About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Who is Who

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, December 24, 2007

जिन्दगिमा कति परिक्षा दिईयो कति गनेर साध्य छैन। बर्ष नै गन्ने भएपनि १० बर्षको स्कुल, २ बर्षको I. Sc, ४ बर्षको B. E. 2 बर्षको M.E., कति कति। अझ Entrance देखि Dual degree का परिक्षाहरु अनि Semester System मा भएका परिक्षाहरु गन्ने हो भने सयौं पुग्छन्। हरेक परिक्षामा पास र फेलको कुरा हुन्थ्यो। तर आज यस्तो परीक्षाको घडि आएको छ, जुन प्रिथक छ, जहाँ पास र फेल नहोला, तर पनि उत्तर मिलेन भने फेल भए बरावरको पिडा हुन सक्छ। त्यसैले त मैले मैले मन दरिलो बनाएर बसेको छु ता कि उत्तर नै मिलेन भने पनि चित्त बुझोस।

B. E. को तेस्रो बर्ष ताका प्रज्ञा दिदिको बिहे भएको झलझलति याद छ, जनकपुरको बिवाह मण्डपमा। B.E. सकिए लगत्तै प्रज्ञा दिदी, भिनाजु अनि रिता दिदीसंग बसियो सानेपामा। त्यसको केहि समय पछि रिता दिदिको धुमधाम बिवाह भएको पनि याद छ, पशुपति क्षेत्रको बनकालीमा।
समय यसरी नै अघि बढ्दै थियो, AIT जाने भईयो। १ बर्षको AIT यात्राको विचैमा INT जाने भईयो। यहि समयमा मेरा दुई भान्जा वढे: प्रज्ञा दिदीबाट अनि त्यसको केहि समय पछि रिता दिदीवाट। दु:ख बस भन्नु पर्छ, मैले मेरा भान्जाहरुको नामै बिर्सैं। जे होस, एक जना भान्जा JPअर्को भान्जा BR भनेर नामांकरण गरेको छु। लैंगिक अधिकार बराबर हुनुपर्छ भन्नेहरुलाई पनि चित्त वुझ्छ यो नाम। JP भनेको Janak + Pragya. अनि BR भनेको Bhojraj+Rita। लाग्ला JP को ठाउँमा PJ किन भएन, अनि BR साट्टो किन RB भएन? के गर्नु एउटा त लेख्नै पर्यो क्यारे। यो मुद्दा प्रमुख हैन आजको विषयवस्तुमा।
आज बल्ल फुच्चेहरुको फोटो हेर्न पाएको छु। निकै रमाईलो अनुभुति भै रहेछ।
फोटो: मेरा दुई भान्जा (भान्जा JPअर्को भान्जा BR तर कुन, कुन हो थाहा छैन)
प्रश्न: दुबै जना भान्जाको फोटो दिईएको छ (माथि हेर्नुस)। छुट्याउ: Who is Who?
उतर:
यो यस्तो प्रश्न हो, जसको उत्तर दिने समय सिमा घन्टामा छैन अरु परिक्षामा भए जस्तो जस्त ैकि ३ घन्टा, १ घन्टा आदि-आदि। तर पक्कै पनि जति चाँढो उत्तर मिलायो उति दामी नि।

मामा प्रज्ञा अंटिको वावु त तपाईं जस्तै ह्यान्डम छ- एक दिन सिल्पाले भन्दै थिइन। यो राम्रो हिन्ट हुन सक्छ। सिल्पाले मलाई १ बर्ष अघि जस्तो देखेकी थिइन म त्यै बेलाको को विचार गर्दैछु। म उहि जस्ताको तस्तै, न त मेरो रंग बदलिएको छ, न उ उचाई, बिल्कुल उहि। म फेरि प्रश्न तिर हेर्छु (फोटो तिर), कुन चाहिं म जस्तै ह्यान्डम छ र? फोटोमा दुबैजना ह्यान्डम देखिन्छन्: को भन्दा को कम जस्तरी। त्यसैले यो हिन्टले काम गरेन।

म संग अर्को पनि हिन्ट छ: भान्जा JP २ महिना जतिले जेठो हो "भान्जा BR" भन्दा। मैले यो हिन्ट राम्ररि केलाउनु पर्छ। कुन चाँही कलिलो देखिन्छ त? अँ…..वायाँ (left) को केहि कलिलो देखिन्छ कि झै लाग्यो। फेरि सोचें यो पनि गतिलो हिन्ट हुन सक्छ। १ , २ महिनाको फरक छुट्याउन निकै गार्हो हुन्छ। १ बर्षको फरको को बच्चा भए सजिलै भन्न सकिन्थ्यो। त्यसैले अरु हिन्टहरु केलाउन मन लाग्यो।

प्रश्न जटिल बनाईएको छ, दुबै जनालाई एउटै खालको कपडा लगाई दिएर। नत्र कुन दिदीको मन पर्ने रंग कुन हो भनेर उत्तरको नजिकै जान पाईन्थ्यो। यो कपडाको रंगले पनि काम गरेन। छालाको रंग केलाउन मन लाग्यो। यस अर्थमा "भान्जा BR" दायाँ (Right) तिरको हुन सक्छ। फेरी कता कता पढेको संझे सात पुस्ता देखिको गुण आउछ रे हरेक जना मान्छेमा। आमा तिरको ७ पुस्ता अनि बुवा तिरको ७ गर्दा १४ पुस्ताको गुण के थाहा मलाई। त्यसैले यो हिन्टलाई मैले मानिन।

यदि फररर बोलेको आवाज थियो भने म छुट्याउन सक्थें होला बोलीवाट। किनभने भान्जा JP” ले पुर्वेलि आवाज निकाल्न सक्थे भने "भान्जा BR" ले पस्चिमको। यो पनि संभव भएन।

फोटोलाई फेरी हेरें एक जनाको हात अर्कोको जिउमा। पक्कै पनि सानोहरु छुच्चो हुन्छन्: दि हाल्छन् प्याट्ट, प्याट्ट। यस अर्थमा भान्जा BR left को हुनुपर्छ। यो पनि ठिक भएन। राम्ररी चेतना नआएको वेला को फुच्चे को ठुलो, हान्छन् यत्र तत्र। मेरो यो सोचाईले काम गर्न सक्दैन।

आमा बुवाको अनुहारसँग बच्चाको अनुहार मिलाउन खोज्दैछु। यो नै हुनुपर्छ गतिलो हिन्ट। तर पनि त्यति सजिलो छैन मलाई।

अन्तमा उत्तर त दिनै पर्यो क्यारे मिलोस नमिलोस। माथिका सवैकुरा बिचार गर्छु: शिल्पाको कुरा संझिन्छु, १ महिना नै भए पनि जेठो जेठो हो भन्ने कुरा संझिन्छु, अनि वुवा आमाको अनुहारलाई बच्चासंग मिलाउने कुरा पनि संझिन्छु। सवैकुरा मिलाउँदा दायाँको (Right) को भान्जा JP’ र वायाँ(Left) को भान्जा BR’ हो भन्ने निर्णयमा पुगेको छु।
उत्तर मिलिहालेछ भने म क्या वाठो, नत्र पनि वाठो कसरी? किनभने म डाक्टर हैन ईँजिनियर हो भनौला J। दुवै हातमा लड्डु!! त्यसैले मैले उत्तर पठाउने विचार गरें।

फूल र भमराको बार्तालाप (एक)

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, December 23, 2007

दुई शव्द: "फूलवारी व्लगमा फूलवारिका चर्चा गरिने छ। भमरा र एक फूलको वार्तालाप केहि धाराको हुनेछ" ले.

खण्ड एक (१)

कस्तो सोचेको है, पखेटाले उड्नु पर्दाको पिडा के बुझेको छौ र, तिमी फाईदाहरु मात्र हेर्छौ कि के हो?”के आँडेकुरा गर्छ,…………………………
--------------------------------------------------------------------------------------------------------

एक दिन वगैंचामा बसिरहेको थिएँ। नियाल्दै थिएँ फूललाई, नजिकै गुनगुन आवाज आयो, हेरेको त भमरा आएको रहेछ, टाई, सुटमा। सोध्न मनलाग्यो

हे भमरा के हो आज त खुव राम्रो पहिरनमा छौ नि, के हो विहे त हैन?

कहाँ हुनु, आज त फूलसंग मिटिंग त्यै भएर

यो वाक्यवाटै थाहा पाएँ कि, निक्कै आत्माविस्वासी रहेछ, कति मजाको रहेछ वोलीपनि।

तिमी पनि जाने भए हिंड

तिमीहरुको मिटिंगमा म किन नि?”

के भयो त, यो सेक्रेट हैन क्यारे, बरु हिंड, त्यही पल्लो फूलवारी त हो, फेरि तिम्रो फूलवारी जाउँ हिड।

लौ भमराले बोलाएको किन नजाने? नवोलाएको जग्गेमा त गएका थिए रे महादेव, मलाई त वोलाएको छ। जाने बिचार गरें। आफ्नै फूलवारिमा यस्तो कार्यक्रम, विना अनुमति? झनक्क रिस उठ्यो। तर नौलो अनुभव, म तैयार भएँ। लागें उसको पछि पछी।

तिम्रो फूलवारि बने देखि हाम्रा परिवारले निकै सुख पाएका छन, नत्र कति दूख: गर्नु पर्थ्यो रे। त्यो पल्लो फूलवारिमा जान्थे रे पुर्खाहरु। खुव कुटाकुट हुन्थ्यो रे। पछि फूलबारीको रेखांकन गरेका रहेछन्। हामीहरुलाई तिनीहरुको ईलाकामा छिर्न पनि अनुमति लिनु पर्ने, कडा नियम। हामी पनि के कम, त्यो भन्दानि कडा नियम राखिदिएका छौं, यो हाम्रो फूलवारीमा आउन। त्यसैले यो ईलाकामा तिनिहरु आउन पाउन्नन् त्यति सजिलै।

के छ नयाँ फुलवारी वनाउने योजना छैन?

कस्तो अचम्म। मेरो फूलवारिमा यिनिहरुको रेखांकन? कसरि विस्वास गरौं। हाँसो नि उठ्यो।

किन हाँसेको?

तिम्रो कुरा सुनेर।

पत्याउदैनौ? ल आउ म देखाउँछु

उसको पछी पछि लाग्दै गईयो पल्लो फूलवारीमा।

कति ढिला हिडेको?

के गर्नु त तिम्रो पखेंटा छ, मेरो उहि गति

लौ, तिम्रो एक पाईला भेट्टाउन मैले कति पखेंटा हल्लाउनु पर्छ, थाहा छ?

तिम्रो जस्तो उड्न पाए म त कति हल्लाउथें पखेंटा

कस्तो सोचेको है, पखेटाले उड्नु पर्दाको पिडा के बुझेको छौ र, तिमी फाईदाहरु मात्र हेर्छौ कि के हो?”

के आँडेकुरा गर्छ, मैले त वुझ्नै सकिन।

गल्यौ भने मेरो कपालमा बस

बोली नझर्दै उ वस्यो मेरो जिउमा।

पुगियो फूलवारिमा। नजिकै के पुगेको थियौ, एक हुल भमरा आए, उस्को वरिपरि घुम्न थाले। सोचें उसका साथिहरुसंग भलाकुसारी गरिरहेको छ, अनि अलिक साइड लागें। धेरै वेर भयो, आउदै आएन। फेरी फर्कें। न्यास्रो अनुहारलाउदै भन्यो:

हेर्नु न यिनिहरुले पास नै दिएनन्, तपाईलाई केही गर्दैनन् किनकि यो फूलवारी तपाईंले गर्दा संभव भएको हो

लामो हाँसो उठ्यो।

किन हाँसेको?

कसरि विस्वास गरौं तिमीहरुको यस्तो कुराको

के भनेको त्यस्तो? नत्र तिम्रो फूलवारीमा फूल फुल्दैनथे। विचार गरेका छौ गत बर्ष र यो बर्ष? यो बर्ष तिम्रो फूल कति राम्ररी फुलेका छन्

हो त राम्रो मलजल पाएका छन यो बर्ष, त्यै भएर, रमाईलो लाग्छ धेरै फूल फूल्दा

तिमीले गतसाल पनि यस्तै गरेका थियौ होला तर गतबर्षको फूलवारी यतिको राम्रो थिएन। हेर हामीसंग भएको डाटा

उसको डाटा हेरें, छक्क परें। फुल फुल्नुमा भमराको असर? विस्वासै नलाग्ने, तर पत्याउनु पर्ने।

विचार गरेका छौ यो फूलवारीका भमरा अलिक खैरा छन् हामी भन्दा

के भन्छ के भन्छ पागल जस्तो। सवै भमरा उहि त हुन नि। फूल खान्छन् जान्छन। यसो नियालें उसलाई, अनि यो फूलवारिका भमरालाई। उसको कुरा साँचो रहेछ। यादै नगरेको पहिले, कस्तो अचम्म। अनि भने,

तिमिहरुको जात्रा नि….। मेरो फूलवारिमा तिमिहरुको रजाई?

के भन्नु, यस्तै छ, हाम्रो चलन, तिमीलाई थाहा थियो होला भनेको त हामी भन्दा नि लाटा रै छौ। लाग्यो वादविवादमा राम्ररी तैयार गरेको छ।

फर्कौ अव, भोलि बोलाएका छन्, आज केरकार गर्छन् रे, मैले तिनिहरुको ईलाकामा केही विगार गरेको छु, कि छैन सवकुरा बिचार गरेर भोलि भन्छन् रे। त्यसैले आज संभव छैन मिटिंग, फर्क्यौं अव। भुनुनु गर्दे फेरि बस्यो मेरो जिउमा। म फर्किएँ पहिलेको फूलवारि तर्फ, उसको शव्दमा उसको ईलाका मा। उसको ईलाकामा पुर्याई दिएपछी भुँ भुँ गरेर ठुलो आवाज निकाल्यो उसले

के भयो?

हैन तिमिलाई फेरीभेटौंला भनेको

कस्तो भाषा हो यस्तो

हामीहरु यस्तै गर्छौं भोलि भेटौंला है

मैले हात हल्लाएँ,

किन हात हल्लाएको, मलाई वोक्दा दुख्यो कि क्या हो?

हैन हामी पनि पछि भेटौंला भन्दा हात हल्लाउँछौं नि

जोडले हाँस्यो? कहिलेकाहिं त तिमीपनि मलाई झुक्याउछौ।

झनक्क रिस उठ्यो। कति फुर्तिदिएको हो छुच्चो भमराले।

छुट्टियौ हामीहरु, भोलि भेट्ने गरि।

***

खण्ड २ केहि दिनमा

कुरा झन्डाका

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, December 22, 2007

British हरुले Asia रजाई गरेका थिए रे भन्ने पढेको सानो छँदा। सात समुद्र पार गरेर जमिन कव्जा गरेर राज गर्ने दिन नि थिए रे। हाम्रा पुर्खाले डटेर लडेका दिन पनि थिए रे। क्या अचम्म लाग्ने । यो ईतिहासमा घटेको घटना हैन जस्तो लाग्ने। रे का कुरा नै पत्याउनु पर्ने रहेछ यो संसारमा। मान्छे जन्मिन्छन्, अर्को पुस्तालाई जन्माउछन्, हुर्काउँछन अनि बिलय हुन्छन्। यो नै रहेछ संसारको जीवन चक्र।

कैयन चक्रहरु वित्तै जाने क्रममा प्रिथ्विको धेरै जस्तो भुभाग सिमांकित भइसकेको छ। कति ठाउँमा यो सिमांकित गर्न संघर्ष हुदै छ। मेरो देश, पुर्खाले बनाएको देश भनेर नयाँ पिडिले पनि काँधमा काँध दिन्छन सिमांकित क्षेत्रका मान्छेहरुले। हरेक सिमांकित क्षेत्र जहाँ एउटै राजनितिक नियम छ, लाई देश भनिन्छ क्यारे। परिभाषा खोतन्न मन लाग्यो: A State (note the capital "S") is a self-governing political entity. The term State can be used interchangeably with country”.
देश-देश बिचमा संबन्ध छ। जाने आउने नियमहरु बनाईएका छन्। विकासक्रमको द्रिष्टिकोणले कति अघाडि छन् कोहि देश, कोहि देशका जनता खान नपाएर भोकभोकै मरिरेका छन। त्यसैले पनि सहयोगको भावनाको विकास भएको होला। तिम्रो देश देखेर मलाई माया लागेर आयो। म तिम्रा जनतालाई सचेत गर्न, जान्ने वनाउन सघाउछु भनेर कति देशले अर्को देशलाई सघाउँछन पनि। त्यसैले Human Resource को सहयोग होस या गाँस अनि वासको सवै कुराहरु साटासाट हुन्छ। गरिव देश भएर पनि नेपालले वंगलादेशमा वाढि आउँदा सघाएको कुराले पनि प्रश्ट्याउछ। म गरिव भएर के भो त तिमीलाई परेको बेला म सघाउँ छु नि भनेर दिएको होला। मलाइ पनि पर्न सक्छ विपत्ति त्यो बेला मलाई सघाउला भनेर पनि होला।

Finland Government को अरु देशका जनतामा सुचना प्रविधिको सेवा गर्ने सघाउने कार्यक्रम अंतरगत छानिन पुगियो। त्यहिवाट मेरो यात्रा सुरु भयो यो विस्वलाई छुने, हेर्ने। त्यसैले म ति Government हरु जसको भुमि टेक्न पाईयो वा भनौं सहयोग पाइयो (प्रत्यक्ष) तिनिहरुको चर्चा गर्ने विचार गर्दैछु। धेरै चर्चा हैन तिनिहरुको पहिचानको। पहिचानको लागि तिनिहरुको झन्डा लिएको छु । शुरुभने आफ्नै देशको झन्डावाट गर्छु। आफ्नो देश जसले जन्माएको छ, यो संसारमा। अनि आफ्नो देशको परिचय बोकेर हिडिरहेको छु, विश्वमा। Finland को झन्डाको हुनेछ चर्चा त्यसपछी, जसले मलाई यो मौका दिएको छ। त्यसपछि Thailand हुनेछ, जुन मेरो पहिलो बिदेशी मुलुक हो, १ बर्षवास दियो। Philippines हुनेछ, तेस्रो जहाँ म कुनै कार्यक्रममा भाग लिन गएको थिएँ, २००६ को जनवरीमा। मैले पाईला हालेको मध्ये प्रिथ्विको सव-से पुर्वको जमिन। अनि चर्चा हुनेछ UAE जहाँ मैले France जाने क्रममा विसाएको थिएँ। France को चर्चा हुनेछ लगत्तै। France जसले मलाई मेरो दोस्रो डिग्रिको लागि क्षात्रव्रित्ति दिएर बोलाएको छ, उसको भु-भागमा; मैले घुमेको पहिलो युरोपियन देश। अन्तमा Italy, जहाँ मै आफैं घुम्न जाने बिचार गरेर निस्किन लाग्दैछु। मानव विकास क्रमको शुरुवात पनि यहींवाट भएको थियो भन्ने गरिन्छ।
  1. Nepal ( http://en.wikipedia.org/wiki/Flag_of_Nepal)
    1. The flag was adopted, with the formation of a new constitutional government, on December 16, 1962
    2. the only non-quadrangular national flag
    3. one of only two non-rectangular official jurisdictional flags in the world (the other is the flag of Ohio, USA)
    4. a simplified combination of two single pennants from different branches of the previous rulers
    5. It is the oldest official flag in the world.


The blue border denotes peace and harmony that has been prevalent in the country since the age of Gautam Buddha, who was born in Nepal. The crimson colour is Nepal's national colour, and it indicates the brave spirit of the Nepalese people. The two triangles symbolize the Himalaya Mountains and represent the two major religions, Hinduism and Buddhism. The red triangular flag has been a Hindu symbol of victory since the time of Ramayana and Mahabharata. The depiction of celestial bodies represents permanence, the hope that Nepal will last as long as the sun and the moon. The moon symbolises that the Nepalese are soothing and calm, while the sun symbolises fierce resolve. The moon also symbolises the shades and the cool weather of the Himlayas whereas, the sun symbolises the hotness and the high temperature at the lower part (Tarai) of Nepal.

  1. Finland (http://en.wikipedia.org/wiki/Flag_of_Finland)
The flag of Finland, also called Siniristilippu (Blue Cross Flag), dates from the beginning of the 20th century, and is ultimately modelled on the Danish flag, the Dannebrog. It features a blue Nordic cross on a white background. Blue represents lakes and the sky, and white represents snow and the white nights of the Finnish summer. The state flag has a coat of arms in the centre, but is otherwise identical to the civil flag. The swallow-tailed state flag is used by the military. The presidential standard is identical to the swallow-tailed state flag but also has in its upper left corner the Cross of Liberty after the Order of the Cross of Liberty, which has the President of Finland as its Grand Master.



  1. Thailand (http://en.wikipedia.org/wiki/Flag_of_Thailand)
The flag of Thailand shows five horizontal stripes in the colours red, white, blue, white and red, with the middle blue stripe being twice as wide as each of the other four. The three colours red-white-blue stand for nation-religion-king, an unofficial motto of Thailand. The flag was adopted on 28 October 1917. The Thai name for the flag is ธงไตรรงค์ (Thong Trairong), which simply means tricolour flag.



  1. Philippines (http://en.wikipedia.org/wiki/Flag_of_Philippines)
The flag is horizontally divided into two fundamental colors, royal blue and scarlet red, with a white equilateral triangle based at the hoist side. At the center of the triangle is a golden yellow sun with eight primary rays, each containing three individual rays, and at each corner of the triangle is a five-pointed golden yellow star. The flag is displayed with the blue field on top in time of peace, and with the red field on top in time of war.


According to official sources, the white triangle stands for equality and fraternity; the blue field for peace, truth and justice; and the red field for patriotism and valor. The eight primary rays of the sun represent the first eight provinces (Batangas, Bulacan, Cavite, Laguna, Manila, Nueva Ecija, Pampanga, and Tarlac) that sought independence from Spain and were placed under martial law by the Spaniards at the start of the Philippine Revolution in 1896. The three stars represent the three major geographical divisions of the country: Luzon, the Visayas, and Mindanao.

  1. UAE(http://en.wikipedia.org/wiki/Flag_of_UAE)
The flag of the United Arab Emirates (Arabic: علم الإمارات العربية المتحدة) was adopted on December 2, 1971.
It contains the Pan-Arab colors red, green, white and black, which symbolize Arabian unity.
In addition the individual colours have the following meanings:
· green: Fertility
· white: Neutrality
· black: the oil wealth within the country's borders


  1. France (http://en.wikipedia.org/wiki/Flag_of_France)
The national flag of France (known in French as drapeau tricolore, drapeau bleu-blanc-rouge, drapeau français, rarely, le tricolore and, in military parlance, les couleurs) is a tricolour featuring three vertical bands coloured blue (hoist side), white, and red.
It is known to English speakers as the French tricolour or the tricolore.


  1. Italy (http://en.wikipedia.org/wiki/Flag_of_Italy)
The flag of Italy (often referred to in Italian as Il Tricolore) is a tricolour featuring three equally sized vertical bands of green, white and red, with the green at the hoist side.


The first entity to use the Italian flag was the Cispadane Republic in 1796, after Napoleon's army crossed Italy. During this time, many small republics based on the Jacobian model, were formed and almost all used the French tricolour with different colours. The colours chosen by the Cispadane Republic were red and white, the colours of the Flag of Milan, and green which was the colour of the uniform of the Lombard Legion


Advisors संगका भलाकुसारीहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, December 19, 2007


गुरुब्रम्हा गुरुर्विष्णु: गुरुर्देवो महेश्र्वर्:
गुरु:साक्षात परब्रम्ह तस्मै श्री गुरवे नम्:

माथिको श्लोक सवैले देखे, पढे वा सुनेको हुनुपर्छ। नत्र पनि केही छैन। यो स्लोकले गुरुको बबाल बखान गरेको छ नि। जस्तै कि गुरु ब्रम्हा हुन रे, बिष्णुहुन् रे के रे के रे

यसो सोच्नुस त तपाईं गुरु कसलाई भन्नुहुन्छ? उहि त हो, हुरुरुरु कक्षामा लग्ने अनि ढोका थुनेर पढाउने गुरु हुन; जसले पढायो उहि गुरुहुन्; आदि-आदि। यस अर्थमा जति बिषय हामिले पढ्यौं उति जना गुरु। तर अलि हैन जस्तो लाग्ला, किनकि २ बिषय एउटै गुरुले पढाउन सक्छन। कुरा यसो पनि त हो, एकै बिषयमा धेरै गुरुहरु नि हुन्छन्। त्यसैले सालाखाला १ बिषय १ गुरु भन्नेको होला।

मलाई लाग्छ, माथि भने जस्तो सजिलो छैन गुरुको संख्या गन्नलाई। मलाई त लाग्छ, गुरु ति हुन जसले सत्मार्गमा हिड्न सिकाएका छन्। यस अर्थमा बुवा, आमा गुरु, दाई दिदी गुरु, पढ्न नजाने पनि त्यो अप्ठेरो जिबनमा गतिलो सुझाव दिने हर्के दाई गुरु…..। हो, पक्कै पनि। त्यसैले मेरो गुरुको परिभाषा ठिक छ भन्न सक्छु। ढोका थुनेर, हाजिर लिएर घन्टौं फलाक्नेलाई म गुरु भन्दिन। हुनसक्छ यसो गरेकाहरुको कुराले मेरो मगजमा नयाँ-नयाँ कल्पना सक्ति वढाईदिएका छन्, यदि कसैले गरेका छन् भने म मान्न तैयार छु, र मानेको पनि छु।

कुरामा अलिक नजिक्यौं: थेसिसले पेलिएको बेला आफ्नो थेसिस कमिटिमा रहेकाहरुलाई गुरु भन्ने कि नभन्ने उसो भए? तिम्रो Advisor कस्तो छ भनेर मैले कसैलाई सोधें भने तलको मध्ये एक उत्तर पक्कै आउँछ: मैंले गरेको केही देख्दैन, फलानाको जस्तो एड्भाईजर मेरो भए कस्तो हुन्थ्यो, कत्ति पेल्छ मलाई, मेरो लागि समय छैन उ संग, केहि सिकाउने हैन सव आफैं गर्नु पर्छ, मेरो जुनियर्सलाई म यो Advisor लिन कहिल्यै पनि भन्दिन,नाम मात्रको छ, ठिकै छ खासै पेल्दैन, दामी छ यार, Student को कुरा वुझ्छ, सहयोगि छ, आदि-आदि। मेरो उत्तर पनि यही भित्र छ, तर भन्न चाहन्न अहिलेनै।

थेसिस कमिटिका ३ जना Advisors मध्ये २ जनासंगको गंभिर छलफल पछि केही फल मिलेको अनुभग गरेको छु, यो हप्ता यानेको २००७ को १९ तारिखको दिन। INT AIT का दुवै Advisor हरु सँगै बसेर आफ्नो थेसिसवारे छलफल गर्न पाउँदा त निक्कै रमाईलो लाग्ने रहेछ, तर Challenging पनि। साथिहरुले Video Conferencing को लागि छु्ट्याएको समयको टुक्रामा समेत दुबै तर्फका Advisors हरुसंग कुरा गर्न सकेनन्। मेरो भाग्य भनौं या के भनौं, दुवैलाई संगै राखेर घन्टौं कुरा गर्न पाईयो। चर्काचर्कि वादविवाद गरियो। चर्का-चर्कि यस मानेमा कि, Logic हरुका वाँणले प्रहार गर्ने न कि भौतिक अस्रले। यो छलफलवाट ठोस निर्णयमा पुगिएको छ अहिले।

फोटो: मेरा दुई Advisor हरु : Dr. Anis (Left), Prof. Kanchana (Right) [Prof. Kanchana (AIT), Computer Science Department, Director of INTERLAB. Dr. Anis खुंखार ग्याता OLSR MANET का। OLSR Protocol बनाउनमा यिनको पनि देन छ]

फोटो: AIT को Advisor संग तस्बिर खिचाउँदै (१९ डिसेम्बर,२००७)


फोटो: INT को Advisor संग तस्बिर खिचाउँदै (१९ डिसेम्बर,२००७)

यिनै मार्गदर्शकहरुका आधारमा मेरो अनुसंधानले मुर्तरुप खोजिरहेछ। कहिले काहिं पूर्व जान खोज्छ यो धार, कहिले पस्चिम। तर यिनिहरुको क्षत्रछायाँ र निर्देशन बिच पाहिला बढाईरहेको छ मेरो थेसिसले। म आत्तिन्छु, यि संझाउछन् यस्तै हुन्छ अनुसंधानमा। म मातिन्छु, फेरी संझाउछन् यस्तै हुन्छ अनुसंधानमा। यो संसार भर अरुले नगरेको काम गर्नु पर्दा पक्कै पनि सजिलो हुन्न नै, तर यिनिहरुको मार्ग दर्शनले यो थेसिस रुपि जहाजले दिशा पक्डेको महसुस गरेको भान भैरहेछ। थाहा छैन महासागरको कुन ठाउँमा गएर ठोक्किने हो यो जहाज। सव भर पर्नेछ यि कम्पासहरुमा अनि कम्पास हेर्दै हिड्ने चालकमा। त्यसैले त कम्पासको मुल्यांकन गरिहान्नु अनुचित हुन्छ, यात्रा टुंगिनु अघि नै...।

Programmer

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, December 8, 2007

"यो कविता कोही पनि मानिसको जिवनसँग संबन्धित छैन। सवकुरा काल्पनिक हुन। संयोगबस सकैको जिवनमा मिल्न गएमा यो संयोग मात्र हुने छ। कुनै पेसा प्रति नकरात्मक टिप्पणीको लागि नभई, पुर्ण मनोरंजनको लागि मात्र यो लेख लेखिएको कुरा संपुर्ण पाठक महानुभाबहरुलाई जानकारी दिलाउन चाहन्छु"।
-लेखक

कविताको शिर्षक छ, Programmer
-------------------------------------------------------------------------------------------------
प्रोग्रामर (Programmer)
--------------------------------------------------------------------------------------------------

त्यो दिन,
आज त यो
Function सकाउनु छ,
सात दिन देखिको यो तगारोलाई जसरी भएनि ढाल्नु छ,
दिनदिनै प्रोग्रेस सोधिरहेको बोसलाई चित्त वुझाउनु छ,
आज त यो
Function सकाउनु नै छ।

हिड्दा पनि किन मिलेन, खाँदा पनि किन मिलेन,
सोच्दा सोच्दै बित्यो रात पनि,
अनि २ घण्टा अघि हिडियो अफिसलाई,
त्यो
Function आज सकाउनलाई।

For loop मा प्रोव्लेम भयो कि भनेर While loop नि नलगाएको हैन,
Global Variable ले पो हो कि भनेर Local Variable प्रयोग नगरेको नि हैन,
Compile
नै नभएको भए पनि, Compiler ले दिन्थ्यो होला Error Line Number,
के भो के भो, जे भए पनि आज यो Function सकाउनु छ।

अघिल्लो दिन,
अफिसवाट घर आउँदा तरकारी किनेर ल्याउनु भन्ने आमाको बोली बिर्षेंथें

आज जसरी भएपनि अनलाईन आउनु, भन्ने प्रियेको म्यासेजलाई बिर्षेथें,

खलासिले
के हो सुन्दैनस्, पैसा ले भन्दा झस्किएको पिडा पनि बिर्षेथें,
हिड्दा पनि त्यही
Function, वसमा पनि त्यहि Function,
त्यसैले त जसरी भएपनि सकाउनु यो Tension.

त्यही दिन,
बार्ह्र बज्यो, १ बज्यो,
Function ले कामै गरेन बा,
कुर्सि फनक्क फर्काएँ अनि हेरें,
Senior Programmer, नाम अघिको टाईटललाई,
मुसुक्क हासें, म बरिष्ठ
Programmer wow,
फेरी कुर्सि फर्काएँ, वोसको म्यासेज ?
फर्काएँ म्यसेज
यास सर, आई विल फिनिस वाई ५ ओक्लक
फेरी सोचें
, जसरी भएपनि यो Function सकाउँछु आज त।

केहि सिपलागेन, केही गर्दा नि भएन, Function मिल्दै मिलेन,
धन्य बोसले फेरि पनि म्यासेज पठाएनन्,
ओ, तलवको चिठी नि पाईयो, आहा।

गएँ बसपार्क, उही बस उही कंडक्टर झनक्क उठ्यो रिस,
खोले चिठि हेरें
Salary Sheet
म झल्यास्य बिउझिएँ, साईडमा खलासी, हँसिलो अनुहारले मलाई हेर्दै
सोचें आज त भाडा दिसकेँछु,
पछिल्लो सिटतिर खास खुसको आवाज सुनें,अफिसले निकालि दिएछ, अनि….’
अरुको कुरा मलाई के खसखस,
म फेरी सोच्न थालें, उहि
Function किन मिलेन?
सोचें
, साला आज त जसरि पनि यो Function सकाउनु थियो,
कोल्टे फेरें, दु:ख्यो हातमा , यसो हेरें,
स्लाईन पानी बगिरहेको थियो मेरो हात हुँदै................................................................

हराएको दाल

Posted by Nobal Niraula ( नोवल निरौला )

बिदेशमा हुँदा के के खाईन्छ होला, विदेशी खाना?... .। आंशिक सत्यता छ जस्तो लाग्छ। कहिले काँहि खाईन्छ विदेशी खाना, साथिभाईहरुसंग। तर यो मन न हो, ताते-ताते गर्न थाले देखि खाएको दाल, भात र तरकारी एक दिन खान नपाउँदा त के के नपुगे जस्तो लाग्ने। त्यसैले विदेशी परिकार जे जति खाए पनि पेट त मेटाउला तर मन भने मेटाउन सक्दैन। त्यही भएर आफ्नै स्वादको खाना बनाउन वाध्य हुन्छौं, जति नै अल्छि लागे पनि।

हामीलाई मात्र त्यस्तो लाग्ने हैन रै छ। Kitchenमा देखिने भिडलाई राम्ररि केलाउने हो भने पनि थाहा हुन्छ। सार्बजनिक Kitchenमा बेलुका सात बजे देखि भिडभाड सुरु हुन थाल्छ। एउटा पुरा होस्टेलको Building लाई एउटामात्र Kitchen भएकोले पनि यो भिडभाड सुरू हुन्छ। बिशेष गरि बेलुकाको ८ बजे निक्कै भिड हुन्छ। त्यसैले समय छैन भने कि त सात बज्नु अघि जानु पर्छ कि त १० बजे पछि। नत्र भिडमा कुर्नु पर्छ।

विदेशि खाना कै कुरा गर्दा अचम्मै लाग्ने। परिकार पनि थरि-थरिका, स्वाद पनि थरी थरिका। संझौं त, तरकारीमा नुन नहाली खान सक्छौं हामी? लगभग असम्भव। बिना नुनको तरकारी के तरकारी हैन त ? तर सवैलाई त्यस्तो लाग्दैन रहेछ। थाईहरुले खाने तरकारी संझिदा जिव्रोले कति गुलियो बा बा भन्न बाध्य गराएको क्षण ताजै छ अझ सम्म। तिनिहरु त नुनको सट्टा चिनि हाल्ने रहेछन। यस्तै रमाईला घटनाहरु छन् फ्रेन्च खानाका पनि। मान्छे बरावर अल्ला लाग्ने वगेट अनि सयौं थरिका चिज ले आजकल त मन नै लोभ्याउन थालेको छ। लठ्ठी जस्ता र लामो यो बगेट एक प्रमुख खाना बनेको छ साईला र कान्छाको लागि।

अझ नजिकवाट नियाल्न मनलाग्यो Kitchen र आसपासको वातावरणलाई। हिटरवाट चल्ने हट प्लेट वाला Kitchenमा कुनै गारो छैन पकाउन। स्विच अन गर्यो, अनि कतिको तातो बनाउने त्यस अनुसारको नंवर आउन्जेल औंला राख्यो त्यो टच स्क्रिनमा। अनि बसायो भाँडा। उहि त हो ततायो, तेल खन्यायो, प्याज र लसुन पड्कायो अनि बेसार राख्यो। त्यसपछि पर्-पर् भुट्यो, पानी लगायो अनि वेला वेलामा चलायो, नुन मसला लगायो, अनि लास्टमा चाख्यो….. J । भात पकाउन त झन सजिलो। Kitchenमा माईक्रो वेभ र हिटर पनि छ। खानेकुरा तताउन निकै सजिलो लाग्छ माईक्रोवेभमा। फनक्क घुमायो कति मिनेट तताउने त्यहि अनुसार, अनि कति पावरमा राख्ने त्यो पनि घुमायो, खानेकुरा भित्रराखेर ड्याप्प डोका लाईदिएपछि घन्टि नबजुन्जेल गफगाफमा बितायो। टिङ् गरेपछी खानेकुरा निकाल्यो अनि सुरुगर्यो खान।

Asian, European र African हरुको विशेष जमघट हुन्छ Kitchenमा। South Asian हरुको खाने कुराहरु लगभग उस्तै। दाल, भात, तरकारी। Indian हरु भने रोटि चपाटी पनि खाने गर्छन प्राय:। तर केही फरक पर्ने रहेछ पकाउने चलनमा। कोही वेसार पहिले नै राख्छन, कोहि पछि। श्रिलंकनहरु तरकारीमा दूध हाल्छन्, अलि नौलो लाग्ने। Indian र श्रिलंकनहरुको तरकारी सार्रै पिरो। एकदिन खाएको त बा बा.. खप्नै नसक्ने गरि पिरो…।

कति रमाईला घटना घट्छन् Kitchenमा। कैयनका भाँडाकुडा साटिएका घटनाहरु नि सुनिन्छ बारम्वार। सुरु सुरुमा त धेरै अप्ठेरो लाग्ने गर्थ्यो भिडमा पकाउन, खान, तर पछि त्यही भिड पनि रमाईलो लाग्न थाल्यो, सायद पुरानो अनुहारका आउने भएर पनि होला। Pakistani, Indian संग मिलेर हिन्दि बोल्दै French केटा-केटीहरुलाई जिस्काउनु कुनै नौलो लाग्दैन अव। वुझ्ने भए तिनिहरुले कति गालि गर्थे होला…..। के थाहा तिनिहरु पनि त्यसै पो गर्दैछन कि हामीलाई पनि ? ति फ्रेन्चहरुको लामो किस (Kitchenमा समेत) कुनै नौलो लाग्दैन अजलक।

एक दिन बेलुकाको कुरा हो, साँईलालाई त्यति भोक लागेको थिएन। उही हो, तरकारी भए पछि गमगम खाने साँईलालाई किन किन भोकैलागेन त्यो बेलुका। श्रिळंकन साथिवाट खै के तरकारी माग्यो, अनि खायो साईलाले बल्ल बल्ल। भोलि विहान पकाउन गईयो, त्यही Kitchenमा। दाळवसाउन लाग्यो साईलो, तर दाल नै छैन। कोठामा खोज्ज्यो तै पनि छैन। अन्तमा अगिल्लो विहान Kitchenमै छोडिएको निस्चत भयो। तरकारी मात्र पकाउन वाध्य भयौं।

भर्खरै किनेको दालको पुरा प्याकेट Kitchenमा छोडिएकोले पनि कुरा गरियो साथीहरुसँग। एउटा साथिले लगेको रहेछ। “खै कस्ले छोडेछ, मैले सवैलाई सोधें, कसैले हैन भन्यो, अनि मैले राखिदिएँ, तिमीहरुको पो रै छ”, उसले दाल दिंदै भन्यो। हराईसकेको दाल पाईयो, राम्रै भो त। वास्तवमा साथिहरु यस्तै छन् Kitchenमा, केहि हराउन्न हरायो भने भोलि पल्ट पाईन्छ। सवैले उस्तै व्यबहार गर्यो भने कति रमाईलो हुने रहेछ यो वातावरण। पछि साईंलो भन्दै थियो, ‘हिजो वेलुका त्यो श्रिलंकनले दिएको दाल त हाम्रो पो रै छ…..”। खित्का छोडि छोडि हाँसियो….“आफ्नै दाल पो खाईएछ”………।

Kitchenमा हुने धेरै रमाईला विचको एक रमाईलो घटना थियो यो। जे होस त्यो साथिलाई धेरै धेरै धन्यबाद। उसले चुपलागेर नि बस्न त सक्थ्यो नि। मजाको लागि मात्र यो घटना सुनाएको हो, उसको निर्दोषताको प्रशंसा नगरि रहन सकिन्न।

Kitchenको १ बित्ता पर गाईको मासु गदगद् गर्दै पाकि रहेको हुन्छ, हाम्रो तरकारी पनि उसरी नै छड्किरहेको हुन्छ १ बित्ता वर ‘तँ भन्दा म के कम’ भनेर। हलाल भन्दा अरु मासु नखाने अनि पोर्क भने पछि तर्सने मुस्लिमहरुलाई पनि १ वित्ता पर पाक्दै गरेको पोर्क त्यस्तै लाग्छ होला। त्यसैले भन्न सकिन्छ, अनेकता बिचको एकता छ Kitchenमा। धेरै फ्रेन्च वोल्न नजाने पनि बोन्जु, म्याक्सि, बोन्नापेति, वोन्स्वागे, ओवोव्वा, कम साभा आदि आदि बोलिन्छ राम्ररि नै। एक्लैले एकै पटकमा Nepali, Indian, Shrilankan र तरकारी भुटेको, भुटिदिएको यो Kitchen, Kitchen Kitchen नभई एक अन्तराष्ट्रिय सम्मेलन केन्द्र जस्तो लाग्छ। तर फरक यति छ कि यहाँ झन्डा हुन्नन् मिलाईएका कुर्सि हुन्नन्, टाई लगाएका मान्छे हुन्नन् तै पनि आज भोलि किन किन यो Kitchen निकै प्यारो लाग्छ। एक दिन Kitchen जान छुटाईयो भने पनि ठूलो अन्तराष्ट्रिय कार्यक्रम छुट्योकि झैं लाग्छ। अहिले मेरो अन्तराष्ट्रिय कार्यक्रमको टायम भयो, धेरै लेख्न सक्दिन, बाइ, :D.

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors