About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

हार्दिक वधाई | Congratulation | Félicitations

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, May 21, 2009

ठिक १ वर्ष अघि अर्थात २२ मे २००८, वत्तिहरु चम्कीरहेका थिए AIT मा :


तस्विर १: २२ मे २००८ को एक झलक 

दाईदिदीहरुसँग रमाइरहेका थिए भाइवहिनीहरु:


तस्विर २: भाइवहिनीहरुसँग रमाएका दाइदिदीहरु

आज समयले नेटो काटेको छ, २००९ को मे महिना को २१ पनि कटि सकेको छ। तस्विर १ मा देखाएको चक्र घुमेर सत्ता परिवर्तन गरिसकेको छ। हो सत्ता, किनकी सत्तामा मान्छे फेरिन्छन् तर  कुर्सि उहि  पद उहि। हिजो दाइदिदीहरु वसेका थिए ति कुर्सिहरुमा, आज हिजोका भाइवहिनीहरु। उस्तै कुर्सिहरु, उस्तै वातावरण तर फरक समय। 

"दिन न हो, आखिर आईजान्छ ढिलो चाँढो" [१] । आज प्यारा भाइवहिनीहरुको Graduation को समय आएको छ । [१] मा भनिए जस्तै  टाई, वुटमा सजिएर गाउन लगाउँदै छाति फुलाउदै हिड्ने दिन आएको छतिनीहरुको। थाईल्याण्डको प्रचन्ड गर्मिको पर्वाह नगरी शिर देखि पुछार ढाक्ने कालो गाउन लगाएर AIT को छहारीमा सैनिकको टुकडि जस्तै देखिने गरि हिड्ने समय आएको छ उनीहरुको । अझ आफन्तहरुको उपस्थितिले सुनमा सुगन्ध थप्न थालिसकेको हुनुपर्दछ। 

"त्यसै आउँदैनन् यि क्षणहरु: कैयन प्रहार खाईनुपर्छ प्रोफेसरहरुका, कैयौं रात नसुति विताईनु पर्छ, कैयौ दिनहरु भोकै विताईनु पर्छ, कैयन ग्लासको चिया, कफि सेलाईनु पर्छ, घरवाट 'कता हराएको आजभोलि' जस्ता वचन सुनिनु पर्छ, प्रिन्टरहरुसंग जुध्नु पर्छ, कुर्सिमै निदाउन सक्नु पर्छ, कोठालाई विरानो बनाई ल्यावलाई आफ्नो कोठा बनाउन सक्नुपर्छ, कम्यूटरको किवोर्डमा हातको छाप लागिनु पर्छ, दिन कुन र रात कुन विर्षिनु पर्छ, वर्ड र ल्याटेक्स संग जुध्न सक्नु पर्छ, 'कति ढिला गरेको खान जानलाई' भन्ने साथिहरुका प्रहारहरु सहन सक्नुपर्छ………………………." [१] ।

यस्तो दु:ख सकाएर आएको यो खुसियालीको उपलक्ष्यमा मेरो धेरै धेरै वधाइ साथै  सफल अनि उज्वल भविस्यको अग्रिम शुभकामना !!

References:

[१] Plulbari Blog. Retrieved on 21 May 2009 from http://phulbari.blogspot.com/2008/06/graduation-day.html 

पेरिसमा भलिवल

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 17, 2009

१७ मे २००९

धेरै समय पस्चात भलिवल खेल्ने मौका मिल्यो। AIT मा २००७ मा खेलेको भलिवल पछिको खेल  थियो यो। १६ मे को दिन Complexe Sportif Jean Guimier, Rue Chabrol - Courneuve मा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, फ्रान्स (Association des Nepalais et des Personnes d'Origine Nepalaise Residant en France) ले सो प्रतियोगिता आयोजना गरेको थियो।

१ बजे वाट सुरु हुने भएकोले त्यही समयमा पुग्ने गरि हिडेको थिएँ। Stade de France हुँदै RER B La courneue-Auber Villiers मा रोकिए पस्चात २४९ को वस लिएर Station Jean Mermoz-Henri Barbusse मा पुगियो। त्यसपछि निर्मल अर्याल दाइको सहयोगमा हलमा पुगियो।

समयसँगै निकै जना को जमघट भयो। भलिवल खेल्ने टिमको वनाईएको घोषणा पनि भयो।म पनि एउटा टिममा परेछु :)। को कस्तो खेल्छ, केहि थाहा नहुँदै वनेको हाम्रो टिम गजवकै थियो :)।जम्मा ६ टिम वनेका थिए। यसरी हेर्दा ३६ जना त खेलाडि मात्र थिए त्यहाँ। सवैजनाको गन्ति गर्ने हो भने  करिव ८० - ९० जनाको सहभागिता थियो। धेरै समय पछि नेपालीहरु बिच घुलमिल गर्न पाउँदा रमाईलो भै रहेको थियो।

  1. नेपाली एकता समाज टिम
  2. नेपाली फ्रेन्च आर्मी टिम
  3. साउदि अरव आर्मी टिम
  4. Courneuve टिम
  5. हाम्रो वेनामे टिम
  6. अर्को एक टिम

पहिलो खेल हाम्रो टिम र साउदि अरव आर्मी टिम को पर्यो। पहिलो खेल उनिहरुले जिते (15 -17 ),दोस्रो खेल हामीले (१५ - ५ ) र अन्तिम खेल उनीहरुले (१५ - १७ )। खेल नेपाली चलन अनुसार (जुन टिटि काउन्ट जस्तो न भई, १५ मा हुने गर्छ) मा खेलिएको थियो। जे होस हारे पनि निकै गार्हो गरी जितेका थिए जित्ने ले। तेस्रो गेममा हाम्रो ११ हुँदा उनिहरुको ४ थियो, तर हाम्रो दुर्भाग्य, उनिहरुले हराए । नक आउट खेल भएकोले हारसंगै हामी वाहिरीयौ।

दोस्रो गेम नेपाली फ्रेन्च आर्मी (नेपाली जो फ्रेन्च आर्मी हुन) र नेपाली एकता समाज को टिम रहेको थियो। यि दुई टिम विचको खेल अत्यन्त रोचको थियो। यस्तो लाग्थ्यो यो खेल फाईनल खेल हो। मलाई के लाग्छ भने यो दुई मध्ये जस्ले जित्छ उसले उपाधि हात पार्छ। जे होस हेर्नेको लागि पनि यो खेल एकदम रोचक थियो । आर्मीका खेलाडि हरु हेर्दै ज्यान परेका र छरिता थिए भने नेपाली एकता समाजको टिम धेरै पहिले देखी तयारी गरिरहेको तथा राम्रो थियो। गुरूंगहरुको टिम हो यो, कोही भनिरहेका थिए ।

तेस्रो खेल Courneuve टिम र वाँकिरहेको अर्को टिमको थियो । यो खेल रोचक थिएन।  Courneuve टिम, हाम्रो हाराहारीको होला, ले अर्को नाममात्रको टिमलाई १-१५ र ४ -१५ को सोझो खेलमा हराएको थियो।

१७ तारिखमा हुने खेलवाट माथिका तीन विजयि टिम मध्ये एकले उपाधि हात पार्ने छ। खेल हो जे पनि हुन सक्छ, तर नेपाली एकता टिम उपाधिको दावेदार ठानेको छु।

यसरी पेरिसमा पहिलो पाली भलिवल खेलियो। खेलमा हारजित हुन्छ नै, यो एक हारजितको लागि भन्दा पनि नेपालीहरको जमघट एवं एकताको लागी आयोजित खेल थियो।  खेलका केही तस्विरहरु तल छन्:

तस्विर: Courneuve की कोही ठूली मान्छे उद्घाटन गर्दै, साथमा निर्मलदाइ

तस्विर: NRNA

तस्विर: होमनाथ अर्याल र NRNA का अध्यक्ष

तस्विर:  खेलको नियमको जानकारी गराउँदै

तस्विर: नियमलाई ध्यानपुर्वक सुन्दै :)

तस्विर:  हाम्रो Ad Hoc Team

तस्विर:  हामीलाई हराउने साउदी अरव आर्मिका दाईहरु (कोर्टवाहिर)

तस्विर:  नेपाली एकता समाजका खेलाडिहरु (उपाधीका दावेदार, दायाँ)

तस्विर:  नेपाली फ्रेन्च आर्मीको टिम राम्रो खेल वावजुद नेपाली एकता टिमसँग पराजित

तस्विर:  Courneuve को टिम जसलाई हामीले Trial Game मा हराएका थियौं (सर्माजीको टिम)

तस्विर: Courneuve को टिम सँग भिड्दै अर्को टिम

तस्विर: के भयो हँ?

तस्विर: खेलाडि तथा दर्शक

तस्विर: दर्शक महिलाहरु

गीत: पागल वनाईदेउ

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, May 15, 2009

१५ मे २००९ | © नोवल

पागल वनाईदेउ
--------------------
पागल वनाई देऊ
सत्यतामा वाँच्न सक्छु,
देखेका सारा कुरा
निर्धक्क खोल्न सक्छु॥

म रुन सक्छु त्यतिखेर,
जव वल्छन् मान्छे झैं दाउरा
म कराउन सक्छु त्यतिखेर,
जव वन्छन् लासका खटिया
संभव छ जीउन यसरी,
जव वन्नेछु म पागल
तव मात्र हुन्छ मेरो यो
जलेको मन शीतल॥

भुक्दछन् कुकुरहरु यहाँ
न्यानो खाटमा वसी,
मुठार्छन् जुँगा म्याउँहरु
छत आँगनीमा रमी, 
तर पाउँदैन मान्छे यहाँ,
पेटी रातको शिरानी
पागल वनाईदेउ
मानवता वुझ्न सक्छु,
भरिएको गुजी जालो
मनवाट फाल्न सक्छु॥

म चाहन्न वस्न कसैपनि,
वनी अन्धो आँखा देख्तै,
म चाहन्न वाँच्न कसैगरि,
वनी वैरो कान सुन्दै
पागल वनाई देऊ
सत्यतामा वाँच्न सक्छु,
देखेका सारा कुरा
निर्धक्क वक्न सक्छु 
सुनेका सारा कुरा,
निर्धक्क खोल्न सक्छु
पागल वनाईदेउ,
मानवता वुझ्न सक्छु
पागल वनाईदेउ॥

***

यात्रा: भेनिसको संझना

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, May 1, 2009

भन्छन् "जिन्दगी एक यात्रा" हो। फेरी "जिन्दगी भित्र पनि यात्राहरु" हुन्छन्। त्यसैले "यात्रा भित्र धेरै यात्राहरु"  हुन्छन् तर सवै यात्राहरुको संझना भने हुँदैन। आज कुरा गर्नलागेको यात्रा एक त्यस्तो यात्रा जुन सायदै भुलिएला जिन्दगी भर।

कुरा गत वर्षको हो । हामी ईटाली भ्रमणमा निस्केका थियौं। हुनपनि हामीले ईटालीको सिर देखी पुछार सम्मका चर्चित सहरहरुलाई समेटेका थियौं।  Milan, Rome, Pisa, र Venice  घुमेका थियौ।  

व्यक्तिगत रुपमा  भन्नु पर्दा Rome र Venice जति Milan र Pisa  राम्रो लागेन। हेर्ने नजर आ-आफ्ना हुन नि कसो?। संझिन पनि सजिलो छ Venice घुमेको दिन। अझ त्यो २००७ को अन्तिम रात त विर्षन लायकको छैन। नयाँवर्षको सुरुवात त झन के विर्षनु, ... , संझनाको पोको समयसँगै फूक्दै जानेछ :) । आज भने  भेनिसको संझना स्वरुप यो नोट लेख्दैछु। 

भेनिसको वारेमा, Wikipedia वा अरु कुनै ठाउँमा लामा लामा लेखहरु नै हुन्छन्। सारांसमा भन्नु पर्दा भेनिस एउटा Archipelago हो जुन 18 islands मिलेर बनेको छ (रे)। यो Canal को लागि पनि प्रख्यात छ। त्यहाँ  झन्डै 150 canals छन् (रे) । 

यातायातको कुरा गर्नु पर्दा  Waterbus र Gondola कुरा नगरी रहन सकिन्न। हामीले Gondola भने चढेनौ महँगो थियो क्यारे। पेरिसमा रहँदा Metro (Sub-way) को Map  हेरिन्थ्यो भने त्यहाँ Waterbus को - एक छुट्टै अनुभव थियो हामीहरुलाई। Thailand को जस्तो Sandy Beach भने थिएनन् त्यहाँ वरु समुद्र र क्यानलवाट सिंधै उठेका घरहरु। त्यसैले पनि Venice र थाईल्यान्डका Islands हरुमा प्रिथकता थियो।

Islands का रंगिन घरहरु हेर्दै र पोज पोजमा फोटो खिच्दै दिनभर जलयात्रामा हामी रमायौ। यो ठाउँमा त "यो हिन्दि फ्लिमको सुटिंग भएको, हामी पनि खिच्चौन ....." - साथीहरु भन्दै थिए। साँच्चै नै भेनिस एक रमणिय ठाउँ  रहेछ भन्ने कुरा अनुभववाट थाहा पाईयो।   केही झलकहरु यहाँ राखेको छु।

तस्विर: Grand Canal सायद



तस्विर: पख है, म ईटालीको झन्डा समाउछु

तस्विर: ३ देशमा रहेका ४ जनाको हाम्रो दलवल

तस्विर: Prajwalan र Abha

तस्विर: Islands का रंगिन घरहरु अघाडि तस्विर खिचाउँदै भरत सर

तस्विर: Prajwalan र म

तस्विर: Abha & Bharat

तस्विर: तस्विर आँफै वोल्छ

तस्विर: धेरै पोज मध्येको एक पोज :)

तस्विर: Canal माथिको एक पुल

तस्विर: क्यानल र समुद्रवाट सिधै ठडिएका घरहर

तस्विर: क्यानल र समुद्रवाट सिधै ठडिएका घरहर

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors