I love writing and reading articles, traveling places, making friends etc...
Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.
कति वोक्छौ डोको आमा, कति खन्छौ वारी गर्छौ कति मेलापात, दु:ख गरी गरी फूलि सक्यो कपाल तिम्रो, चाउरि पर्यो गाला लाग्दो होला आसा कति, लाग्दा वुढेस काल
यस्तै यस्तै कुरा गर्यो, फूनमा छोराले घुम्न आउँछौ काठमाडौ, सोध्यो कालेले हुन्छ भनें मैले पनि, मनको ईच्छा मेट्ने त्यै भएर हिडेंकी म, एक हप्ता पहिले
छोरो मेरो पाउरदारी, जागिर नि राम्रो त्यै भएर पोहोर साल, सुन पनि हाल्द्यो यसपाली गुनिउ चोलो, जुत्ता अनि चुरो यस्तो लाग्छ दु:ख मेरो, भाग्दैछ कि जस्तो
घर मेरो माने भन्ज्याङ्, माईति मेरो ठोक्रे आएँ म त काठमान्डु, छोडि वुढो मैले अस्ति घुमें पशुपति, हिजो नारानथान आज आछु स्वयम्भूमा, भोलि चाँगुनारान
छोरो भन्छ कति राम्रो, आहा काठमान्डु आँखा मेरो कमजोर भो, के भन्नु भन्नु छोरो मेरो वाठो पर्यो, लायो वुध्दी पनि पाँच रुपें तिरीकन, मिलाईदियो दुरविन
कति राम्रो ठाउँ आहा, कति राम्रो वस्ती यै वस्तीमा वस्न पाए, हुन्थ्यो होला मस्ती कति अग्लो धरहरा, देखें घन्टा-घर यस्तो लाग्छ यो ठाउँमा, झरेको छ स्वर्ग
अमिन जग्गा नाप्न आउँदा, हेरेकी थें दुरविन निक्कै राम्रो लागेको थ्यो, पारि रानी वन यो दुरविन त अझै राम्रो, कत्ति नजीक ल्याउने निक्कै राम्रो लाग्यो आज, मेरो भाग्ये माने
वुढो भने धान काट्न, लाग्ने भर आनन् यस्तो राम्रो देख्ने ठाउँमा, घुम्न पनि पानन् छोरो होस्त काले जस्तो, धेरै माया गर्ने भाग्गे मैले ल्याकै रै छु, आज मैले माने! भाग्गे मैले ल्याकै रै छु, आज मैले माने!!
मानव जिवनमा Internet एक अंगको रुपमा परिणत हुँदैछ। प्रयोगका हिसावले सुचना आदान प्रदान देखि किनमेलसम्म अनि पहुँचका हिसावले विकसित देखि विकासोन्मुख देशसम्म यसको प्रयोग हुन्छ। हातमा खेलाउने मोवाईलमा समेत चलाउन मिल्ने भएकोले यसको प्रयोग व्यापक रुपमा हुने गरेको पाईन्छ। वाजुरामा वसेर वैंककका समाचार अनि न्युरोडमा वसेर न्युयोर्कका उतार चढाव नियाल्न ईन्टरनेटको प्रयोगले सहज वनाईदिन्छ।
यो वेला Internet ईमेलको लागि मात्र हैन साथिभाईहरुसंग चिना परिचय राख्न पनि प्रयोग गर्ने गरिन्छ। त्यस्तै सुविधा दिन लागिपरेको एउटा नाम हो फेस वुक (Facebook) र यसको वेव ठेगाना हो (www.facebook.com)। Internet को प्रयोग गर्नेहरुले यसको नाम पक्कै सुनेको हुनुपर्दछ। यसले प्रयोगकर्तालाई आफ्नो वारेमा अरुलाई जानकारी दिन र आफूलाई मनपरेकाहरुसंग कुराहरु आदनप्रदान गर्न सघाउँछ। फोटाहरुलाई राख्न, भिडियोहरुलाई राख्न अनि लेख तथा रचनाहरु राख्न, जन्मदिनको सुचना, आदि आदि राख्न मिल्छ। सवैकुराहरुलाई एकै थलोमा वसेर चलाउन पाउनु यसको विषेशता नै हो। अझ, आफू अहिले के गर्दैछु भनेर पल पलको विवरण नि राख्न मिल्छ। जस्तो कि म अहिले खाना पकाउन गएको छु, म घुम्न गएँको छु, म पढ्दै छु, आदि आदि । यसमा पुराना साथीहरुको पूनर्मिलन गराउन देखी, नयाँ साथी खोज्न पनि मिल्छ। त्यसैले यस्ता वेवसाईटहरु अहिले एकदम चर्चामा छन्।
कुरा भर्खरैको हो। एकजना साथिले फेसवुक मार्फत साथि वनाउ भनेर अनुरोध गरेका रहेछन्। खासै ठुलो कुरा कहाँ हो र हैन? लाग्न सक्छ कसैले साथी वनाउ भनेर लेख्दैमा के भो र, मन परे साथी वन नत्र के को टेन्सन् नि हैन? अहँ, म अलिक असहमत छु अनि गम्भिर पनि। मलाई साथीको अनुरोध पठाउने व्यक्तै उनै हाम्रा प्रधानमंत्री हुन् अर्थात पुष्पकमल दाहाल 'प्रचन्ड'। प्रधानमंत्रीले मलाई साथी वनाउन, अनुरोध गरेको? असंभव झै लाग्छ। असंभव नहुन पनि सक्छ- अहिलेका नेताहरुले ईंटरनेटलाई प्रयोग गरेर आफ्ना भावनाहरु, आफ्ना आदर्शहरुलाई वाढ्न खोज्नु कुनै अनौठो कुरा होईन। मैले अनुरोधकर्ताको फोटो हेरेँ, हो, उनै प्रधानमंत्री नै हुन्। म एक कदम अघाडि वढें र प्रधानमंत्री भनाउँदाका साथिहरुलाई हेरें। यो लेख लेख्दासम्म मैले उनका ५ जना साथीहरु देखें र म यहाँ नाम खुलाउन चाहन्न उनका मित्रहरुको। कुरा के भने, उनका साथीहरुमा कोही पनि राजनितिज्ञ छैनन्। म सोच्न थालें, के 'प्रचन्डले वावुराम भट्टराईलाई साथी नवनाई, उनका मन्त्रिमण्डलका सदस्यहरुलाई साथी नवनाई एक अपरिचित नेपालीलाई म तिम्रो साथी बन्न चाहन्छु भनेर अनुरोध पठाउँछन् ? यो असंभवकुरा त हैन, तर क्षिण संभावना भएको कुरा हो। त्यसैले यो अनुरोध कसैवाट उनको उपमा राखेर निर्मित भ्रमपूर्ण अनुरोध हो भनेर म निस्चित प्राय: भएँ। प्रमाण स्वरुप मैले उनको अनुरोधलाई तलको तस्विरमा देखाएको छु।
तस्विर: के यी प्रयोगकर्ताहरु वास्वविक प्रयोगकर्ता नै हुन त ?
कुरा प्रचन्डको मात्र हैन, ३ महिना अगि वावुराम भट्टराईलाई साथी वनाउ भनेर मलाइ मेरो एकजना साथिको अनुरोध पनि आएको हो। तर मैले यसलाई अझ सम्म पनि मानेको छैन। यसको प्रमाण पनि यहि माथिको तस्विरमा देख्न सकिन्छ।
कुरा साधारण लागे पनि यो एकदम ठूलो चुनौतीको विषय हो जस्तो लाग्छ। दुरुपयोग गर्नेहरुले यसलाई नराम्ररी प्रयोग गर्न सक्छन्। मैले माथि उल्लेखित गरे झैं यदि यि 'प्रचन्ड' को नामलिई मलाई अनुरोध गर्नेले यस्तो पनि लेखिदिन सक्छन्: Prachanda is going to marry Indian politician …. वा, Prachanda is buying AK4 ... आदि आदि। यि त केही उदाहरणहरु भए, तर यस्ता कैयन उदाहरणहरु हुन सक्छन् र निकट भविस्यमा यि नघट्लान भन्न सकिन्न।
गिरिजाप्रसाद, माधवकुमार, प्रचन्ड, वावुराम जस्ता राजनितिक नेताहरु; राजेस हमाल, निरुता सिंह जस्ता नायक नायिकाहरु; रामक्रिष्ण ढकाल, लोचन भट्टराई जस्ता गायक गायिकाहरु आदि आदि देशका चर्चित मान्छेहरुले Facebook जस्ता ईंटरनेटमा उपलब्ध Application हरु चलाउनै हुन्न भन्ने हैन। तर, विना अनुमती तिनीहरुको नाम कसैले प्रयोग गरेर गम्भिर षडयन्त्र नरच्लान् भन्न सकिन्न। अंतमा संपूर्ण पाठक वर्गमा विना आधिकारिकता कसैलाई पनि विस्वास नगर्न एवं समाज र देशमा नाम कमाएकाहरुको नामको दुरुपयोग गर्नेहरुलाई भविष्यमा हुन सक्ने गंभिर घटनाहरुप्रति अग्रिम सचेत हुन यो लेखले सहायता गर्ने छ भन्ने कुरा मैले आशा लिएको छु। साथै, माथि उल्लेखित मानिसहरु Facebook का वास्वविक प्रयोग कर्ता हुन् या हैनन् भन्ने कुरा सम्वन्धित पक्षसंग सोधपुछ गरी थप प्रष्ट गरिदिन माईसंसार युनिटलाई आग्रह पनि गर्दछु।
Posted by
Nobal Niraula ( नोवल निरौला )Thursday, October 23, 2008
न त साहित्यमा खप्पिस परियो, न त गहिरो अध्ययन नै छ। तै पनि मेरा यि हातहरु प्रयास गर्दैछन् लेखहरु लेख्न। माईसंसारको एक फोटोको लागी मैले कविता लेखें। फोटोमा केहि जवानहरु होडिंग वोर्ड वनाउन खम्वाहरुमा चढेका देखिन्छन्। त्यही तस्विरलाई मध्यनजर राखेर मैले यो कविता वनाएँ।
कविताको परिभाषा राम्ररी थाहा छैन। तर मेरो मगजमा कविता वारे जे थाहा छ , त्यस अनुरुप यो लेख कविता नै हो। के थाहा वास्वविक परिभाषाले यसलाई कविता नठराउन पनि सक्छ।
******************************* तिर्न रिन लागेका, बस्न आफ्नै घरमा पढाउन वालवच्चा, हँसाउन जिवनमा लागेथें म विदेश, कमाउन भनेर वोकेका ति सपना, पुर्याउन भनेर
गार्हो भयो खाडिमा, मरुभुमी गन्हायो पड्क्यो वम ईराकमा, छाति मेरो चर्कियो खियो मेरो शरिर, सुक्को हात नलागी विते मेरा रातहरु, खुल्ला आकाश मुनी
देखें मैले विदेश, भोगे कैयौं ती सास्ती लाग्यो स्वर्ग स्वदेस, फर्के म त अस्ती आछ शान्ती देशमा, छैन जस्तो पुरानो भछ आज सहज, पाउनलाई कामराम्रो
वोकें मैले कोदालो, खन्न आफ्नै माटोमा झारें मैले पसिना, सिन्चाउन पाटोमा टिपें मैले कलम, लेख्न आफ्नै पनमा चढें मैले टावर, राख्न 'शान्ति' भूमीमा
लिन्छु म त जोखीम, चम्काउन नेपाल ! लिन्छु म त जोखीम, वनाउन नेपाल !! लिन्छु म त जोखीम, हँसाउन नेपाल !!! लिन्छु म त जोखीम, चिनाउन नेपाल !!!!
ठूलो निधारमा कति पनि खालीठाउँ नराखी टिकाले भरिदिए वुढाले। "माईली तेरा संतानले डाँडा काँडा छाउन, दिर्धायु हुनु,…."-वुढाले यस्तै यस्तै धेरै आसिक दिए माईलीलाई।
समय न हो, उसको विहे भयो अनि धेरै संतानहरु पनि। आधा दर्जन वढी कि आमा हुँदा पनि किंचित झन्जट थिएन माईलीलाई। सुरुमा त माईली झर्को मान्थी झ्याउझ्याउँ कराई रहने छोराछोरीहरु देख्दा। साना साना कुरामा पनि लुछालुछ गरेको देख्दा। तर वानी त रै छ, माईलीलाई विस्तारै यी झ्याउझ्याउँ लाग्ने आवाज संगीत बन्न थाले। कुनै दिन झगडा गरेनन् छोराछोरीले भने अचम्म मान्थिन उनी।
समय वित्दै गयो, छोराछोरी वढ्दै गए। कस्तो समय आउने रहेछ जिवनमा। १६ बर्ष कट्यो कि छोरो घर छोडेर हिड्ने अनि छोरी पनि उसैको घर जाने ढोका खुल्दो रहेछ। एक जनाले घर छोड्दा केही भएन, तर एक एक गरेर जाँदा जाँदै आज माईली एक्लिएकी छिन। आज माईलीका संतान प्रिथ्विका कुना कुना पुगेर डाँडा-काँडा ढाकेका छन् यस्तो लाग्छ वुढाले दिएको आसिक जस्ताको तस्तै लागेको छ माईलीलाई।
अरु समयमा त मन थाम्न सक्छिन, तर जव जव चाढ पर्व आउछन् तव तव माईलीको गह आँशुले भरिन्छ। अघि चाढ पर्वमा खुसीहुने मन अहिले रुन्छ। भड्डु भरि खानापकाएर सवैलाई खानदिंदा कति आनन्दित हुन्थ्यो उनको मन। आज चारो खाने संतान सम्म छैनन् उनका सामु। "मेरो छोराले ल्याईदिएको यो सारी अनि मेरी छोरीले ल्याईदिइछे यो चुरा"-भनेर गाउँका आईमाईले भनेको सुन्दा कान अर्को दिशामा फर्काउनु बाहेको केही उपाय छैन माईलीलाई। मान्छेका छोरा छोरी भटाभट घरमा फर्किदा माईलीभने भक्कानिएर वस्छिन। "उसका २ जना छोराछोरीमा दुवै जना आएका छन, नानी मेरा आधा दर्जन वढी हुँदा आज आमा भन्ने कोही छैनन्"-माईली गाउँमा कसैका छोराछोरी आएको खवर सुन्दा यस्तो प्रतिक्रिया दिन्छिन् अनि सुक्क सुक्क गर्छिन।
माईलीका लागि आमा भन्ने सहारा नै छैन। वरु चाढपर्व नै नआवोस जस्तो लाग्छ। वुढाकोमा गएर आसिक फिर्ता लिउँ जस्तो लाग्छ माईलीलाई तर के गर्नु न त ति वुढा नै छन् अहिले; वुढा भए कै भए पनि न त पनि माईली हिडेर नै पुग्ने अवस्थामा नै छिन अहिले। केवल माईलीसंग छ त एक गजल:
घरमा कालो खसी काट्दा खुसी हुने कोही छैनन् दर्जि दाइले लुगा सिउँदा फूर्कि लाउने कोही छैनन्
बजाउँदा दर्जी दाइले आँगनमा मंगल धुन मन रुँदा आमा भनी वोलाउने कोही छैनन्
सन्तान् संझी गनिरँदा जेठो माईलो साइलो कान्छो भनी बोलाउँदा हजुर भन्ने कोही छैनन्
थालभरि अक्षता र जमराले सजाउँदा साईतमा टिका थाप्ने छोराछोरी कोही छैनन्
पिङ खेल्ने कोही छैनन् खल्लो लाग्यो यो दशैं त सबै संझी रोइरदा आमा भन्ने कोही छैनन् ।
जति जति दशैं नजिकिन्छ उति उति उनी गुनगुनाई रहेकी हुन्छिन त्यही गजल। माईलीको गजल सुनिदिने स्रोता खोज्दै अघि वढ्न खोजिरहेछ, बुझाईदिनेको खोजिमा बढ्न खोजिरहेछ तर सुख्खा हावाको अवरोधमा कतै हराइरहेको छ उनका संतानहरुका डाँडाकाँडा सम्म नपुगी…….।
Posted by
Nobal Niraula ( नोवल निरौला )Friday, September 12, 2008
भनिन्छ नि, संगितको कुनै भाषा हुन्न। जुनसुकै भाषामा लेखिएको गित होस न, त्यसलाई संगित मिसाएर वजाएपछि जो सुकैको कम्मर मर्किन, मुख चल्न सुरू भई हाल्छ। तर कम्मर मर्काईको मात्रा अनि मुख चलाईको गति उमेर, संक्रिति, अनुभव र वातावरण पिच्छे वेग्लै हुनु स्वाभाविकै हो। मैले पनि यो फ्रेन्च गित सुन्दा यस्तै यस्तै अनुभव गरें। अर्थ नबुझे पनि सुन्नेको जिउ, ओठ भने चल्छ भन्ने कुरामा मलाई कुनै संका छैन।
Posted by
Nobal Niraula ( नोवल निरौला )Saturday, September 6, 2008
- Sept 5, 2008. INT Evry, France.
अगिल्लो बर्षको यहि दिन क्या गजवको थियो। त्यसदिनको बर्णन त मैले 2007 को September को व्लगमा नै उल्लेख गरेको छु। मलाई झलझलती याद आईरहेको छ। त्यो परिचित ठाउँलाई छोड्दै नयाँ अपरिचित ठाउँमा प्रस्थान गर्ने अगिल्लो दिन हर्ष अनि विस्मतमा चुर्लुम्विएको थिएँ म। समय न हो, वर्ष दिन पछि त्यहि समयको त्यही अनुभवको लागि कोही छानिएका छन्। उनीहरुका पनि मेरा जस्तै अनुभवहरु पक्कै छन्। हो त मेरा जुनियर्सहरु आएका छन् आज। ५ जना रहेछन्:Mr. Jagadish (Nepalese), Mr. Siddartha (Nepalese), Miss Sophia (Cambodian), Mr. A (Thai), Mr. Jean (Vietnamese).
गतसाल हामीहरु ६ जना थियौं जसमा ५ जना ICTर १ जना TC को। तर यसपाली २ जना Computer Science का रैछन्। गत साल ६ जना नै केटा, यो पाली ४ जना केटा। अगिल्लो बर्ष आएकाहरु मध्ये हामी ३ जना अहिले सम्म पनि यहाँ नै छौ, वाँकी Asia मा: सिंगापूर (Mr. Linn), थाईल्याण्ड (Mr. Bharat), श्रीलंका (Vijaya) । यि त संख्यात्मक तुलनाहरु हुन्। गुणात्मक हिसावले त त्यहि समय पार गरेर आउने जुनियर्सहरु सिनियर्सहरु भन्दा राम्रा नै हुन्छन् जस्तो लाग्छ मलाई त।
गतसाल हामी आउँदा १ जना सिनियर्स थिए, यसो मुख देखाएर गायव भएका थिए। तर यसपाली हाम्रा जुनियर्सहरु भाग्यमानी परेछन्। हामी ४ जना (Wikum, Tayyab, Siva सहित) ले त्यस्तो एक्लो महसुस गर्न दिएनौ पहिलो दिन। बरु आलु चाम्रे पकाएर खान दियौं। तैयवले रमजानको व्रत लिईरहेको छ यो बेला। सायद उसलाई हतार थियो क्यारे, अलि काँचै निकाल्यो। तै पनि मिठै थियो। Wikum र Sivaले पनि खानेकुरा ल्याएर वातावरणलाई रोमान्चक वनाएका थिए।
रमझम परेको AIT को वातावरण यहाँ छँदै छैन। केही किन्न पाँईदैन भनेर जुनियर्सले सोध्दा ११ बजिसकेको थियो रातको। यहाँका पसलहरु साँझ ६, ७ बजे नै बन्द हुन्छन् जवकि AIT मा २४ घन्टा नै खुला हुन्छन् केही पसलहरु। जुनियर्सहरुले "पाईन्न किन्न" भनेको सुन्दा अचम्म माने होलान्। समय वित्दैजाँदा यस्ता धेरै अचम्महरु देख्नेछन् यो ठाउँमा। AIT वस्दा AIT त्यति राम्रो नलागेको हुन सक्छ कसैलाई, तर जति जति तिनीहरु यहाँ वस्दै जानेछन्, उति उति AIT क्या दामी भन्दै जानेछन्।यसो भनेर मैले यहाँ सार्है झुर भनेको हुँदै हैन। यहाँ यस्ता धेरै कुराहरु छन् जुन AITसंग छैनन्। त्यही भएर यहाँ आउनेहरुले दुवै तिरको भिन्न अनुभवहरु वटुल्छन्, जुन भविस्यको लागि महत्वपूर्ण कुरा हुन जानेछ।
Posted by
Nobal Niraula ( नोवल निरौला )Monday, September 1, 2008
भनिन्छ मान्छे एक्लो कहिले पनि हुन्न जवसम्म उसको हातमा एक पुस्तक हुन्छ। किनकि पुस्तकमा मान्छेले संसार देख्छ, अरु कोहिसंग भलाकुसारी गर्छ। जस्तो कि तपाई अहिले कोहिसंग हुनुहुन्न, यो मेरा अक्षरहरु पढ्दै हुनुहुन्छ। म केहि भनिरहेको छु, तपाई त्यसलाई सुन्दै हुनुहुन्छ। त्यहि भएर म आफ्नो केही समय कसैसंग भलाकुसारि गर्न उसको जीवनी सुन्न अनि उसका भावना वुझ्न उसका क्रितिहरु खोतन्ने गर्छु, विताउने गर्छु। त्यहिक्रममा मैले BP को आत्मकथा सुन्ने मौका पाएँ। मलाई यस अर्थमा पनि रमाईलो लाग्यो कि उनको म्रित्यु भएको बर्ष नै म जन्मिएको रहेछु। मेरा यि आँखाहरुले उनलाई त देख्नपाएनन्, तर उनका क्रितिहरुमार्फत उनले चिन्ने प्रयत्न गर्दैछु।
उनी साहित्यकार मात्र हैन, राजनितिज्ञ पनि थिए। कोहिले त महामानव को उपनाम पनि दिएका थिए उनीलाई। उनि उही विश्विश्वर प्रसाद कोईराला हुन जो नेपालका पहिला निर्वाचित प्रधानमंन्त्री पनि हुन। उनको जन्म सन् 1914 र मरणसन् 1982 मा भएको रहेछ।
उनको जिवनको धेरै समय निर्वासित अवस्थामा र जेलमा नै वित्यो। उनले १८ महिना सम्म प्रधानमंत्रिको कार्यकाल पनि सम्हालेका थिए। हालसालै मैले खगेन्द्र नेपालीको आवाजमा उनको आत्मव्रित्तान्त सुन्ने अवसर पाएँ। एकदम रमाईलो अनि प्रेरणादाई पाएँ। गान्धिवादी रहेछन्। गान्धिलाई मारिनु एक दिन अघि उनले भेटेका रहेछन्, नेपालमा वम पठाउन…..। निकै रोमान्चक ढंगले प्रस्तुत गरेका छन उनले आफ्नो जिवनीलाई।
उनका साहित्यक क्रितिहरुमा: दोषि चस्मा, सुम्निमा, तीन घुम्ति, नरेन्द्रदाई, मोदिनि, हिटलर र यहुदि, वावु-आमा-र-छोरा" पर्दछन्। उनि राजनितिज्ञ भएपनि विस्लेषकहरुले उनको लेखाईमा राजनितिको 'र' सम्मको प्रभाव देख्दैनन् । त्यसैले विश्लेषकहरुको विचारमा उनि जिवनमा दुई भिन्न भिन्न विधामा पाईला राखेर अघाडि वढ्ने एक कुसल व्यक्ति हुन्। उनी रसियन लेखक एन्टन चेकोभ (Anton Chekov) वाट प्रभावित थिए रे। उनले लक्ष्मी प्रसाद देवकोटा र वालक्रिष्ण समलाई नेपालका खराट साहित्यकार, लेखकका रुपमा लिएका रहेछन्।
उनको आत्मव्रित्तान्तलाई मैले संकलन गरेको छु। यदि कसैले सुनेको, पढेको छैन उनको जिवनी भने, मैले संकलन गरेको लिंक क्लिक गरेर सुने हुन्छ। मलाई लाग्छ, उनको जिवनी सुनेपछि जिवनमा केही परिवर्तन भएको महसुस हुनेछ।