About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

आवस्यकता कुसल चालकको

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, February 24, 2010

'राता'- मेरो एक घनिष्ठमित्रसँग च्याट गर्दै छु। उ नेपालमा छ। ईन्जिनियर हो, राम्रै ठाउँमा काम गर्छ। तै पनि गार्हो छ वस्न भन्छ उ। म नेपाल नगएको नि २ बर्ष हुन लाग्यो। यो अवधिमा सरसामान, खाध्यान्य लगायत सवैकुराको भाउ वढेर सर्वसाधारणको ढाड सेक्न थालेको छ भन्ने समाचार पढेको छु। राता भन्दै जान्छ:

(05:06:43 PM) Rata: kathmandu ma aba gau bata hami jasari ayera padna ta muskil cha yar....
(05:06:59 PM) Rata: arulai kasto hola....
(05:07:17 PM) Me: :(
(05:07:20 PM) Rata: very expensive.....

मलाई सार्है दु:ख लाग्छ। राम्रो जागिर गर्नेहरुलाई त वाँच्न गार्हो भएको वेला अरुलाई कस्तो भएको होला ? म च्याट गर्न छोडेर कल्पिन थाल्छु। कतिका सपनाहरु महँगीले गर्दा गुमेका होलान्। सपना मात्रै के भन्नु, ज्यान नै गुमे होलान् खान नपाएर ... :( ठूलो परिवार भएका छिमेकीहरु हलक्क वढेका वढै छन्। सानो जान भएपनि हाम्रो देशले दिशा गुमाएको देख्दा मन नै खल्लो भएर आउँछ। खै के हुने हो, म त सार्है नराम्रो भविष्य देख्दैछु। नेपालको खवर पढ्न छोडेको छु, निरासाको खवरले पन्ना भरिएको हुन्छ...। मरोस् सोचेर केही उपलव्धि छैन...जे हुन्छ हुन्छ...। कुनै दिन यो लेखमा फर्किएर उ वेला यस्तो समेत समय आएको थियो हाम्रो देशमा भनेर पढ्न पाईन्छ भनेर नै यो लेख लेखेको हुँ। दिशा गुमाएको जहाजलाई सम्हाल्ने कोही कुसल चालक (चालकदल) आईदिए कति खुशी हुईन्थ्यो होला गाँठे ...


- समाप्त -

वधाई रमेसजीलाई

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, February 20, 2010

रमेसजीको विहे भएको नि २ महिना भयो, तर फोटो भने भर्खरै पाउँदै छु। विदेशमा हुँदा साथीभाईको विहे चाँहि छुट्दो रहेछ। कस्तो रहर थियो रमेसजीको विहेमा जन्तजाने, तर परिस्थिति,...। पुल्चोक क्याम्पसमा बि. ई. पढ्दा, होस्टेलमासँगै वस्दा गरेका रमाईला कुराकानीको याद आयो :) । टाढैवाट भएपनि  फेरि एकपल्ट धेरै धेरै वधाई रमेसजीलाई। सफल वैवाहिक जीवनको हार्दिक शुभ-कामना !

Ramesh jee & His dulahi
तस्विर: रमेसजीको जोडि

- समाप्त -

पहिचान गुमाउँदै छ नेपाली भाषा

Posted by Nobal Niraula ( नोवल निरौला )

भाषा भन्ने कुरा पनि विचित्रकै कुरा हो। आफ्नो कुरा अरुलाई सुनाउन, अरुको कुरा सुन्न यही भाषाको प्रयोग हुन्छ। अझ मात्रीभाषाको महत्वको त कुरै नगरौ।संवेदनाहरु पोख्नको लागि मात्रीभाषा भन्दा अरु कुनै भाषा सहज हुन्छ जस्तो लाग्दैन। दोस्रोभाषा भनेको दोस्रै हुन्छ, जति नै जाने पनि सवैकुरा व्यक्त गर्न सकिन्न।

भाषा पनि परिवर्तनशील हुने रहेछ। प्रिथ्विनारायण शाहको पालामा वोलिने नेपाली र आजको नेपालीमा धेरै भिन्नता आईसकेका छन्। आजको नेपाली भाषा भोलिको नेपाली भाषा भन्दा निकै प्रिथक हुनेछ। अहिले नै पनि गाउँघरमा वोलिने नेपाली भाषा र शहरमा वोलिने नेपाली भाषा विचमा अन्तर देखा पर्न थालेको छ। यस्तो लाग्छ सहरको नेपाली गाउँमा बुझिदैन र गाउँको नेपाली सहरमा वुझिदैन। म केहि समयमा उदाहरण दिएर प्रष्ट पार्ने छु। अझ विस्वमा नेपालीहरु फैलिन थालेपछी नेपालीभाषामा थप परिवर्तन आउन थालेको छ - अरु भाषाको प्रभाव पर्न थालेको छ।

अन्तरवार्ता

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, February 9, 2010

कुनै समयमा लिएको यो भिडियो मेरो मोवाईवाट हटाउनु भन्दा यसो व्लगमै राखे राम्रो हुने लागेर यहाँ राख्दैछु । यहाँ राखेपछि त जुनी भरीसम्म नै हुने भो नि। मोवाईल त हराउन पनि सक्छ। भिडियो राम्रो नभएपनि के भो र, सम्झना न हो। सार्है नै रमाईला दिनहरु थिए वाई।



- समाप्त -

खोलाको आवाज

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, January 28, 2010

खोलाको आवाज: "माथि गाउँभरी पानीको हाहाकार छ, गाउँतल चिच्चाउँदै म वग्छु। कसैले वुझ्न सक्दैनन् मेरो आवाज। उनीहरु म सुसेल्दै र रमाउँदै वगेको ठान्छन् । तिनीहरुलाई के थाहा यो मेरो सुसेली हैन चिच्चाहट हो। हो चिच्चाहट, जसले जन्मथलोमा उपयोगीकाम नगरी वहिरहनुपरेको छ। म सुसेली र चिच्चाहट छुट्याउन सक्ने राजनेताको आशमा वर्षौदेखि छट्पटाउँदै वगिरहेंछु वगिरहेंछु...."

Ambika दिदीको कमेन्ट :):
खोला आफैमा सुन्दर छ, जता बगे पनि कोही न कोहीलाई दिन सक्ने उसको खुबी छ. सुसेली र चिच्याहट छुट्याउन नसक्ने राजनेताका बिचमा आफ्नो उपयोगिता देखाउन नपाएकोमा धेरै बिस्मात नगर्नु नै बेस खोलाले / तर मन त हो खोलाको कहाँ मान्छ र, तीस प्रतिसत आफ्नो छ्यमता कम भैरहेको छ मात्र बिबसतामा

- समाप्त -

के फूल फूल्यो खोली तिरैमा

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, January 26, 2010

हरिदेवी कोईरालाको यो गीत मलाई मनपर्छ । गितको भाका अनि मादलुको ताल निक्कै राम्रो छ ।


Lyrics:

{के फूल फूल्यो खोलि तिरैमा, टपक्कै टिपेर लाउँला शिरैमा}२

के सन्देश वोकि ल्यायौ

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, January 16, 2010

मलाई मन पर्ने अर्को एक गित: के सन्देश वोकि ल्यायौ, हे वादल, आकाश छोपी । लाहुरेको भूमिकामा रहेर कुमार सानुले गाएका छन यो गित। एक लाहुरेले घरमा के भईरहेको होला भनेर कल्पना गर्दै गाएको गित हो यो। आफू लाहुरे नभएपनि कथाहरु, ब्यथाहरु मिल्छन्। शव्दहरु, संगित र स्वर निकै राम्रा छन्।

YouTube भिडियो यहाँ:



Lyrics:
----------------
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी
परदेशीको गाउँघरमा (केहि विपत्ति पर्यो कि ) २
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी

फर्फराउँछ आँखा आज, चर्चराउँछ छाती
माया मार्यो लाहुरेले भन्दा होलान् साथी
हो हो हो हो हो हो हो हो हो
गुराँसको थुँगा जस्ति मेरी मनकी रानी
रुँदैछिन कि पधेरीमा हुँदै पानी पानी
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी

(ओछ्यानै पो परिन् कि त दमकी रोगी आमा
वावा छन् कि विपत्तिमा आँङमा छैन घाम) 2
हो हो हो हो हो हो हो हो हो
भद्रकाली, दक्षिणकाली, मनकामना माई
रक्षा गर्नु सधैं भरी छोराछोरीलाई
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी
परदेशीको गाउँघरमा (केहि विपत्ति पर्यो कि ) २
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी


- समाप्त -

छुट्नै मन छैन मलाई

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, January 15, 2010

रेडियो सगरमाथावाट आउने संगीत आकाशमा कार्यक्रममा सुनेको यो नेपाली गजललाई निरा रानाभाटले गाउनु भएको हो । भर्खरै निकालिएको 'सम्भावना' गजल संग्रहको एक गजल रहेछ यो (हेर्नुहोस यहाँ)। मलाई निकै मनपर्यो र म विस्वस्त छु की यो गजल निकै चर्चित हुनेछ ।गजल :

लेखन: डा. क्रिष्णहरि वराल
गायन: निरा रानाभाट
एल्वम: संभावना

{छुट्नै मन छैन मलाइ, कति छिटो वित्यो समये} 3
कस्तो हुन्थ्यो होला जिन्दगी, यदि कुनै वन्धन नभए
छुट्नै मन छैन मलाइ, कति छिटो वित्यो समये

{तिमीले दिए दुख्खै पनि, मेरोलागि माया वन्छ } 2
{मेरो लागि माया वन्छ}
कसरी पो वित्ला यो जीवन, तिम्रो मिठो मायै नरहे
कस्तो हुन्थ्यो होला जिन्दगी, यदि कुनै वन्धन नभए
छुट्नै मन छैन मलाइ, कति छिटो वित्यो समये

एकै पल भेट्न पनि, फेरि कति कुर्नु पर्ला
{फेरि कति कुर्नु पर्ला}
कति खुसि हुन्थ्यो होला मन, समय यो वहँदै नबहे
कस्तो हुन्थ्यो होला जिन्दगी, यदि कुनै बन्धन नभए
{छुट्नै मन छैन मलाइ, कति छिटो वित्यो समये}


- समाप्त -

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors