About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

फर्किएको खुशी

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, March 25, 2009

माईसंसारको एक फोटोको लागि रचिएको हो यो कविता। फोटोमा एकजोडि परेवा चुच्चो मिलाउँदै रमेको देखिन्छ।

"फर्किएको खुशी"
———————————
है पियारी !
गोली र वारुदमा रुमल्लिएको वेला
तिमी र म,
शान्ति फर्काउन
सँगै उडेका हैनौ ?

तिनीहरुका मन कुँडिएको समय!
भाईचाराको नारा भुलेको दशक
दानवताको विचार मौलाएको वखत
शान्त मैदान रणभूमी वनेको क्षण
हिजो झै लागिरहेछ साथी !

शान्ति!
नफर्किने गरी
पोईलागई भन्नेहरु
जिव्रो टोक्दैछन् आज !
गौतमवुद्धको देशलाई
मारकाटको देश भनेर
गिल्ला गर्नेहरु
फर्किदैको शान्ति देखेर
छट्पटाईरहेछन् !

है पियार !
गुणहरुवाट लखेटिएको
मुटुमा छुरा डविएको
अपहरण र कुद्रिष्टि मौलाएको
वाझ र शिकारीहरुसँग जुधेको
हिजो झै लागिरहेछ !
धन्न यो भूमीमा
तिम्रो र हाम्रो पुकारले
फेरीपनि शान्तिको ध्वनी
गुन्जिनै लागेको छ।

युद्दको धङधङी वाकी नै भएपनि
हल्काफूल्का घटना घटेतापनि
जानुपर्छ नाच्न, दोहोरी खेल्न
पहिलेका रोदिघरहरुमा ।
रम्नुपर्छ आफ्नै घर आँगनीमा
अतितका प्रतिशोधहरु विर्षिएर ।
भुलाउनुपर्छ विगतका पिडाहरु
भाईचाराको गीत गाएर ।
वसिरहन्छ तव पो
आउँदै गरेको शान्ती
युगौ युग सम्म
आफ्नै मात्रीभूमीमा !

काले!
मेरा पियार!
किन लजाउँछौ हो अझै?
मुस्काईदेउन उसैगरि,
जसरी मुस्काउथ्यौ उवेला ।
मर्काईदेउन कम्मर उसैगरि,
जसरी मर्काउथ्यौ उवेला ।
गाऔन गीत उसैगरी,
जसरी गाउँथ्यौं उवेला ।
देउ तिम्रो चुच्चो !
लेउ मेरो चुच्चो !
लौ भन त,
पहिलो पल्ट,
तिम्रो र मेरो आँखा
जुधेको कुन ठाउँ ?

काली!
मेरी पियारी !
उही पशुपतिमा
धन्य पशुपति !
आज फेरी
शान्तिका साथ
उही गुडँमा फर्केर
उही आँगनीमा रम्दै
मेरी पियारीसंग
मिलाउँदैछु चुच्चो
असफल वैरीहरुलाई,
गिज्याउँदै र खवरदारी गर्दै !!
असफल वैरीहरुलाई,
गिज्याउँदै र खवरदारी गर्दै !!
***

AIT Special (6): KHUN SUE को त्यो दिन

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, March 15, 2009

स्रोत: My Facebook Notes

AIT मा रहँदा प्राय: गईरहने रेस्टुरेन्टको नाम हो KHUN SUE । शुरुमा त KHUNSUE एकै शव्द झै लागेको थियो, तर पछि थाहा पाईयो कि यो त खुन र शु मिलेर पो वनेको रहेछ। AIT का शुरुका दिनहरुमा त्यति गैईन्थेन बरु पछि विस्तारै विस्तारै जाने क्रम वढेको थियो। एक पटक नेपाली समाजको पार्टीवाट उभ्रेको वासी भात खुवाएको निउँमा 'छ भाई' को ईंडियनवालाको रेस्टुरेन्टमा काम गर्ने नेपाली मूलकी म्यानमारकी दिदीसंग झगडा पर्यो। त्यसपछि हामी त्यसको रेस्टुरेन्टमा जानै छोडेका थियौ। पछि त नगई सुख नै थिएन। तर पनि सुनजको रिस निकै लामो समय सम्म रहिरह्यो। यसको कारणले गर्दा पनि KHUN SUE मा जाने क्रम वढेको थियो। उसो त नेपाली नयाँ वर्षको पार्टिको दिन खून शु मा 'केक' छ्यापाछ्याप पछिको भागाभागको स्थिती आएको दिन भूल्न त कहाँ सकिन्छ र, तर आज कुरा गर्न लागेको दिन चाँहि अलिक भिन्नै किसिमको दिन को हो।

शायद, शनिवारको दिन थियो त्यो। त्यसैले खुन शु मा गएर खानु पर्छ भन्ने सल्लाह भयो। यस वमोजिम हामी करिव रातको ८-९ बजे तिर साईकल हल्लाउँदै हिड्यौ (शैलेश दाइको चुईकिने साईकल Ha ha ha). मेरो टर्वोको पछि विष्णु वसेको थियो। वैक, भियतनामी रेस्टुरेन्ट, अनि त्यसपछिको अँध्यारोवाटो, पुल हुँदै हामी खुन शु मा पुगेका थियौ।

उसै त लामखुट्टेको विगविगी भएको AIT उसमाथि पानी नजिकैको रेस्टुरेन्ट भएकाले लामखुट्टेहरु मित लगाउन थालिसकेका थिए। खुन शु को पंखाले उनीहरुलाई मितेरी लगाउन केही वाधा पुर्याईरहेको थियो। टि भि मा फूटवल आईरहेको थियो। मैले कुन म्याच थियो भन्ने त भुले, तर हाम्रो नजर त्यो रोचक खेलमा परिरहेको थियो ।

सदाझैं तोमयम सुप, कोकोनट सुप, भात, माछा, कोकाकोला आदि अडर भएको थियो। खेलेर होला सवैजना साथिहरु थकित देखिन्थे। हामीले फूटबल हेर्दै खाना खाएका थियौ।

फर्किने वेला भईसकेको थियो। सुनजले खुन शू की मोटिसंग विल माग्दै थियो। "ओ, आज यती धेरै ?" उसले छक्कपर्दे सोधेको थियो।

" भाईहरु LAOS को हो ? " -उसले सोधेकी थिई।

" हैन, किन र ? LAOS को जस्तै लाग्छ र ?"-सुनजले भन्यो।

"त्यसो त हैन, तर आज तिमीहरु LAOS को झै लाग्यो" - उसले वोली।

" हैन हामी LAOS को, हामी त नेपाली हौ। तर तपाईले कसरी LAOS को भनेर भन्नुभएको ?" -सुनज वोल्दै थियो।

"LAOS का हरुले धेरै भात खान्छन्, आज तिमीहरुले उनीहरुको भन्दा पनि धेरै खायौ "-उसले हाँस्दै भनी।

"हा हा हा हा हा, ए केटा हो आज कति खाईएछ यार...."- सुनजले भन्यो।

हामी पनि पेट सुम्सुम्याउँदै, हाँस्दै निस्कियौ।

रेस्टुरेन्टवालाहरुले धेरै खाने ग्राहक पाउनु त गर्वको कुरा हो। त्यसैले तिनीहरुले नै 'कति खाएको' ? भन्नु पक्कै पनि सामान्य घटना थिएन। सधै गईराख्ने भएकोले उसले हाम्रो अनुहार सजिलै चिन्थी। यो घटना पस्चात जव जव हामी उसकोमा जान्थौ, तव तव उ हामीलाई देखेर ङिँच्च हाँस्थी। उसको हाँसो पस्चात हामी संझन्थ्यौं त्यही क्षण: " हामी LAOS को हैनौ, नेपाली हौ" । सायद उसले सोची होली LAOS वाट आउनेले भन्दा वढी त नेपालीहरुले खाने रहेछन्। तर उसलाई के थाहा हामी कति भोकाएका थियौ त्यो दिन भनेर, कसो शैलेश दाई ;) ?

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors