ। त्यसैले उसको चर्चा गर्न मनलाग्छ मलाई। आजसम्म भेटेका मान्छेहरुमा उ जतिको तेज दिमाख भएको कोही पनि छैन भन्दा फरक नपर्ला। कम्प्युटरको गति मापन गरे जस्तै दिमाखको गति मापन गर्ने हो भने उ सायद सुपरदिमाखवाला मान्छेमा पर्छ। उसका आमावुवा दुवै गणित विषय पढाउने रहेछन्। "मेरो घरमा खाना खाने वेला पनि गणितको कुरा हुन्छ। मलाई गणित एकदमै मन पर्छ"- उसले एकदिन भनेको याद आउँछ। धेरै वयान गर्दिन उसको वरु उसले सिकाएको चिनी-पानी-चिनी नियमको कुरा गर्छु जुन रोचक छ।
X, Y र K तीनवटा नम्वर हुन, X < Y र K धनात्मक हो भने, तलको सम्वन्ध सहि हुन्छ:
X X+K
--- < -------
Y Y+K
जस्तो X= 4, Y =8, K=2 हुन भने,
X / Y= 4/8 = 0.5
(X+K) / (Y+K) = (4+2) / (8+2) = 6/10 = 0.6
0.5 < 0.6
साथीले यसलाई चिनी-पानी-चिनीको नियम भनेर पढेको रहेछ। चिनीपानीको घोलमा ( X = चिनीको तौल, X+Y =चिनीपानीको तौल) थप चिनी मिसाउँदा (K जोड्दा) घोल झन् गुलियो वन्छ ( (X+K)/(Y+K) > (X/Y))।
यो सुत्र धेरै ठाउँमा प्रयोग हुन्छ। उसले यस्ता धेरै कुरा सिकेको छ, त्यही भएर उसको दिमाख तेज छ।

- समाप्त -