"दिन न हो, आखिर आईजान्छ"- यो उखान नै होस् वा अरु कसैको भनाई, आफूलाई त औधि मन पर्छ। अलिकती थप्न मन लाग्छ: "दिन न हो, आखिर आईजान्छ ढिलो चाँढो"।
यस्तै दिनमध्येको एक दिन थियो ठिक एक महिना अघि, धेरैजना साथिहरुले पर्खिबसेको। हो नि, २००८ मे २२ को दिन अर्थात हाम्रो Graduation Day थियो। AIT को १०९ औं ब्याच भएर हामी Graduate भएका थियौं। न त चाँढो, न त ढिलो ठिक समयमै हामी पास भयौं र जिवनमै पहिलोपालि अन्तर्राष्ट्रिय डिग्रि लिन सक्षम भयौ।
घरका भित्तामा राखिएका Graduation का फोटोहरु क्या मज्जाका देखिन्थे। तर कता कता अपुरो जस्तो लाग्ने आफ्नो फोटो नहुँदा चाही। यो दिन संगै त्यसको पूर्ति हुने समय पनि आयो।
वयान गरेर साध्य छैन २२ मे को दिन। टाई, वुटमा सजिएर गाउन लगाई हिड्दा छाति फुलेको अनुभव हुने। सवैलाई एकै रंग, एकै ड्रेसमा देख्दा सैनिकहरुको जमात जस्तो लाग्ने। वधाईका वाणीहरु सहित हँसिलो अनुहार अनि दंग परेको मन हाफ टिसर्ट, हाफ्पाईन्टमा पनि गर्मी हुने थाईल्याण्डको भूमीमा गर्धन मुनी पुरै ढाक्ने त्यै पनि कालो कपडामा सजिएर हिडिरहँदा सितल अनुभव गरिरहेको थियो। कति जना त आफ्नो आफन्तलाई दायाँ-वायाँ लगाई आफ्नो सान देखाई रहेका देखिन्थे। अत्यन्तै रमणीय वातावरण अनि एक जुगमा एक दिन आउने क्षण। लाग्थ्यो आज निकै ठूलो कुरा हात पारेका छौं।
त्यसै आउँदैनन् यि क्षणहरु: कैयन प्रहार खाईनुपर्छ प्रोफेसरहरुसँग, कैयौं रात नसुति विताईनु पर्छ, कैयौ दिनहरु भोकै विताईनु पर्छ, कैयन ग्लासको चिया, कफि सेलाईनु पर्छ, घरवाट 'कता हराएको आजभोलि' जस्ता वचन सुनिनु पर्छ, प्रिन्टरहरुसंग जुध्नु पर्छ, कुर्सिमै निदाउन सक्नु पर्छ, कोठालाई विरानो बनाई ल्यावलाई आफ्नो कोठा बनाउन सक्नुपर्छ, कम्यूटरको किवोर्डमा हातको छाप लागिनु पर्छ, दिन कुन र रात कुन विर्षिनु पर्छ, वर्ड र ल्याटेक्स संग जुध्न सक्नु पर्छ, 'कति ढिला गरेको खान जानलाई' भन्ने साथिहरुका प्रहारहरु सहन सक्नुपर्छ……………………….।
तर डराउनु हुन्न। Graduation पछि यि सवकुराहरु साधारण लाग्ने रहेछन्। डिफेन्सको १ दिन अघि सम्म पनि मेरो Extension हुनसक्छ जस्तो लाग्ने क्षणहरु 'ओ हो, मैले त्यो पनि गर्न सकेछु है' जस्तोमा परिणत हुने रहेछन् Graduation पछी । यस्तो लाग्छ Graduation भनेको कलेजले आफ्नो शान देखाउने, विध्यार्थिले आफ्नो क्षमताको कदर भएको देखाउने, अनि विध्यार्थिले भोगेका सवै तिता अनुभवलाई विर्षिन लगाउने कलेजको एक कार्यक्रम हो। जे होस Graduation Graduation नै हो, जसलाई अरु कुनै कुराले प्यास मेटाउन सकिन्न।




